• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

डल्फिन संरक्षण केन्द्रद्वारा ओत संरक्षणको अनुगमन


  •   सोमबार, पुष १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । आइ.यु.सि.एनको रातो सूचीमा रहेको ओत (थारू भाषामा उदुवा) संरक्षणका लागि “कर्णाली नदीमा ओत संरक्षणका लागि समुदायको जिविको पार्जन तथा अभिभाकत्व सवलीकरण परियोजना” सञ्चालन भएपछिको अवस्थाका बारेमा स्थलगत अनुगमन गरिएको छ ।

    Advertisement

    विश्व वन्यजन्तु कोष (डब्लुडब्लुएफ) नेपाल र नेपाल सरकारको समन्वयमा बेलायत सरकार अन्तर्गत डार्विन इनिसिएटिभको सहयोगमा डल्फिन संरक्षण केन्द्रले परियोजना सञ्चालित क्षेत्रको शनिबार अनुगमन कार्यक्रमको आयोजना गरेको हो ।

    अनुगमन कार्यक्रममा कैलाली क्षेत्र नम्बर ३ का सङ्घीय सांसद गङ्गाराम चौधरी, सुदूरपश्चिम प्रदेश वन वातावरण, उद्योग तथा पर्यटन मन्त्रालयका सचिव प्रमोद भट्टराई, प्रदेश वन निर्देशक हेमराज विष्ट, डिभिजन वन कार्यालय पहलमानपुर कैलालीका प्रमुख रामचन्द्र कंडेल, बर्दिया डिभिजन वन कार्यालयका प्रमुख विजयराज सुवेदी, कैलाली जिल्ला समन्वय समिति प्रमुख टिका भुल, जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी, राजापुर नगरपालिकाका उपप्रमुख मनकला कुमारी चौधरी, लम्कीचुहा नगरपालिका उपप्रमुख जुना चौधरीलगाय सहभागी हुनुहुन्थ्यो ।

    अनुगमनमा जानु पूर्व विश्व वन्यजन्तु कोष नेपालका कार्यक्रम सहायक आशिष कपालीले विश्वमा १३ प्रजाती, एसियामा पाँच प्रजाती र नेपालमा तीन प्रजातीको ओत रहेको जानकारी दिनुभयो । नेपालमा खैरो र कालो ओत पाइने भए पनि कर्णाली नदीमा खैरो ओत पाइने गरेको जनाउँदै कपालीले परियोजनाको मुख्य उद्देश्य ओत संरक्षण रहेको उल्लेख गर्नुभएको थियो ।

    समुहले ओतको बासस्थान रहेको कर्णाली नदीमा माछा संरक्षण क्षेत्रको समेत अनुगमन गरेको छ । विशेषज्ञले कर्णाली नदीमा माछाले अण्डा र भुरा पार्ने क्षेत्र पहिचान गरेपछि उक्त क्षेत्रलाई फीस सेन्चुरी क्षेत्रको रूपमा संरक्षण गर्दै आएको कार्यक्रम सहायक कपालीले जानकारी दिनुभयो । उहाँले ओत स्तनधारी मांशहारी प्राणी रहेको र माछा भएको ठाउँमा ओतको बासस्थान भएकोले ओतको संरक्षणका लागि आहारामा कमि हुन नदिन नदीमा आश्रित समुदायको अन्य जिविकोपार्जनमा जोड दिएको बताउनुभयो ।

    अनुगमनका क्रममा जिविकोपार्जनसँग जोडिएका विभिन्न समुहसँगको छलफल कार्यक्रममा सङ्घीय सांसद गङ्गाराम चौधरीले जलचर प्रणाणीको पारिस्थितिक प्रणालीमा महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । उहाँले तरकारी खेती संरक्षणसँग सम्बन्ध रहेको उल्लेख गर्दै तरकारी खेतीमा प्रयोगहुने विषादी बगेर नदीसम्म पुग्ने भएकाले विषादी रहित तरकारी खेत गर्न सुझाव दिनुभयो ।

    त्यसैगरी वन मन्त्रालयका सचिव भट्टराईले वन वातावरण, वन्यजन्तु जोगाउन समुदायको महत्त्वपूर्ण भूमिका रहने जनाउँदै ओत संरक्षणमा एकजुट हुन आग्रह गर्नु भएको थियो । कैलाली र बर्दिया जिल्लाका कर्णाली नदी आसपासका टीकापुर, राजापुर, लम्कीचुहा, भजनी नगरपालिका र जानकी, गेरुवा गाउँपालिकाका कर्णाली नदीमा आश्रित ३७५ घरपरिवार छन् । ७५ जनालाई तालिम दिएर जनचेतना फैलाइएको छ भने १९७ घर धुरीलाई शिपमुलक तालिम दिएर जिविकोपार्जनका कार्यक्रममा जोडिएको छ ।

    मुक्त कमैया महिला विकास मञ्चका जगदिश रानाथारूले कैलाली र बर्दियाका विभिन्न समुहको स्थलगत अनुगमनका क्रममा पछिल्लो समय विभिन्न समुहमा आबद्ध भएर तरकारी खेती, हस्तकला उत्पादन र व्यवसाय सञ्चालनमा जोडिँदै ओत संरक्षणमा स्थानीय एकजुट हुन थालेको बताउनुभयो । ती समुहका गतिविधिको अनुगमन समेत गरिएको थियो ।

    ओतको महत्त्व नबुझ्दासम्म कर्णाली चिसापानीमा माछा मार्नेहरू अहिले संरक्षणमा एक हुँदै गएका छन् । राजापुर दुखनी चौधरीले ओतलाई कर्णालीको माछा खाईदिन्छ भन्दै पहिला दुश्मन जस्तो व्यवहार गरे पनि अहिले यसको महत्त्व बुझेपछि सखीको रूपमा लिई संरक्षणमा जुटेको बताउनुभयो ।

    डल्फिन संरक्षण केन्द्रका सचिव विजयराज श्रेष्ठले परियोजना सञ्चालन भएको दुई वर्ष पुग्न लागेको जानकारी दिँदै ओतको मुख्य आहारा माछा रहेको र कर्णाली नदीमा अवैधरूपमा विषादी प्रयोग गरी माछा मार्ने कार्य रोकथाम मुख्य चुनौती रहेको बताउनुभयो । उहाँले ओत पहिचान, बासस्थानको संरक्षणका लागि नदीमा आश्रित समुदायलाई सचेत गराएपछि संरक्षणमा जुट्दै गएको बताउनुभयो ।(गोरखापत्रबाट)

    सोमबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer