• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

ग्लोबल आइएमई बैंक, १८ वर्षमा अदभुत छलाङ


  •   आइतबार, पुष १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । दुई दशक नपुग्दै कुनै संस्थाको अदभुत प्रगती कमै देख्न सकिन्छ । यस्तै अविश्वसनिय प्रगती गरेको छ  ग्लोबल आइएमई बैंकले । यस बैकको पुस १८ गते अठार वर्ष मात्र पूरा हुँदैछ । सबैको साथ, सहयोग, विश्वास तथा सद्भावकै कारण बैंक आफ्नो लक्ष्यमा निरन्तर अघि बढ्न सफल भइरहेको छ । २०८० असारको तुलनामा २०८१ असारमा बैंकको पुँजी, निक्षेप, लगानीमा सन्तोषजनक वृद्धि भएको छ भने कर्जा प्रवाहमा उल्लेख्य वृद्धि हुन सकेको छैन ।

    Advertisement

    एफपिओ जारी गर्दा तथा हकप्रद सेयरपछि लिलाम गरी बिक्री गरिएका सेयरबाट संकलित सेयर प्रिमियमको रकम र निकायहरू एकआपसमा गाभिँदा, सेयर स्वापका कारण गाभिनुपूर्वको पुँजी र गाभिएपछिको पुँजीको भिन्नताको रकम (पुँजीगत जगेडा कोष) बाट आर्थिक वर्ष २०७८/७९ सम्म हिताधिकारीलाई वितरित लाभांशलाई कर प्रयोजनका लागि आयमा समावेश गरी कर दाखिल गर्नुपर्ने विवाद सम्मानित सर्वोच्च अदालतसम्म पुगी पुँजीगत जगेडा रकम र सेयर प्रिमियमको रकमसमेतमा एकमुष्ट एक अर्ब ३२ करोड ३९ लाख ६१ हजार तीन सय ८१ थप रकम करका रूपमा सरकारलाई बुझाउन परेकाले बैंकको जगेडा तथा कोषको रकममा प्रभाव पर्न गएको बैंकले जनाएको छ ।

    सञ्चालन नतिजा
    आर्थिक वर्ष २०८०/८१ मा बैंकले सञ्चालन मुनाफा ८८६.७३ करोड र करपछिको मुनाफा ६१३.७४ करोड हासिल गर्न सफल भएको छ । आर्थिक वर्ष २०८०/०८१ मा बैंकको खुद ब्याज आम्दानी गत वर्षभन्दा २५ करोडले कमी भएको छ भने फि शुल्क तथा सञ्चालन आम्दानीमा भने ११२.७७ करोडले वृद्धि भएको छ । त्यस्तै, सञ्चालन खर्चतर्फ पनि १०८.४६ करोडले वृद्धि भएको छ । समीक्षा अवधिमा बैंकको खुद मुनाफामा ५५.६९ करोडले कमी आएको छ । कर्जाको न्यून माग, अधिक तरलता र अपेक्षाअनुसारको कर्जा तथा ब्याजको असुली नभएका कारणले गत आर्थिक वर्षजस्तै यस आर्थिक वर्षमा पनि बैंकको खुद मुनाफामा संकुचन आएको छ ।

    यस आर्थिक वर्षमा बैंकको कुल कर्जा ४.३८ प्रतिशत तथा निक्षेपमा १४.९२ प्रतिशतले बढोत्तरी भयो । निक्षेपका दरहरूमा उल्लेखनीय कमी आए पनि निक्षेपको आकार बढ्दा र कर्जाको न्यून बढोत्तरीले खुद ब्याज आम्दानीमा प्रत्यक्ष असर पुर्‍याएको छ । यस अतिरिक्त गत वर्षजस्तै यस आर्थिक वर्षमा पनि कर्जा असुलीमा केही समस्या देखिएकाले थप कर्जा नोक्सानीको व्यवस्था गर्नुपरेका कारण सञ्चालन मुनाफामा कमी आएको छ । सञ्चालन आम्दानीको बढोत्तरी तथा सञ्चालन खर्चमा गरिएको नियन्त्रणले मुनाफालाई सन्तुलनमा राख्न टेवा पु¥याएको बैंकले जनाएको छ ।

    चालु आर्थिक वर्षको प्रथम त्रैमासको प्रगति
    चालु आर्थिक वर्षको प्रथम त्रैमाससम्ममा बैंकको निक्षेपमा.२४.५१ अर्बले वृद्धि भई ५२९.३८ अर्ब रुपैयाँ पुगेकोे छ भने कर्जा लगानीतर्फ पनि २७.८६ अर्बले वृद्धि भई ४१८.६३ अर्ब रुपैयाँ पुगेकोे छ । चालु वर्षको प्रथम त्रैमासमा बैंकले १५१ करोडभन्दा बढी खुद मुनाफा आर्जन गर्न सफल भएको छ । चालु आर्थिक वर्षको पहिलो त्रैमासको अन्त्यमा बैंकको निष्क्रिय कर्जा ४.६७ प्रतिशत कायम भएकाले कर्जा असुलीलाई प्रभावकारीरूपमा कार्यान्वयन गर्नुपर्ने र आगामी दिनमा कर्जाको गुणस्तरमा विशेष ध्यान दिँदै अघि बढ्नुपर्ने अवस्था रहेको छ ।

    भावी रणनीति र कार्यक्रम
    आगामी दिनमा ग्राहकलाई उत्कृष्ट, विश्वासिलो, भरपर्दो सेवा प्रदान गर्ने, सेयरधनीलाई उचित प्रतिफल दिने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा बैंकको साखमा अभिवृद्धि हुने र अग्रणी बैंकका रूपमा स्थापित गर्ने गरी भावी कार्यक्रमहरू सञ्चालन गरिने बैंकले जनाएको छ । बैंकले ग्राहकमैत्री अत्याधुनिक डिजिटल नवप्रवद्र्धन सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै आएको छ र भविष्यमा समेत थप आयामहरू समेटी प्रभावकारी सेवा पुर्‍याउने लक्ष्य लिएको छ । भरपर्दो र विश्वासिलो डिजिटलमा आधारित सर्वसुलभ बैंकिङले सेवाग्राही र सेवा प्रदायक दुवैको समय र पैसा बचत हुनुका साथै बैंकको मानव संसाधन लागतसमेत घट्न जाने विश्वास रहेको छ । आधुनिक प्रविधिमा आधारित व्यावसायिक सेवाबाट बैंकको दीर्घकालीन मजबुतीकरणमा सहयोग पुगी सेयरधनीलाई उच्चतम प्रतिफल तथा सुरक्षित लगानीको अनुभूति दिलाउने अपेक्षा गरिएको छ ।

    सबैका लागि बैंक भन्ने नारालाई व्यवहारमै रूपान्तरण गर्न स्वदेश तथा विदेशमा रहेका विभिन्न शाखा तथा अन्य सेवा केन्द्र र प्रतिनिधि कार्यालयमार्फत् वित्तीय क्षेत्रमा पहुँच विस्तार गर्दै अघि बढ्ने लक्ष्य सफलता उन्मुख रहेको छ । हाल बैंकले देशका ७७ वटै जिल्लामा शाखा कार्यालय, शाखारहित बैंकिङ सेवा, एटिएम, एक्सटेन्सन र अन्य काउन्टरसमेत जम्मा एक हजार एक सय सेवा केन्द्रमार्फत् करिब ५० लाख ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ । मुलुकभर अझै पनि ठूलो संख्यामा बैंकिङ पहुँचबाहिर रहेका जनतालाई बैंकिङ सेवा प्रदान गर्दै लैजाने नीति प्राथमिकतामा रहेको छ । आगामी दिनमा बैंकले दिगो व्यावसायिक वृद्धिका लागि आफ्नो वार्षिक व्यावसायिक कार्ययोजनाअनुरूपका रणनीति कार्यान्वयन गर्दै जानेछ । जसका लागि बैंकले निक्षेपतर्फ सिएएसए डिपोजिट र कर्जा प्रवाहतर्फ एसएमई-रिटेल-एमएसएमई-प्रायोरिटी सेक्टर लिडिङलाई प्राथमिकता प्रदान गर्ने तथा शुल्कमा आधारित आम्दानीमा समेत जोड दिई कार्यहरू सञ्चालन गर्दै जानेछ, जसबाट सेयरधनीलाई उचित प्रतिफल प्राप्त हुने अपेक्षा रहेको छ । हरित तथा दिगो विकासका लागि कायम गरिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय लक्ष्य आत्मसात गर्दै दिगो, न्यून कार्बन, वृत्ताकार अर्थतन्त्रको दिशामा सहयोगसिद्ध हुने गरी व्यवसाय सञ्चालन र कर्जा प्रवाह गर्ने गतिविधि थप प्रवद्र्धन गरिने बैंकले जनाएको छ । लैंगिक एवं सामाजिक समावेशिता र वातावरणीय सुरक्षा कायम हुने गरी दिगो विकास लक्ष्यलाई थप टेवा पुर्‍याउने हेतुले केन्द्रीयस्तरमा बैंकले हरित तथा दिगो बैंकिङ इकाई स्थापना गरी कार्यक्रम अघि बढाइरहेकामा उक्त कार्यलाई निरन्तरता दिई नेपालको अग्रणी बैंकका रूपमा स्थापित गर्ने गराउने नीति लिइने पनि बैंकले जनाएको छ । समाजको जिम्मेवार कर्पोरेट सदस्यका हैसियतमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई सदैव प्राथमिकतामा राख्दै आएको छ । शिक्षा, स्वास्थ्य, दैवी प्रकोप, वातावरण संरक्षण एवं विपन्न वर्गको जीवनस्तर उठाउन सक्दो सहयोगको नीति अवलम्बन गरिने पनि बैंकले जनाएको छ ।

    राष्ट्रिय अर्थतन्त्रमा योगदान
    राष्ट्रिय कर दिवस २०८० का अवसरमा बैंक तथा वित्तीय संस्थातर्फ सबैभन्दा बढी आयकर दाखिला गर्ने बैंकका रूपमा आन्तरिक राजस्व विभागले बंैकलाई सम्मानित गरेको छ । समीक्षा वर्षमा बैंकले नेपाल सरकारलाई संस्थागत आयकर र स्रोतमा कर कट्टी गरी छ अर्बभन्दा बढीको योगदान गरेको छ । व्यावसायिक सेवा सञ्जाल विस्तारले छरिएर रहेको पुँजी संकलन गरी अर्थतन्त्रको मेरुदण्डका रूपमा रहेको औद्योगिक क्षेत्रको विकासमा महत्वपूर्ण योगदान गरेको छ । साथै नियमित र सेवा सम्झौतामार्फत् ३८ सय जनाभन्दा बढी नेपाली नागरिकलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ ।

    कार्यालय सञ्जाल
    ग्राहक हितलाई ध्यानमा राख्दै सरल, सहज र बहुउपयोगी बैंकिङ सेवा, राष्ट्रिय प्राथमिकताको क्षेत्रमा लगानी, वित्तीय पहुँच अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहेको बैंकको हाल मुलुकका सातवटै प्रदेशमा गरी ३५४ शाखा, ६८ एक्सटेन्सन काउण्टर तथा राजस्व संकलन काउन्टर, २३७ शाखारहित बैंकिङ सेवा, ३८४ एटिएम, विदेशस्थित भारतको नयाँदिल्ली, संयुक्त अधिराज्य (युके) र अष्टे«लियामा समेत गरी तीन स्थानमा प्रतिनिधि कार्यालयसमेत सञ्चालनमा रहेका छन् ।

    सामाजिक उत्तरदायित्व
    संस्थागत नागरिक हुनुको नाताले समाजप्रतिको जिम्मेवारीमा बैंक प्रतिबद्ध रहेको छ । सामाजिक परियोजना, वित्तीय साक्षरता, तोकिएको क्षेत्रमा प्रत्यक्ष अनुदानलगायत नेपाल राष्ट्र बैंकबाट तोकिएको क्षेत्रमा तोकिएको रकम खर्च गर्ने उद्देश्यले बंैकले संस्थागत सामाजिक उत्तरदायित्व नीति नै कार्यान्वयनमा ल्याएको छ । निःशुल्क नारी स्वास्थ्य शिविर, शिक्षा, स्वास्थ्य, खेलकुद, महामारी नियन्त्रण, वातावरण संरक्षणलगायतका शीर्षकहरूमा समेत गरी आर्थिक वर्ष २०८०/८१ मा कुल सात करोड १९ लाखको योगदान गरेको बैंकले जनाएको छ । चालु आर्थिक वर्षमा नेपालका विभिन्न स्थानमा बाढीपहिरोबाट धनजनको क्षतिमा परेका व्यक्तिहरूलाई केही हदसम्म भए पनि राहत प्रदान गरी मलम लगाउने हेतुले बैंकतर्फबाट प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा चार करोड ५० लाख रुपैयाँ प्रदान गरेको छ ।

    लाभांश
    आर्थिक वर्ष २०८०/०८१ समग्र बैंकिङ तथा वित्तीय क्षेत्रका लागि उत्साहप्रद रहन नसक्दा पनि सो आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट सेयरधनीलाई बैंकको चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख ७० हजार दुर्ई सय ५२ रुपैयाँ) को ५.५ प्रतिशत अर्थात् एक अर्ब ९८ करोड ७० लाख ८२ हजार तीन सय ६३ रुपैयाँ ८६ पैसा लाभांश बोनस सेयरका रूपमा वितरण गर्न प्रस्ताव गरेको छ । चुक्ता पुँजीको ५.५ प्रतिशत बोनस सेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख ५२ हजार छ सय १५ रुपैयाँ ७२ पैसा पुग्ने बैंकले जनाएको छ । जसबाट बैंकको पुँजीगत संरचना अझै सुदृढ भई सम्बन्धित सबै पक्षको विश्वास बढ्ने तथा व्यवसाय विस्तारमा सहयोग पुग्ने बैंकको विश्वास रहेको छ ।

    अवार्ड र सम्मान
    बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित हुँदै आएको छ । बैंकले ‘बैंक अफ द इयर २०१४’, ‘बेस्ट इन्टरनेट बैंक २०१६’, सन् २०२२ मा युरोमनी अवार्ड, द बेस्ट बैंक इन नेपाल, बेस्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्ड प्राप्त गर्दै अन्तर्राष्ट्रिय क्षेत्रमा समेत स्थापित गरिसकेको छ । विश्वमै ख्यातिप्राप्त युरोमनी म्यागेजिनले प्रत्येक वर्ष वित्तीय क्षेत्रका विशेषज्ञबाट गहिरो अध्ययन तथा विश्लेषण गराई तोकिएको मापदण्ड पूरा गर्ने बैंकलाई विविध विधामा युरोमनी अवार्ड प्रदान गर्दै आएकोमा नेपालबाट ग्लोबल आइएमई बैंक ‘द बेस्ट बैंक इन नेपाल २०२४-बेस्ट बैंक फर इएसजी (इन्भायरोमेन्टल, सोसियल एण्ड गभर्नेन्स) बाट सम्मानित भएको छ । त्यसैगरी ग्लोबल फाइनान्स-बेस्ट बैंक अवार्ड २०२४ बाट समेत सम्मानित भएको छ । विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा ग्लोबल आइएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो र ग्लोबल फाइनान्सको प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंकसमेत हो ।

    विश्वका ठूला-ठूला बैंकहरूले समेत प्राप्त गरिरहेको यस्तो सम्मान ग्लोबल आइएमई बैंकले प्राप्त गरेबाट बैंकको व्यावसायिकतामा थप निख्खारताका साथै अन्तर्राष्ट्रिय छविमा समेत सकारात्मक प्रभाव पर्ने विश्वास बैंकले लिएको छ । मुलुकले अवलम्बन गरेको वित्तीय नीतिबमोजिम समग्र कर्पोरेट क्षेत्रलाई अन्तर्राष्ट्रिय मापदण्डअनुरूप विकास गर्दै लैजान अन्तर्राष्ट्रियस्तरको ख्यातिप्राप्त मोड्डिज इन्भेष्टर्स सर्भिस(मोड्डिज) बाट बैंकको सार्वभौम साख मूल्यांकन(क्रेडिट रेटिङ) गराउने प्रक्रिया पनि बैंकले अघि बढाएको छ । बैंकका विभिन्न वित्तीय सूचक एवं सुशासनको अवस्था मूल्यांकन गरेर गरिने क्रेडिट रेटिङबाट बैंकको अन्तर्राष्ट्रिय साख थप विस्तार हुने विश्वास लिइएको छ । त्यसैगरी आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा धेरै २१.१ प्रतिशत विप्रेषण(रेमिट्यान्स) भित्र्याउने बैंकका रूपमा पनि बैंक सम्मानित भएको छ । विप्रेषण आप्रवाहले मुलुकको समष्टिगत आर्थिक स्थायित्व, सामाजिक आर्थिक सुधारलगायत बाहृय क्षेत्र सन्तुलनसमेतमा पुर्‍याएको योगदानका लागि बैंकले यस्तो सम्मान प्राप्त गरेको हो ।(हिमालय टाईम्सबाट)

    आइतबार, पुष १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer