काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिमा साक्षरता अभियानलाई तीव्र बनाउन आवश्यक रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्नुहुँदै उहाँले बिमा क्षेत्रलाई प्रभावकारी र दिगो बनाई दुर्गम तथा न्यून आय भएका वर्गलगायत समाजका सबै तह र कारोबारमा बिमा सेवाको पहुँच पुर्याउन बिमा साक्षरता अभियानलाई तीव्र बनाउनुपर्नेमा जोड दिनुभएको हो ।
Advertisement
अर्थमन्त्री पौडेलले सरकार नागरिकको जीवन चक्रमा आधारित भएर बिमाको पहुँच विस्तार र सेवाको प्रभावकारिता बढाउन उद्यत रहेको उल्लेख गर्नुभयो । उहाँले जोखिम न्यूनीकरणका माध्यमबाट उत्थानशील समाज र सुदृढ अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार निरन्तर क्रियाशील रहेको बताउनुभयो । अर्थमन्त्री पौडेलले बिमा क्षेत्रको प्रवद्र्धन र विकासका निम्ति सरकारले निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।




