• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, भदौ ०७, २०८३
☰
आइतबार, भदौ ०७, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कैलालीको तालमा हिउँदे जलपन्छीको गणना गरिदै


  •   आइतबार, पुष २२, २०८१ मा प्रकाशित
  • काठमाडौं । कैलालीका तालतलैया, नदीनाला लगायतका सिमसार क्षेत्रमा पाइने जलपन्छीको गणना सुरु भएको छ । कैलालीमा धनगढी उपमहानगरपालिका –७ स्थित जोखार तालबाट गणना सुरु गरिएको हो ।

    Advertisement

    नेपालमा सिमसार क्षेत्रमा आश्रित रैथाने र आगन्तुक जलपन्छीको हरेक वर्ष जनवरी ४ देखि १९ तारेखसम्म (पुस २० देखि माघ ६ गतेसम्म) गणना हुने गर्दछ । गणनाबाट जलपन्छीको सङ्ख्या अद्यावधिक गर्ने तथा तिनको वितरण, अवस्थाबारे जानकारी लिने गरिन्छ ।

    यसैगरी, चरा संरक्षणमा स्थानीय समुदाय र सरोकारवालालाई सहभागी बनाइ सचेतना अभिवृद्धि गर्ने र संरक्षणमा हातेमालेका लागि पनि हरेक वर्ष हिउँदमा जलपन्छीको गणना हुने गरेको जनाइएको छ । डिभिजन वन कार्यालय, चरा संरक्षण नेटवर्क, घोडाघोडी मञ्च, सामुदायिक वन उपभोक्ता समिति लगायतको सहभागितामा हिउँदे जलपन्छीको गणना भइरहेको छ ।

    कैलालीकोे घोडाघोडी चरा अभयारण्य क्षेत्रमा रहेको घोडाघोडी सिमसार, नकरोड ताल, बसन्ता वन क्षेत्रमा रहेका रखौना, सोनियाँ रुपियाँ, घोरताल, पुरैना, जम्नेहटा, चम्रहिया, पुरैना, कोइलही लगायतको तालमा जलपन्छी गणना गरिने चरा संरक्षणकर्मी हिरुलाल डंगौराले जानकारी दिनुभयो ।

    त्यस्तै, धनगढी उपमहानगरपालिकामा रहेको जाखोरसहित महदेवा तालमा जलपन्छी गणना गरिनेछ । यसैगरी, तल्लो कर्णालीमा पनि जलपन्छी गणना हुने छ । कञ्चनपुरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, राष्ट्रिय प्रकृति संरक्षण कोष, नेचर गाइड एसोसिएसन, कञ्चनपुर पन्छी संरक्षण समूहको सहभागितामा निकुञ्जभित्र र बाहिर रहेका सिमसारमा चरा गणना गरिने तयारी रहेको छ ।

    निकुञ्जभित्र रहेको शिकारी, रानी, ताराताल लगायतको ताल र निकुञ्जबाहिर रहेको बण्डा ताल, पुरैनी, वेदकोट ताल, महाकाली नदीमा चरा गणनाको तयारी भएको डङ्गौराले जानकारी दिनुभयो ।

    कैलाली, कञ्चनपुरमा रहेका तालतलैया, नदीनाला लगायतको सिमसार क्षेत्रहरू रैथाने र आगन्तुक जलपन्छीको उपस्थितिले यतिबेला गुलजार बनेका छन् । चराविदहरूको सहभागितामा दुई हप्तासम्म गणना गरिने बताइएको छ । गणनाको क्रममा पानी चराको प्रजाति, तिनको सङ्ख्या, सङ्कट र बासस्थानमा देखिएको समस्या लगायतको जानकारी अभिलेख गरिने बताइएको छ ।(गोरखापत्रबाट)

    आइतबार, पुष २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer