काठमाडौं । एभरेष्ट बैंकले कोशी प्रदेशको पूर्वी पहाडी जिल्लामा रहेका ग्राहकलाई अत्याधुनिक दिगो, दरिलो र विश्वासिलो बैंकिङ सेवा र सुविधा उपलब्ध गराउने उद्देश्यका साथ फिदिम नगरपालिका १, पाँचथरमा १३० औँ शाखा र फुङलिङ नगरपालिका ४, ताप्लेजुङमा १३१ औँ शाखा शुभारम्भ गरेको छ ।
Advertisement
उल्लेखित दुर्ई शाखाको सञ्चालनपछि कोशी प्रदेशमा शाखा संख्या २० पुगेको बैंकले जनाएको छ । पञ्जाब नेसनल बैंक भारतसँग संयुक्त साझेदार रहेको तथा स्थापनाकालदेखि नै ग्राहकको पहिलो रोजाइको एभरेष्ट बैंकमा हालसम्म करिब १४ लाखभन्दा बढी सन्तुष्ट ग्राहक रहेका बैंकले जनाएको छ ।




