काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रहेको छ ।
Advertisement
कोशी प्रदेशमा आज दिउँसो आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । मधेस प्रदेशमा दिउँसो तराई क्षेत्रमा आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ । बागमती प्रदेशमा दिउँसो मौसम आंशिक बदली रहने सम्भावना रहेको छ । राति मुख्यतया मौसम सफा रहने सम्भावना रहेको छ ।




