• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सरकारको कामबारे कांग्रेसमै असन्तुष्टि


  •   बुधबार, पुष ११, २०८१ मा प्रकाशित
  • काठमाडौं । देशमा दुई तिहाईको बलियो सरकार छ । सरकार बनेको छ महिला नाघिसक्यो । संसद्का सबैभन्दा ठूला दुई दल मिलेर सरकार बनेको ६ महिना पुग्नै लाग्दा पनि न्यूनतम साझा कार्यक्रमका उपलब्धि हासिल हुन सकेका छैनन् । सात बुँदे सहमतिको जगतमा नेपाली कांग्रेस र नेकपा एमालेले वर्तमान गठनबन्धन सरकारको साझा संकल्प तय गरेका थिए । सो संकल्पअनुसार सरकारले काम गर्न नसकेकोमा सत्तारूढ कांग्रेसभित्रबाटै आलोचना सुरु हुन थालेको छ । सात बुँदे सहमतिदेखि साझा संकल्प निर्माणसम्म सक्रिय रहनुभएका कांग्रेस महामन्त्री गगन थापा आफैँ सरकारको कामबाट सन्तुष्ट हुनुहुन्न । उहाँले सार्वजनिक रूपमै वर्तमान सरकारले अपेक्षा अनुसारको काम गर्न नसकेको बताइसक्नु भएको छ । ‘कांग्रेस र एमाले मिलेर गठबन्धन सरकार बनेपछि जुन आशा र अपेक्षा थियो त्योअनुसार काम हुन सकेको छैन । डेलिभरी हुन सकेको छैन’ महामन्त्री थापाले एक कार्यक्रममा भन्नुभयो । वर्तमान सरकारको विकल्प नदेखिए पनि जनतालाई आशा जगाउनेगरी काम गर्नुपर्नेमा उहाँको जोड थियो ।

    Advertisement

    कांग्रेसभित्र सरकारमा सहभागी मन्त्री बाहेकका सबैजसो नेता सरकारको कामबाट सन्तुष्ट छैनन् । कांग्रेसका मन्त्रीहरूले आ-आफ्नो मन्त्रालयमा उपलब्धिका सूची सार्वजनिक गरे पनि कांग्रेसकै केन्द्रीय नेताहरू मन्त्रीको दाबी पत्याउन तयार छैनन् । सभापति शेरबहादुर देउवासम्मले केही दिनअघि सार्वजनिक समारोहमा सरकारले विस्तारै राम्रो काम गरिरहेको बताउनुभएको थियो । त्यसबाहेक कांग्रेस नेताहरूले सार्वजनिक मञ्चमा सरकारको पक्षमा बोलेको समेत पाइँदैन ।

    कांग्रेस नेता डा.शेखर कोइरालाले सरकारले मूल मुद्दामै ध्यान केन्द्रित गर्न नसकेको बताउनुभयो । धनगढीमा केही दिनअघि पत्रकारसँग कुराकानीकै क्रममा नेता कोइरालाले संविधान संशोधनको मुख्य एजेण्डामा काम हुन नसकेको उल्लेख गर्नुभयो । ‘यो सरकार संविधान संशोधनसमेत गर्नेगरी बनाइएको हो । त्यतातिर त काम भएको छैन’, कोइरालाको भनाइ छ । उहाँले वर्तमान सरकारलाई असफल हुने छुट नभएको भन्दै जनताले अनुभूति गर्नेगरी सरकारले काम गर्न अझै बाँकी रहेको बताउनुभयो ।

    कांग्रेस एमालेबीच भएको सात बुँदे सहमतिको पहिलो बुँदामा सरकारलाई राष्ट्रिय सहमतिको स्वरूप दिने भनिए पनि सुरुदेखि नै त्यसमा कुनै पहल भएन । माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, रास्वपा, राप्रपा जस्ता दलहरूको समर्थन नहुँदा ओली सरकार सहमतिको सरकार बन्न सकेन । सहमतिको दोस्रो बुँदामा संविधानको अभ्यास अनुभवका आधारमा संशोधनका लागि आवश्यक काम गर्ने भनिए पनि हालसम्म कुनै औपचारिक प्रयत्न भएको छैन । तेस्रो बुँदामा अर्थतन्त्रको शिथिलता अन्त्य गरी पर्याप्त रोजगारी सिर्जना गर्ने उल्लेख छ । दुईतिहाइ समर्थनको सरकार बने पनि हालसम्म आर्थिक क्षेत्रमा अपेक्षित सुधार देखिएको छैन । सात बुँदे सहमतिका अन्य विषयहरू राजनीतिक र भागबण्डासँग सम्बन्धित छन् । सरकार गठनको लामो समयपछि कांग्रेस र एमालेले आठवटा बुँदामा समेटिने गरी सरकारको साझा संकल्प तयार पारे । अहिलेसम्म सो संकल्प अनुसारका पनि अधिकांश काम अधुरै छन् ।

    साझा संकल्पमा स्वतन्त्र परराष्ट्र नीतिलाई पहिलो बुँदामा समेटिए पनि सरकार कूटनीतिक रूपमा सफल हुन अझै संघर्षरत छ । प्रधानमन्त्रीले उत्तरी छिमेकी चीनको भ्रमण गरे पनि दक्षिण छिमेकी भारतको भ्रमणको साइतसमेत नजुर्दा कूटनीतिक प्रयत्न अपुग भएको देखिन्छ । साझा संकल्पमा संविधानको रक्षा, कार्यान्वयन र संशोधनको सन्दर्भ उल्लेख भए पनि त्यसका लागि उल्लेखनीय प्रयत्न भएको छैन । यहीकारण सत्तारूढ कांग्रेसकै नेताहरू गठबन्धन सरकारको कामप्रति असन्तुष्ट देखिन्छन् ।

    कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महर एमाले नेतृत्वको सरकारले कांग्रेससँगको सहमतिअनुसार काम गर्न नसकेको बताउनुहुन्छ । दुई ठूला दल मिल्दा सरकारले धेरै काम गर्नुपर्नेमा जनतामा अझ निराशा बढाएको उहाँको भनाइ छ । ‘सरकार गठन भएको ६ महिना पुग्न लाग्दा पनि गठबन्धनको स्पिरिटअनुसार चल्न सकेको छैन । कांग्रेसका एजेण्डालाई त सरकारले पूरै बेवास्ता गरेको छ’, महरको भनाइ छ । उहाँले पार्टीको सयदिने अभियानलगत्तै सरकारबारे पर्याप्त समीक्षा हुने बताउनुभयो । ‘अहिले सयदिने अभियानमा कांग्रेस केन्द्रित छ । जनताका कुरा सुनिरहेका छौँ । पुस १६ गतेपछि सरकारबारे समीक्षा गर्नुपर्ने छ’, उहाँले भन्नुभयो ।

    कांग्रेस र एमालेको सहकार्यको विकल्प नभए पनि कार्यशैली सुधार हुनुपर्नेमा अधिकांश कांग्रेस नेताहरूको समान धारणा छ । कांग्रेसको नियमित बैठक बस्नसमेत नसकेका कारण सरकारको कामबारे पर्याप्त समीक्षा नभएको हो । अर्कोतिर सभापति देउवाले ओलीपछि आफू प्रधानमन्त्री बन्नुपर्ने भएकाले सरकारप्रति चाहिनेभन्दा बढी नरम नीति लिएको आरोप पनि छ । ‘सरकारले काम गर्न नसकेको कुरा सबैभन्दा बढी हाम्रो सभापतिलाई थाहा छ तर बोल्दा भोलि पाउने प्रधानमन्त्री पद नपाइने हो कि ? भन्ने चिन्ताले पनि कांग्रेस चुपचाप छ’, कांग्रेसका एक नेताको भनाइ छ ।(हिमालय टाईम्सबाट)

    बुधबार, पुष ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer