• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रामपुरमा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालन


  •   बिहिबार, पुष २६, २०८१ मा प्रकाशित
  • काठमाडौं । रामपुर नगरपालिका–४, खोप्टारमा रहेको धर्मशालामा लक्ष्मीनारायण पाटी सङ्ग्रहालय सञ्चालनमा आएको छ । लक्ष्मीनारायण गुठीद्वारा सञ्चालित ऐतिहासिक पाटी भवन धर्मशालामा सङ्ग्रहालय सञ्चालन गरिएको हो ।

    Advertisement

    पुराना ऐतिहासिक वस्तु तथा विभिन्न जातजातिका भेषभूषाको सङ्ग्रह गरी लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिले बुधबारदेखि सङ्ग्रहालय सञ्चालनमा ल्याएको हो । धर्मशालामा सङ्ग्रहालयको समुद्घाटन गर्दै रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाले पुर्खाहरूले प्रयोग गरेको सामग्री, तत्कालीन समयको परिवेश र इतिहासबारे नयाँ पुस्तालाई जानकारी सङ्ग्रहालयले सहयोग गर्ने बताउनुभयो ।

    पाटी भवन रामपुरको इतिहासमात्र नभई पर्यटकीय गन्तव्य रहेको बताउँदै नगरपालिका धर्मशालाको संरक्षण तथा सङ्ग्रहालयको व्यवस्थापनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    रामपुर ४ का वडा अध्यक्ष रामबहादुर रानाले सङ्ग्रहालयको संरक्षण र सम्वर्धन गर्नु सबैको दायित्व रहेको बताउँदै वडाले पनि आवश्यक साथ र सहयोग गर्ने बताउनुभयो । स्थापनासँगै निरन्तरता दिनु चुनौतीपूर्ण रहेको भन्दै सहयोगका लागि सबैलाई आग्रह समेत गर्नुभयो । रामतुलसी माविका प्रधानाध्यापक ऐतिहासिक पाटीले बटुवालाई आश्रय दिनुका साथै हालको रामतुलसी मावि समेत यही पाटीमा सञ्चालन भएको रहेको बताउनुभयो ।

    लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष बुद्धिप्रकाश रेग्मीले धर्मशालाको ऐतिहासिक पृष्ठभुमिको बारेमा जानकारी दिँदै सङ्ग्रहालय गुठी मातहतमा रहे पनि स्थानीयहरूबाट नै सञ्चालन हुने बताउनुभयो । उहाँले सङ्ग्रहालय सञ्चालनका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउनुभयो ।

    लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिका अध्यक्ष कविता मल्लले नगरपालिका र स्थानीयको साथ सहयोगबाट सङ्ग्रहालय स्थापना गरिएको जानकारी दिनुभयो । व्यवस्थापनका अन्य कार्यहरू बाँकी रहेकाले क्रमशः थप व्यवस्थापन गर्दै जाने बताउनुभयो ।

    उपाध्यक्ष ओमनारायण श्रेष्ठले रामपुर नगरपालिका ३ देखि ७ सम्मका विभिन्न व्यक्तिले निःशुल्क प्रदान गर्नुभएको सामग्री सङ्कलन गरी सङ्ग्रहालयमा राखिएको बताउनुभयो । विभिन्न जातजातिसँग सम्बन्धित संस्थाको समन्वयमा जातिय पोशाकहरू सङ्ग्रहालयमा राखिएको छ । धर्मशालाको तल्लोतलामा विगतमा प्रचलनमा रहेका पुराना सामग्री र दोस्रो तलामा विभिन्न जातजातिसँग सम्बन्धित पोसाकहरू राखिएको छ ।

    लक्ष्मीनारायण पाटी सङ्ग्रहालय समितिका सचिव इन्द्रबहादुर घर्तीले रामपुर नगरपालिकाबाट प्राप्त बजेटले यस वर्ष कम्पाउन्डको केही काम गरिएको र वडा नं. ४ बाट विनियोजित रकमले सङ्ग्रहालयमा लाइटको व्यवस्था गरिएको जानकारी दिनुभयो । सङ्ग्रहालय समुद्घाटनको अवसरमा सहयोग गर्नुहुने विभिन्न संस्था तथा व्यक्तित्वहरूलाई सम्मान समेत गरिएको थियो ।

    कालीगण्डकी बेँसीको धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेको दुई सय वर्ष पुरानो धर्मशालालाई २०७२ को भूकम्पबाट क्षति भएपछि पुरातत्व विभागको तीन करोड छ लाख ५३ हजारको लागतमा पुनः निर्माण गरिएको थियो । धर्मशालालाई पाटी भवनका नामले बढी चिनिन्छ । सो सम्पदा विसं १८८९ भन्दा अघि निर्माण भएको ताम्रपत्रमा उल्लेख छ । साविक रामपुर गाविस–८ का समाजसेवी तुल्सीराम रेग्मीले गुठी निर्माण गर्नुभएको इतिहास रहेको छ ।

    तत्कालीन समयमा यस क्षेत्रमा भित्रिने विशिष्ट व्यक्तिको स्वागत, बसोवास र धर्मशालाका रूपमा गुठी निर्माण गरिएको हो ।

    लक्ष्मीनारायण गुठी सञ्चालन संस्थाका अध्यक्ष रेग्मीका अनुसार तत्कालीन समयमा बाटोमा हिँड्दा बटुवाका लागि बाँस बस्ने प्रयोजनका लागि गुठीको निर्माण गरी सोहीअन्तर्गत धर्मशाला बनाइएको थियो । विगतमा होटल नभएको समयमा पाल्पाबाहेक तनहुँ, नवलपरासी, कास्की, पर्वत, स्याङ्जा, बाग्लुङ देखिका बटुवा आई बस्दथे ।

    साथै पाटीमा निः शुल्क बास बस्ने, खाना खाने, विभिन्न तिथिहरूमा योगी, साधु, सन्यासीहरू आई सिधा थाप्ने गर्दथे । यही स्थानबाट रामतुलसी मावि केही समय सञ्चालन भएको थियो ।(गोरखापत्र)

    बिहिबार, पुष २६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer