• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, असार १०, २०८३
☰
बुधबार, असार १०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पर्वतमा दैनिक २० टन क्षमताको जडिबुटी प्रशोधन केन्द्र


  •   शुक्रबार, पुष २७, २०८१ मा प्रकाशित
  • काठमाडौं । पर्वतमा चिनियाँ लगानीकर्ताले दैनिक २० टन जडिबुटी प्रशोधन क्षमता रहेको प्रशोधन केन्द्र सञ्चालनमा ल्याएका छन् । जिल्लाको कुश्मानगरपालिका ५ स्थित कालीगण्डकी नदी किनारमा रहेको जलकेनीमा छिफु वायोटेक्नोलोजि प्रालिले ८ करोडको लगानीमा चुत्रो प्रशोधन केन्द्र स्थापना गरेको हो ।

    Advertisement

    करिव सात महिना पहिलेदेखि प्रशोधन केन्द्र स्थापनाको काम थालेको कम्पनिले भौतिक संरचना निर्माण तथा प्राविधिक कार्य पूरागरी अवको केही हप्ताभित्रमा नै प्रशोधन कार्य गर्ने जनाएको छ । कम्पनिको स्थानीय प्रतिनिधि दिपेन्द्रबहादुर भण्डारीका अनुसार कम्पनिले म्याग्दी, बाग्लुङ, कास्की, लमजुङ, स्याङ्जा लगाायतका जिल्लाबाट गैह्रकाष्ठ वन पैदावर अन्तर्गत पर्ने चुत्रोको संकलन गरिने छ ।

    चुत्रोको जरा, हाँगा र डांठ ल्याएसँगै प्रशोधनको काम हुन्छ । प्रशोधित गरी पठाइएको धुलोको औषधीजन्य पदार्थमा मिश्रण गरी पेनकिलर, सुगर रोगलगायतको औषधी बनाइने बताइएको छ ।

    चुत्रोको कच्चापदार्थलाई खनेको र काटेको एक हप्ताभित्र नसुक्दै हरियो अवस्थामै कम्पनिसम्म ल्याउनुपर्नेछ । कम्पनिले प्रतिकेजी २० रुपियाँका दरले कृषकसँग चुत्रोको कच्चा पदार्थ र प्रतिकेजी ८ रुपियाँका दरले गुर्जोगानो खरिद गर्ने जनाएको छ । प्रशोधन गरिने चुत्रोको माटोभन्दा माथि हुने काठको गोलाई साढे दुई इन्चभन्दा माथि जति पनि हुन सक्ने बताइएको छ ।

    छिफु कम्पनिका व्यवस्थापक तथा सूचना अधिकारी हरिकुमार श्रेष्ठका अनुसार प्रशोधन केन्द्रले कच्चा पदार्थ मात्र तयार गर्दछ । तयारी पदार्थको उत्पादन हुँदैन । सूचना अधिकारी श्रेष्ठले वैदेशिक लगानीभन्दा साथै धेरै हाउगुजीको रुपमा लिन नहुने भन्दै भन्नुभयो, “चुत्रो भनेको यहाँ कामै नलाग्ने कांडे झाडीको रुपमा लिइएको पदार्थ हो । यो यसै प्रशोधित हुँदैन । यसका लागि नून, पानी र सल्फिड एसिडमा कच्चा पदार्थ केही दिन मिश्रण गराएर भिजाएर, निकालेर र सुकाएपछि धूलो बनाएर प्याक गरी निकासी गरिन्छ ।”

    सूचना अधिकारी श्रेष्ठले पर्वतमा सञ्चालनमा आएको यो खालको प्रशोधन कम्पनि संम्भवत नेपालमै पहिलो भएको दाबी गर्नुभएको छ । वन ऐन र नियमावलीअनुसार सामुदायिक वनमा बाटोको समस्या र सरकारी वन कार्ययोजनामा रहेका केही कठिनाइले प्रशोधन केन्द्र सञ्चालनमा चुनौती रहेको कम्पनिका सूचना अधिकारी श्रेष्ठको गुनासो छ ।

    जिल्ला वन डिभिजन कार्यालय पर्वतका वन अधिकृत रामबहादुर विकले गैह्रकाष्ठ वन पैदावर अन्तर्गत पर्ने चुत्रो वनस्पतिलाई व्यक्ति र सामुदायिक वन समूहले विक्री गरेर आम्दानी गर्न सकेमा धेरै राम्रो हुने बताउँदै भन्नुभयो, “पर्वतमा चुत्रो १ हजार मिटर उचाइदेखि ३ हजार मिटर उचाइसम्म पाइन्छ । बाँझो बन्दै गएका व्यक्तिगत खरवारी, पाखो यत्रतत्र पाइन्छ । चुत्रो जातका वनस्पति सामुदायिक वनमा त्यत्तिकै खेर गइरहेको अवस्था छ ।”

    चुत्रो वनस्पतिबारे जिल्लामा आधिकारिक अध्ययन, अनुसन्धान र खोजी समेत गरिएको छैन । चुत्रोको दुई खाले वनस्पति पाइन्छ । लेकाली भेगमा अलि अग्लो जमाने मान्द्रो नामको चुत्रो हुन्छ भने पहाडी तल्लो भेगमा अलि होचो र झाडीदार हुन्छ, जसलाई चुत्रो भनिन्छ । चुत्रो जराबाट सर्छ ।(गोरखापत्रबाट)

    शुक्रबार, पुष २७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ८ गते (२२

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ९ गते (२३

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार २ गते (१६ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer