• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

गरुड पुराणअनुसार कस्ता मान्छे नर्क जान्छन् ?


  •   शनिबार, माघ ०६, २०८१ मा प्रकाशित
  • काठमाडौं । शास्त्रीय मान्यताअनुसार मानिस जिवित रहँदा उसले गरेको पाप पुण्यका आधारमा मृत्युपछि स्वर्ग वा नर्क जाने विश्वास गरिन्छ । अधिकाशं नेपालीले मान्ने हिन्दु धर्म शास्त्रहरुमा पनि मानिसको मृत्युपछि कर्म अनुसार स्वर्ग वा नर्क जाने लेखिएको छ ।

    Advertisement

    स्वर्ग जान राम्रो र अरुको भलाई हुने काम गर्नुपर्ने शास्त्रमा उल्लेख छ । त्यसैगरी गलत कर्म गर्नेलाई पाप लाग्ने भन्दै त्यस्ता मानिस पापको भुक्तान गर्न नरक जाने लेखिएको छ । हिन्दु धर्मसंग जोडिएको गरुड पुराणमा नराम्रा काम गर्ने व्यक्तिहरु नर्क जाने उल्लेख छ । के कस्ता कर्म गर्दा पुग्छन् नर्कमा–

    विश्वासघाती

    गरुड पुराण अनुसार आफूमाथि विश्वास गर्ने व्यक्तिलाई धोका दिने वा विश्वासघात गर्ने व्यक्तिहरु नर्कमा जाने लेखिएको छ । विश्वासघातीहरुले नर्कमा कठोर सजाय पाउने उल्लेख छ । असल व्यक्तिलाई धोका दिने र मनपरी अपशब्द बोल्ने मानिस पनि नर्क जाने उल्लेख छ ।

    नारीको इज्जत लुट्ने

    गरुड पुराण अनुसार नारीको इज्जत लुट्ने जो कोही नर्कको भागीदार हुनुपर्ने उल्लेख छ । नारीको स्वीकृतिबिना वा जबर्जस्ती इज्जत लुट्ने हरेकलाई नर्कमा कठोर भन्दा कठोर सजाय पाउने उल्लेख छ । इज्जत लुट्ने मात्रा नभई त्यस कार्यमा सघाउने समेत नर्कमा जाने लेखिएको छ ।

    शिशु हत्या

    गरुड पुराण अनुसार नवजात शिशुको हत्या गर्ने व्यक्ति नर्क जाने उल्लेख छ । पुराणमा शिशु हत्या गर्नलाई महापाप भनि सम्बोधन गरीएको छ । शिशु हत्या गर्ने मानिसले अनिवार्य कठोर सजाय पाउने पुराणमा लेखिएको छ ।

    गर्भवती महिलाको हत्या

    आमा बन्ने क्षमताका कारण शास्त्रमा नारीलाई प्रकृतीसंग जोडिएको छ । त्यसैले गरुड पुराण अनुसार कुनै पनि गर्भवति महिलाको हत्या गर्नु महापाप हो । गर्भवती महिलाको हत्या गर्ने व्यक्ति नर्कमा जाने र कठोर सजाय पाउने उल्लेख छ ।

    पूजास्थलको अपमान गर्ने

    कुनै धार्मिक कार्यमा वा पूजा भइरहेको स्थानमा अवरोध गर्ने वा सो स्थानमा आई पुजाका कर्ताको अपमान गर्ने व्यक्ति पनि नर्क जाने गरुड पुराणमा उल्लेख छ । धार्मिक काम वा स्थलको अपमान गर्नु महापाप हुने र यस्तो काम गर्नेहरु नर्कमा कठोर सजायको भागिदार हुने उल्लेख छ ।

    धन भएर पनि सहयोग नगर्ने

    पर्याप्त धन भएर पनि खान, लाउन नसक्ने गरिव तथा अपाङ्गहरुलाई सहयोग नगर्ने लोभि स्वभावका मानिस पनि नर्कमा जाने उल्लेख छ । सम्पन्न भएर पनि अभावमा रहेकालाई उपेक्षा गर्नेहरु मृत्यु पछि नर्कमा जाने र कठोर सजाय भोग्नुपर्ने गरुड पुराणमा उल्लेख छ ।

    पाहुनाको बेज्जत गर्ने

    आजकल अपरीचित व्यक्ति संग डराउने गरीन्छ तर पहिले पहिले बेलुकी घर आएका अपरीचितलाई पनि भगवानको मानि पाहुनाका रुपमा आतिथ्यता गरीन्थ्यो । यसरी घरमा आएका पाहुनाको बेज्जत वा अपमान गर्ने र भोकै पठाउनेलाई मृत्युपछि नर्क जानुपर्ने गरुण पुराणमा उल्लेख छ ।

    अर्काको खुसी खोस्ने

    आफ्नो स्वार्थ शिद्धका लागि अरुको खुसी मार्ने वा खोस्ने मानिसलाई पनि नर्क जानु पर्ने गरुड पुराणमा उल्लेख छ । अर्काको खुसी भंग गर्नेहरु मृत्युपछि नर्कमा गई कठोर सजाय पाउने पुराणमा लेखिएको छ ।

    शनिबार, माघ ०६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer