काठमाडौं । गृह मन्त्रालयले नेपाल प्रहरीका डीआईजीद्वय कुबेर कडायत र रविन्द्र केसीलाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ।
Advertisement
उनीहरू दुवै नेपाल प्रहरीका काबिल अधिकृत मानिन्छन्। उनीहरूलाई रिक्त दुई एआईजी पदका लागि बढुवा सिफारिस गरिएको हो।
डीआईजी कडायत हालै लुम्बिनी प्रदेश प्रहरी प्रमुखबाट प्रधान कार्यालयमा महानिरीक्षकको सचिवालयमा सरुवा भएका थिए। यस्तै, डीआईजी केसी सुदूरपश्चिम प्रहरी प्रमुखबाट प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा सरुवा भएका थिए।
एआईजी बढुवाका दाबेदार डीआईजीहरू मध्ये सबैभन्दा प्राप्तांक रहेका कडायत र केसीलाई सिफारिस गरिएको गृह मन्त्रालयको बढुवा समितिका सदस्य–सचिव तथा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बताए।




