• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

कोशीमा दिगो पर्यटन प्रवर्धनका लागी मुन्धुम पदमार्गबारे सरोकारवालाबिच छलफल


  •   आइतबार, पुष ०८, २०८१ मा प्रकाशित
  • काठमाडौं । कोशी प्रदेशमा दिगो पर्यटन प्रवर्धन गरी स्थानीयस्तरमा आर्थिक विकास गर्ने उद्देश्यले सञ्चालित पदमार्गमा आधारित पर्यटन विकास आयोजनाका विषयमा छलफल गरिएको छ ।

    Advertisement

    स्थानीय संस्कृति र सम्पदाको संरक्षणमा योगदान पु-याउने उद्देश्यले वराहक्षेत्र नगरपालिकाबाट सुरु हुने प्रस्तावित मुन्धुम पदमार्गको योजनाको विषयमा वराहक्षेत्र नगरपालिकामा छलफल गरिएको हो । पदमार्गको विषयमा सरोकारवालबिच छलफल तथा स्थलगत अवलोकनसमेत गरिएको वराहक्षेत्र नगरका सूचना अधिकारी गौरी रायले बताउनुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग र कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय समन्वयकारी निकाय रहेको उक्त योजनाले दिगो पर्यटन विकास, आर्थिक उपार्जन र सांस्कृतिक संरक्षणमा जोड दिने सो अवसरमा नगरप्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

    पदमार्गमा आधारित पर्यटन विकास आयोजना वराहक्षेत्र नगरकोे वडा नम्बर ६ र ९ मा पर्ने कोशी टप्पु वन्यजन्तु आरक्षको उत्तरी सीमा हुँदै ठाकुरवारी, चव्रmघट्टी, क्याम्पा चौरी (राजा महेन्द्र सिकार खेल्न बसेको ठाउँ), पुल्ठेगौडा (पृथ्वीनारायण शाहका सेना विजयपुर राज्य एकीकरणका लागि पुल्ठो बाली हात्ती चढेर कोशी तरेको ठाउँ), औलिया मठ, चतरा हुँदै, हिन्दुपती सेन राजाको दरबार, चावचा, बागदलबारी, अर्चले, लालकोटगढी, भवानीथान गढी, भवानीथान मन्दिर, सूर्यकुण्ड, वराहक्षेत्र मन्दिर हँुदै कोशी पुलबाट मैनामैनी हँुदै मुन्धुम पदमार्ग जोड्ने प्रस्ताव गरिएको छ ।

    पदमार्गका लागि चालु आर्थिक वर्षमा १८ लाख रुपियाँ बजेट विनियोजन भइसकेको सूचना अधिकारी रायले बताउनुभयो । उहाँका अनुसार स्विट्जरल्यान्ड सरकारको ५५ प्रतिशत लगानी र ४५ प्रतिशत नेपालले लगानी गर्ने गरी काम सुरु गरिएको छ ।

    आगामी चार वर्षभित्र स्विट्जरल्यान्ड सरकारले करिब एक अर्ब २६ करोड रुपियाँ बराबरको सहयोग गर्ने बताइएको छ । यसमा नेपाल सरकारले ट्रेल सुधार र प्रवर्धनका लागि करिब १८ करोड ६० लाख रुपियाँ विनियोजन गर्ने आयोजनामा कोशी प्रदेश सरकार र स्थानीय सरकारको पनि योगदान रहने बताइएको छ ।

    कोशी प्रदेशको २९ वटा स्थानीय तहले कोशी प्रदेश सरकारसँगको सहकार्यमा आयोजना कार्यान्वयन गर्ने छन् । आयोजनाले करिब चार सय किलोमिटर ट्रेलहरू निर्माण गर्ने र पर्यटनसँग सम्बन्धित व्यवसायमा सहयोग पुग्ने बताइएको छ । आयोजना कार्यान्वयनसँगै कोशी प्रदेशमा दिगो पर्यटन प्रवर्धन हुने लक्ष्य कोशी प्रदेश सरकारले लिएको छ ।

    आइतबार, पुष ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer