• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

परिषद्‌मा रिक्तताले न्यायाधीश नियुक्तिमा ढिलाई


  •   बुधबार, पुष ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । सर्वोच्च अदालतमा चारजना न्यायाधीशको पद रिक्त रहँदा मुद्दा सुनुवाइ नै प्रभावित बनेको छ । २१ जनाको दरबन्दीमा चारजना न्यायाधीशको पद रिक्त रहँदा सर्वोच्चमा हरेक दिन कम्तीमा तीनवटा इजलासको कमी भएपछि सुनुवाइ नै अवरुद्ध बनेको हो । करिब २८ हजार मुद्दा विचाराधीन रहेको अवस्थामा सर्वोच्चमा दरबन्दी पूरा हुन नसक्दा मुद्दा सुनुवाइको प्रक्रिया प्रभावित बन्दै गएको हो ।

    Advertisement

    सर्वोच्चमा लामो समयदेखि न्यायाधीश नियुक्ति अलपत्र छ । न्यायाधीशहरूको कमीका कारण मुद्दाहरूको समयमै पालो नआउने र वर्षौंसम्म सुुनुवाई नै नहुने अवस्थामा पुगेको छ । सुनुवाइमा प्रभाव पर्नुमा सर्वोच्च अदालत मात्र नभई न्यायाधीश नियुक्ति गर्ने निकाय न्याय परिषद् नै दोषी देखिएको छ ।

    न्याय परिषद्ले गर्ने नियुक्तिको व्यवस्थापनका लागि न्याय परिषद् ऐनको निर्माण गरिएको छ । उक्त ऐनमा सर्वोच्च अदालतमा न्यायाधीश रिक्त हुन एक महिना अगावै परिषद्ले न्यायाधीश सिफारिश गरिसक्नुपर्ने व्यवस्था गरेको छ । तर, ऐनको उक्त व्यवस्थालाई परिषद्ले लामो समयदेखि लत्याउँदै आइरहेको छ । ऐनको व्यवस्थालाई अवमूल्यन गरेर परिषद् गैरजिम्मेवार बन्दै आएको छ । पछिल्लो समय सर्वोच्च अदालतले मुद्दाको पेसी तोक्नका लागि अटोमेसन प्रणाली लागू गरे पनि ६ महिनामा पेसीको पालो पाउनसमेत मुस्किल हुने गरेको छ । यसो हुनुमा न्यायाधीशको अभाव नै मुख्य कारण भएको विज्ञहरूको भनाइ छ ।

    परिषद् गैरजिम्मेवार बन्नु हुँदैन : पूर्वन्यायाधीश केसी
    सर्वोच्च न्यायाधीश नियुक्तिको जिम्मेवारी न्याय परिषद्लाई हुने भएकाले परिषद् गैरजिम्मेवार बन्न नमल्निे सर्वोच्च अदालतका पूर्वन्यायाधीश बलाम केसीको जिकिर छ । सर्वोच्चमा मुद्दाहरूको सुुनुवाइ प्रभावित हुनुमा अदालतको पनि जिम्मेवारी रहने भए पनि परिषद्ले न्यायाधीश समयमै गर्न नसक्दा सुनुवाइ प्रभावित हुने गरेको उहाँको तर्क छ । उहाँ भन्नुहुन्छ, ‘न्याय परिषद्ले जिम्मेवार ढंगले काम गर्ने हो भने यो समस्या आउँदैन । तर, परिषद्ले जिम्मेवारी पूरा नगर्दा यसको असर मुद्दाको सुनुवाइमा समेत परेको छ । न्याय परिषद्मा सधैँ विवाद र किचलो भइरहने अनि जनताले न्याय समयमा नपाउने क्रम पछिल्ला केही वर्षदेखि चलिरहेको छ ।’

    त्यसो त न्यायाधीश नियुक्तिको अलमल प्रधानन्यायाधीश खिलराज रेग्मीको समयदेखि सुरु भएको पूर्वन्यायाधीश केसीको बुझाइ छ । न्यायाधीश खाली राख्ने अभ्यास अहिलेसम्म जारी रहेको र यसमा बारको राजनीतिले पनि काम गरेको उहाँको तर्क छ । ‘पछिल्ला वर्ष न्याय परिषद्को संरचनाको दोष दिएर पन्छिने गरिन्छ तर यो संरचना हैन, यसका पात्र र प्रवृत्तिको दोष हो,’ केसी भन्नुहुन्छ, ‘न्याय परिषद्का पात्रहरू पो सही भएनन् कि भनेर कहिल्यै बहस नहुनु अनि न्यायाधीश रिक्त सधैँ भइरहने मुख्य कारण हो ।’ त्यसो त न्यायाधीश नियुक्तिमा ढिलाइ हुनुमा कहिले कानुन मन्त्रीको पद रिक्त हुनु, कहिले प्रधानमन्त्रीको सिफारिशमा पठाइने परिषद्को पदाधिकारी रिक्त रहनु र कहिले बारले समेत आफ्नो प्रतिनिधि नपठाइदिनु पनि कारण बन्ने गरेको छ । त्यस्तै, सरकारको प्रतिनिधिको रूपमा आउने कानुनमन्त्री समयमा नियुक्ति नहुनेदेखि बैठकमा नआउने, प्रधानन्यायाधीश नियुक्ति रोकेर कायममुकायमकै भरमा चलाउन खोज्ने र आफ्ना मानिस तथा दलका मानिस खोज्नेजस्ता साझा समस्याका कारण समेतले न्यायाधीश नियुक्तिलाई अलपत्र बनाएको छ ।

    कहिले पठाउँछ बारले प्रतिनिधि ?
    त्यसो त अहिले न्यायाधीश नियुक्ति बारका कारण रोकिएको छ । बारले सिफारिश गरेका सदस्य रामप्रसाद श्रेष्ठले मंसिर १५ गतेदेखि उमेर हदका कारण अनिवार्य अवकाश पाउनुभएको थियो । उहाँको अवकाशबारे बार जानकार नै थियो । न्याय परिषद्ले पनि उहाँले अवकाश पाउनुभन्दा १५ दिनअघि सदस्य सिफारिश गरी पठाइदिनु भनी पत्रसमेत पठाएको थियो । तर, उक्त पत्रको जवाफ हालसम्म बारले दिएको छैन ।

    बारले न्याय परिषद्को सदस्य सिफारिशका लागि मापदण्ड बनाउने भनेर यसअघि पोखरामा सम्पन्न सम्मेलनमा भनेको छ । बारले न्याय परिषद्को सदस्यका लागि मापदण्ड निर्माण हुने तर्क गरेको थियो । तर, पोखराबाट फर्केपछि बारले यसबारे छलफल गरेको छैन । तर, बारले परिषद्को सदस्य भने पुसभित्र पठाउने कबोल गरेको छ । यसअघि नै बार स्थापना दिवसमा सार्वजनिक रूपमा बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले पुस भित्रमा परिषद्मा प्रतिनिधि पठाइसक्ने कुरा व्यक्त गर्नुभएको थियो । यता, न्याय परिषद्का अध्यक्ष प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले समेत बारले छिट्टै परिषद्को सदस्यका लागि नाम पठाउनेमा आफू विश्वस्त भएको कुरा व्यक्त गर्नुभएको थियो ।

    बुधबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer