• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गुल्मीमा स्वास्थ्य बीमामा आकर्षण, ४७.४ प्रतिशतले गरे स्वास्थ्य बीमा


  •   सोमबार, पुष १६, २०८१ मा प्रकाशित
  • काठमाडौं । गुल्मीमा स्वास्थ्य बीमामा आकर्षण बढ्दै गएको छ । स्वास्थ्य उपचारमा सहज पहुँच स्थापितका लागि सरकारले सुरु गरेको बीमा कार्यक्रममा यहाँका नागरिकहरुको पहुँच बढ्दै गएको हो ।

    Advertisement

    गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रदान गरी स्वास्थ्य सेवाको सुनिश्चित गर्ने लक्ष्यका साथ यस जिल्लामा २०७६ साल माघ १९ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम सुरु गरिएको थियो । दुई नगरपालिका र दश गाउँपालिका गरी १२ स्थानीय तह रहेको यस जिल्लामा २०७८ सालको जनगणना अनुसार दुई लाख ४६ हजार ८३६ जनसंख्या रहेको छ ।

    हालसम्म यहाँका एक लाख १६ हजार ७५३ जनाले स्वास्थ्य बीमा गराउनु भएको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालय गुल्मीका संयोजक सुवास घिमिरेले जानकारी दिनुभयो ।

    संयोजक घिमिरेका अनुसार ५६ हजार ४४५ पुरुष र ६० हजार ३०८ महिलाले स्वास्थ्य बीमा गराउनुभएको छ । यस जिल्लाका ४७.४ प्रतिशत नागरिकले स्वास्थ्य बीमा गराउनुभएको छ । सरकारले ल्याएको स्वास्थ्य बीमा कार्यक्रमको महत्त्व र प्रभावकारिता नागरिकले बुझ्न थालेपछि गुल्मीमा स्वास्थ्य बीमा गर्नेको संख्या बढिरहेको उहाँले बताउनुभयो ।

    यस जिल्लामा सबैभन्दा बढी रेसुङ्गा नगरपालिकाका नागरिकले स्वास्थ्य बीमा गराउनुभएको छ । स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्यांक अनुसार यहाँ २२ हजार २७५ जना नागरिकले स्वास्थ्य बीमा गराउनुभएको हो । मुसिकोट गाउँपालिकाका सात हजार १७५ जना नागरिकले स्वास्थ्य बीमा गराउनुभएको छ ।

    यस जिल्लाको कालीगण्डकी गाउँपालिकाका छ हजार २८९, सत्यवती गाउँपालिकाका १४ हजार ६९६, चन्द्रकोट गाउँपालिकाका पाँच हजार ८६५, रुरुक्षेत्र गाउँपालिकाका १३ हजार १६०, छत्रकोट गाउँपालिकाका नौ हजार ५२३, गुल्मीदरबार गाउँपालिकाका नौ हजार ५२३ जना नागरिकले स्वास्थ्य बीमा गराउनुभएको छ ।

    त्यस्तै, इस्मा गाउँपालिकाका छ हजार ४३३, धुर्कोट गाउँपालिकाका नौ हजार ४९, मदाने गाउँपालिकाका तीन हजार २४४ र मालिका गाउँपालिकाका सात हजार ५६६ जना नागरिकले स्वास्थ्य बीमा गराउनुभएको स्वास्थ्य बीमा बोर्ड सम्पर्क शाखा कार्यालयको तथ्यांकमा उल्लेख छ । महिला स्वास्थ्य स्वयंसेविकाले ४ हजार ३१८ स्वास्थ्य बीमा गराउनुभएको छ ।

    सरकारले ज्येष्ठ नागरिक, एचआइभी संक्रमित, कुष्ठरोगी र जटिल खालको क्षयरोगीको निःशुल्क स्वास्थ्य बीमा गरिदिने गरेको छ । ज्येष्ठ नागरिक १६ हजार ५१४, एचआइभी संक्रमित ४७६, कुष्ठरोगी १२, ‘क’ वर्गका अपाङ्गता भएका तीन हजार ७८३, जटिल खालको क्षयरोग लागेका २५ जना नागरिकले निःशुल्क स्वास्थ्य बीमाको सुविधा लिनुभएको छ ।(गोरखापत्रबाट)

    सोमबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer