काठमाडौं । संयुक्त राष्ट्रसंघीयले शरणार्थीको हैसियतसम्बन्धी १९५१ को महासन्धिमा भएको व्यवस्थाअनुसार कुनै जात, धर्म, सामाजिक समूहको सदस्य भएको वा राजनीतिक आस्थाका कारणले गर्दा सुरक्षा र स्वतन्त्रता हनन् हुने वा कारबाहीमा परिने डरले देश छाड्न बाध्य भएको, स्वदेश फर्कने वातावरण नभएको वा कारबाहीको अवस्थामा भएको व्यक्ति वा व्यक्ति समूहलाई शरणार्थी मानेको छ।
संयुक्त राष्ट्रसंघीय उच्चायुक्त (युएनएचसिआर)का अनुसार सन् २०२४ मा विश्वभर शरणार्थीको संख्या १२ करोड २० लाख नाघेको छ । जर्मनीमा युएनएचसिआरका राष्ट्रिय निर्देशक पिटर रुहेनस्ट्रोथ-बाउरले शरणार्थीको तथ्यांकहरूलाई चिन्ताजनक रूपमा वर्णन गर्नुभयो ।
युएनएचसिआरको जर्मन साझेदारको वार्षिक प्रतिवेदनले सन् २०२३ मा विश्वव्यापी शरणार्थी जनसंख्या ११ करोड ७४ लाख अनुमान गरिएको देखाएको छ । यो वृद्धि मुख्यतया सुडानमा गृहयुद्धको कारण हो ।
अप्रिल सन् २०२३ मा हिंसा बढेपछि एक करोड १८ लाखभन्दा बढी मानिस सुडानबाट भाग्न बाध्य भएको बयानमा उल्लेख छ । प्रजातान्त्रिक गणतन्त्र कंगो तथा म्यानमारको अवस्थाले शरणार्थी संख्या वृद्धिमा योगदान पुर्याएको छ ।
गाजा र लेबनानमा द्वन्द्वको परिणामस्वरूप १७ लाखभन्दा बढी मानिसलाई जबरजस्ती विस्थापित भएको छ ।(एएनआई)




