• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पाँच महिनामा साढे ७३ अर्बको निर्यात, १६.५ प्रतिशत निर्यातमा सुधार


  •   सोमबार, पुष ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को पाँच महिनामा सात खर्ब ३५ अर्ब १४ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको पहिलो पाँच महिना अर्थात् साउनदेखि मंसिरसम्मको तथ्यांकअनुसार सो अवधिमा नेपालले पाँच खर्ब ८७ अर्ब ८२ करोड ८८ लाख रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ । गत वर्षको सोही अवधिको तुलनामा यस वर्ष छ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख रुपैयाँ बराबरको आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा छ खर्ब ४२ अर्ब दुर्ई करोड बराबरको आयात भएको थियो ।

    Advertisement

    गत वर्षको समीक्षा अवधिको तुलनामा यस वर्षको पाँच महिनामा १६.५ प्रतिशतले निर्यातमा सुधार आएको छ । पाँच महिनामा ७३ अर्ब ६५ करोड रुपैयाँ बराबरको निर्यात भएको हो । अघिल्लो वर्ष सोही अवधिमा ६३ अर्ब २० करोड रुपैयाँ बराबरको निर्यात भएको थियो ।

    चालु वर्षको साउनमा एक खर्ब २८ अर्ब, भदौमा एक खर्ब ३४ अर्ब, असोजमा एक खर्ब २८ अर्ब रुपैयाँ र कात्तिकमा एक खर्ब २३ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो । मंसिरमा भने कात्तिकको तुलनामा २५ अर्ब रुपैयाँभन्दा बढीको आयात भएको हो । विगतका वर्षहरूमा असोज कात्तिकमा बढी आयात हुने र मंसिरमा कम हुने गरेको थियो । निर्याततर्फ सबैभन्दा बढी योगदान भटमास तेलको रहेको छ । पाँच महिनामा आठ अर्ब ३६ करोड रुपैयाँ बराबरको भटमासको तेल निर्यात भएको छ । तर, गत वर्ष सोही अवधिमा ३६ करोडको मात्रै भटमास तेल निर्यात भएको थियो । नेपालले तेस्रो मुलुकबाट कच्चा तेल ल्याएर प्रशोधन गरी भारत निर्यात गर्ने गरेको छ । आयाततर्फ सबैभन्दा धेरै डिजेल र पेट्रोलको आयात छ । गत वर्षको सोही अवधिको तुलनामा भने डिजेल आयात २१ र पेट्रोल सात प्रतिशतले घटेको छ । पाँच महिनामा ४२ अर्ब १७ करोडको डिजेल र २६ अर्ब ४५ करोडको पेट्रोल आयात भएको हो ।

    भन्सार विभागको तथ्यांकअनुसार पछिल्लो समय विद्युतीय गाडीको आयात बढेको छ । मंसिरमा एक हजार दुई सय आठवटा विद्युतीय गाडी आयात भएका छन् । कात्तिक मसान्तसम्म आठ अर्ब ३७ करोड बराबरका तीन हजार चार सय ८७ वटा विद्युतीय गाडी आयात भएका थिए । तर, चालु आर्थिक वर्षको पाँच महिनामा नेपाल भित्रिने इभीको संख्या चार हजार छ सय ९५ युनिट पुगेको छ । समीक्षा अवधिमा ११ अर्ब २६ करोड ३८ लाख रुपैयाँ बराबरका विद्युतीय गाडी आयात हुँदा छ अर्ब ९६ करोड २८ लाख रुपैयाँ राजस्व संकलन भएको पनि विभागले जनाएको छ । विभागका अनुसार समीक्षा अवधिमा ५० किलोवाट मोटर क्षमताका दुई अर्ब ७३ करोड बराबरका एक हजार चार सय ९० युनिट गाडी आयात भएका छन् भने ५१ किलोवाटदेखि सय किलोवाटका छ अर्ब ९३ करोड बराबरका दुई हजार सात सय ५७ युनिट, एक सय एक किलोवाटदेखि दुई सय किलोवाटका एक अर्ब ५५ करोड बराबरका चार सय ४३ युनिट गाडी आयात भएका छन् ।

    त्यस्तै दुई सय एक किलोवाटदेखि तीन सय किलोवाटसम्मका तीन करोड २३ लाख बराबरका पाँचवटा गाडी आयात भएका छन् भने तीन सय किलोवाटमाथिका ८३ लाख २३ हजार रुपैयाँमा दुई युनिट आयात भएका छन् ।(हिमालय टाईम्स)

    सोमबार, पुष ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer