• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘आर्थिक समृद्धिमा बैंकिङ क्षेत्रको भूमिका महत्वपूर्ण’


  •   बुधबार, पुष २५, २०८१ मा प्रकाशित
  • काठमाडौं । ‘उत्पादन, रोजगारी र आयात प्रतिस्थापन लगानीका आधार, दिगो बैंकिङ-उन्नत अर्थतन्त्र, समृद्ध नेपालको पूर्वाधार’ भन्ने मूल नाराका साथ बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को पाँचौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटन गर्दै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदरप्रसाद भण्डारीले देशको वर्तमान स्थिति र आवश्यकता बमोजिम कृषि, पर्यटन, जलविद्युत्, वन पैदावार, प्रविधि, नवप्रवर्तनको विकास र ग्रामीण तथा दुर्गम क्षेत्रका साना, घरेलु तथा मझौला उद्यम तथा उद्यमीको विकास एवं स्तरोन्नतिमा बैंक तथा वित्तीय संस्थाले विशेष भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो ।

    Advertisement

    आर्थिक एवं बैंकिङ गतिविधि विस्तारका लागि बाधक बनेका विद्यमान कानुन सुधारका लागि सरकार लागिपरेको भन्दै उहाँले अब तथ्यांकमा भन्दा पनि व्यावहारिकता र परिणामलाई मध्यनजर गरेर सरकार र समग्र निजी क्षेत्र हातेमालो गर्दै अघि जानुको विकल्प नभएको बताउनुभयो ।

    उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका संयोजक रामेश्वर खनाल, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरूप्रसाद पौडेल, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष वीरेन्द्रप्रसाद पाण्डे, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले उपयुक्त नीति र वातावरण सिर्जना, कर्जा÷लगानी विस्तारमा सहजीकरण, बैंकिङ पहुँच र सर्वसुलभ बैंकिङ सेवाको विस्तार तथा सुस्ताएका समग्र आर्थिक एवं बैंकिङ गतिविधि चलायमान बनाउँदै दिगो आर्थिक एवं बैंकिङ विकासका लागि साधारणसभाले स्पष्ट कार्यदिशासहितको भूमिका सिबिफिनले निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

    सिबिफिनका पुनः निर्वाचित अध्यक्ष उपेन्द्र पौडेलले मुलुकको अर्थतन्त्र आजको अवस्थासम्म आइपुग्नुमा बैंकिङ क्षेत्रको उल्लेखनीय भूमिका र योगदान रहेको बताउनुभयो । सिमेन्ट, उर्जा, डण्डी र उपभोगका विविध क्षेत्रमा आत्मनिर्भर बन्दै जानुमा बंैकिङ क्षेत्रको भूमिकालाई बिर्सनु नहुने उहाँको भनाइ थियो । बैंकिङ क्षेत्रको अग्रणी संस्था सिबिफिन र आबद्ध बैंक तथा वित्तीय संस्थाहरूले मुलुकको वर्तमान अवस्था, आवश्यकता र आमअपेक्षालाई हृदयंगम गर्दै जिम्मेवार एवं रूपान्तरणकारी बैंकिङ भूमिका निर्वाह गर्दै आएको पनि पौडेलले बताउनुभयो ।

    प्रचुर सम्भावना बोकेका कृषि, पर्यटन, जलविद्युत्, वन पैदावार, प्रविधिलगायतका क्षेत्रमा लगानी विस्तारका लागि सरकारले उचित वातावरण र नीति तय गर्नुपर्नेमा जोड दिँदै उहाँले मुलुकलाई विशाल अर्थतन्त्र र बजार भएका दुर्ई ठूला छिमेकी राष्ट्रबीचको साँघु बनाई भूराजनीतिक लाभ हासिल गर्न सकिने प्रचुर सम्भावनालाई सार्थकतामा परिणत गर्नुपर्ने बताउनुभयो । दिगो बैंकिङको विकासमार्फत् वस्तु तथा सेवाको उत्पादन, उपयोग तथा निर्यात, रोजगारी सिर्जना, प्रविधि तथा नवप्रवर्तनको विकास, लघु, घरेलु साना तथा मझौला उद्यमको विकास एवं विस्तारसहित खाद्य एवं ऊर्जा सुरक्षा तथा खाद्य सम्प्रभुता हासिल गर्दै वास्तविक अर्थतन्त्र अझ सुदृढ एवं दर्बिलो बनाउनु सबैको कर्तव्य र जिम्मेवारी भएको उहाँको भनाइ थियो ।

    उद्घाटन समारोहमा सिबिफिनसँगको सहकार्यमा त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा. रमेश पौडेलले तयार गर्नुभएको ‘एन एनालाइसिस अफ नेप्लिज बैंकिङ एण्ड फाइनान्सियल इन्ष्टिच्युसन्सः नेसनल एण्ड इन्टरनेसनल प्रोस्पेक्टेभिन्स’ विषयक अनुसन्धानमूलक प्रतिवेदनसमेत सार्वजनिक गरिएको थियो । दक्षिण एसियाली मुलुकका बैंकिङ क्षेत्रको तुलनात्मक अध्ययन गरिएको उक्त प्रतिवेदन नेपाल राष्ट्र बैंकका कार्यकारी प्रमुख गुरूप्रसाद पौडेललाई हस्तान्तरण गरिएको सिबिफिनले जनाएको छ ।(हिमालय टाईम्स)

    बुधबार, पुष २५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer