• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

रिडीमा माघे संक्रान्ति मेला


  •   मङ्गलबार, माघ ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । माघ १ गतेदेखि सुरु हुने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको छ । पाल्पा, स्याङ्जा र गुल्मीको सङ्गमस्थल रिडीमा लाग्ने माघे संक्रान्ति मेलाको तयारी पूरा भएको हो ।

    Advertisement

    नेपालको चार धाममध्ये एक रुरु क्षेत्र रिडी धाममा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा तीन दिन धार्मिक मेला लाग्ने गरेको छ । मेलाका लागि आवश्यक सबै तयारी पूरा गरिएको स्थानीय आयोजकले जनाएको छ । संक्रान्ति मेलाको अवसर पारेर तीन जिल्लाले आ–आफ्नो क्षेत्रमा कार्यक्रम गर्ने तयारी थालेका छन् ।

    पाल्पा जिल्लातर्फ धार्मिक कार्यक्रम भजन कृतन, पूजापाठ, भण्डारा, दान पुन्यजस्ता कार्यक्रम गरिने तयारी गरिएको छ । विभिन्न जिल्लाबाट रिडीमा स्नान गर्न आउने भक्तजन पाल्पातर्फको ऋषिकेश मन्दिरमा पूजा गर्न आउने गर्दछन् ।

    यस्तै, गुल्मीतर्फ उद्योग वाणिज्य सङ्घ र रुरु फ्रेन्डस क्लबलगायतका सङ्घ संस्थाले वृहत सांस्कृतिक कार्यक्रमको आयोजना गरेका छन् । रिडीमा आउने भक्तजनलाई मनोरन्जन प्रदान गर्नेगरी हरेक वर्ष व्यापार मेलाको आयोजना गरिएको रुरु फ्रेन्डस क्लबका अध्यक्ष सोभित थापाले जानकारी दिनुभयो । यस्तै, स्याङ्जातर्फ वडाअध्यक्ष कप भलिबल प्रतियोगिताको आयोजना गरिएको छ ।

    संक्रान्ति मेलामा पाल्पा, गुल्मी, स्याङ्जा, अर्घाखाँची, रुपन्देही, बाग्लुङ, पर्वत, रुकुम, रोल्पा, काठमाडाँै, दाङ, परासीलगायतका क्षेत्रबाट भक्तजन आउने गर्दछन् । परापूर्वकालदेखि नै कालीगण्डकी नदीमा स्नान गरे जस्तोसुकै पापबाट मुक्त भइने जनविश्वास रहेको छ ।

    यहाँ आउने भक्तजनले नदीमा स्नान गरेपछि भगवान ऋषीकेशको दर्शन गर्ने र दानपुन्य कार्यमा सहभागी हुने, जपतर्पण मार्जन गर्नाले देव ऋण पितृऋण र ऋषि ऋणबाट मुक्त हुने विश्वास रहेको छ ।

    मेलामा सहभागीले आफूले घरबाट उत्पादन गरेका वस्तुको बिक्री गर्ने गर्छन् । उनीहरूले भेडाका ऊनबाट बनेका काम्ला, ढाका, राडी, पाखी, आस्कोट, सुइटरसमेत बिक्रीका लागि ल्याउने गरेका छन् । यस्तै, फलफुल, तरकारी, चोयाबाट बनेका सामग्री, फलामका सामग्री, ओखर, किसमिस, टिमुर, गुँड, घाँजीलगायतका खाद्य वस्तु बिक्रीका लागि ल्याएको ऋषिकेश मन्दिर व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।(गोरखापत्र)

    मङ्गलबार, माघ ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार १२ गते (२६

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer