• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, साउन ३०, २०८३
☰
शनिबार, साउन ३०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

सहकारी बचत अपचलनमा भरत जंगम पक्राउ


  •   आइतबार, पुष ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । पछिल्लो समय सहकारी संस्थाको बचत रकम अपचलन गरेको आरोपमा बिभिन्न व्यक्तिहरु पक्राउ परिरहेका छन् । यसै क्रममा भरत जंगम पक्राउ परेका छन् ।

    Advertisement

    काठमाडौंको नयाँबानेश्वरस्थित साई स्वागत सहकारी संस्थाको बचत रकम अपचलनबारे छानबिनका लागि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंले आइबार पक्राउ गरेको हो ।

    साई स्वागत सहकारीका पूर्वअध्यक्ष जंगमलाई पक्राउ गरिएको पुष्टि काठमाडौं प्रहरीका एसपी एवम्प प्रवक्ता नवराज अधिकारीले गरेका छन् ।

    ‘कालो सूर्य’का लेखकको सहकारीमा ‘ग्रहण’, कसरी मुछिइन् रविपत्नी निकिता ?

    उक्त सहकारीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पन्ती निकिता पौडेल पनि कार्यकारी पदमा थिइन् । निकिता उक्त सहकारीको पूर्वउपाध्यक्ष थिइन् ।

    जंगममाथि आइतबारदेखि नै अनुसन्धान अगाडि बढाइएको अधिकारीले खबरहबलाई बताए ।

    हिनामिनापछि तत्कालीन अध्यक्ष भरत जंगम, उपाध्यक्ष निकिता पौडेल तथा अन्य पदाधिकारीलाई सञ्चालक समिति बनाएर उक्त सहकारीबाट निस्किएका थिए ।

    सञ्चारकर्ममा रहँदा रविले भरत जंगम अध्यक्ष रहेको साई स्वागत बचत तथा ऋण सहकारी संस्थाबाट ५० लाख रुपैयाँ ऋण लिएका थिए ।

    उनले चलचित्र विकास बोर्डकी तत्कालीन अध्यक्ष निकिता पौडेलसँग विवाहको छेकोमा सहकारीबाट ५० लाख रुपैयाँ ऋण लिएको बताइएको थियो । रवि लामिछाने र निकिता पौडेलले ०७५ माघ ७ मा अदालती विवाह (कोर्ट म्यारिज) गरेका थिए । त्यसपछि नगरकोटमा पार्टी दिइएको थियो ।

    अदालती विवाह गरेको चार महिनापछि अर्थात् जेठ ३ गते उनीहरूले नगरकोटको सुविधा सम्पन्न एक होटलमा उनीहरूले औपचारिक रूपमा विवाह गरेका थिए ।

    उनीहरूको विवाह समारोहमा भव्य भोज आयोजना गरिएको थियो । साई स्वागत बचत तथा ऋण सहकारी संस्था लिएको ऋणबाटै रवि–निकिताले नगरकोटको सुविधा सम्पन्न होटलमा विवाहमा भोज आयोजना गरेका थिए ।

     

    आइतबार, पुष ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer