• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
सोमबार, भदौ ०१, २०८३
☰
सोमबार, भदौ ०१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कृषि योजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड


  •   सोमबार, पुष ०९, २०८१ मा प्रकाशित
  • काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभएको छ । सातवटै प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा आइतबार कृषि तथा पशुपन्छी विकास मन्त्रालय सिंहदरबारमा बसेको विषयगत समितिको १०औँ बैठकको अध्यक्षता गर्दै मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरी योजना बनाउनुपर्ने र कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    बाँझो जग्गामा खेती गर्ने व्यवस्था गर्ने गरी स्थानीय तहमार्फत् कानुन तथा कार्यविधि बनाई लागू गर्न आवश्यक रहेको भन्दै उहाँले प्रदेश र संघीय सरकारले सशर्त र विशेष अनुदान उपलब्ध गराउनुपर्ने बताउनुभयो । मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेकाले तिनै तहले योजना बनाउन र विदेशबाट फर्किएकालाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरी काम गर्न पनि सुझाव दिनुभयो ।

    बैठकमा सातै प्रदेशका कृषिसँग सम्बन्धित सचिवहरूले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्थाबारे प्रस्तुति दिएका थिए भने प्रदेशमन्त्रीहरूले पनि आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कृषि मन्त्रीको सचिवालयका अनुसार यसअघि बसेको नवौँ बैठकले गरेका निर्णय कार्यान्वयन समीक्षासमेत भएको बैठकमा राष्ट्रिय किसान आयोगका अध्यक्ष, गाउँपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिव, सह-सचिव, प्रदेश कृषि सचिवका साथै आयोजना प्रमुख, महाशाखा प्रमुखहरूको पनि उपस्थिति थियो ।

    सोमबार, पुष ०९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer