• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
आइतबार, असार २१, २०८३
☰
आइतबार, असार २१, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

  • ५. आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल: फागुन २०८१


  •   बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
  • मासिक राशिफल: फागुन २०८१
    उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    मेष राशिफाई फागुन महिना फलदायी रहनेछ। खुसीको समाचारले महिनाभरि उत्साह जगाउनेछ। मिहिनेतले मानसम्मान दिलाउनेछ। आँटले काम लिन सकिनेछ। अर्थ उपार्जनका नयाँ स्रोत प्राप्त हुनेछन् र आम्दानी बढ्नेछ। भौतिक साधनहरू जुटाउन सकिनेछ। नयाँ उद्योग वा व्यवसाय सुरु हुनेछ। जीवनसाथीको सहयोगले थप लाभ र आनन्द प्राप्त हुनेछ। रोकिएका काम सजिलै सम्पादन हुनेछन्। नोकरीमा प्रवेश तथा पदोन्नति हुने बलियाे सम्भावना छ। मानसम्मानका साथ प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। विद्यार्थीहरूकाे लगनशीलताले सफलताकाे उचाइमा पुर्याउनेछ। प्रतिस्पर्धी स्वतः पराजित हुनेछन्। सानो प्रयत्नले दिगो फाइदा दिलाउनेछ। मित्रताको बन्धन कसिलाे हुनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    वृष राशिलाई फागुन महिना उत्साहवर्द्धक रहनेछ। घर–परिवारमा मंगलमय कार्य सम्पादन हुनेछ। आफन्त तथा साथीभाइमा आत्मीयभाव बढ्ने समय छ। कृषिउपज र पशुधनबाट राम्रै फाइदा हुनेछ। रमाइलो भ्रमण गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो वर्गको नेतृत्व गर्दै प्रतिष्ठित काम सम्पादन गर्ने अवसर जुट्नेछ। प्रतिभाको उच्च मूल्यांकन हुनेछ भने सामाजिक रूपमा ख्याति बढ्नेछ। व्यापार–व्यवसायमा लगानी बढाउने समय छ। नोकरीमा प्रवेश वा पदोन्नति हुने समय छ। राजनीतिमा लाग्नेहरूलाई पनि फाइदा हुनेछ। कीर्तिमानी काम सम्पादन गर्न सकिनेछ। राष्ट्रियस्तरको मानसम्मान प्राप्त हुन सक्छ। प्रतिष्ठित व्यक्तिसँग भेटघाट हुनेछ। भौतिक साधनहरू जुट्नेछन् र मनग्य धनलाभ हुनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    मिथुन राशिलाई फागुन महिना केही संघर्षमय रहने देखिन्छ। स्थायी सम्पत्तिमा विवाद आउनुका साथै खर्चको मात्रा बढ्न सक्छ। बन्धुबान्धवसँग असमझदारी बढ्ने योग छ। आफन्तको व्यवहारले मन खिन्न हुनेछ। गुरु तथा मान्यजनबाट पनि टाढिनुपर्ने हुन सक्छ। शारीरिक अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। सहयोगीहरूले हात झिक्न सक्छन्। एक्लोपन महसुस हुनेछ। हातमा आएका केही अवसर गुम्नेछन्। नियमविपरीत बलजफ्ती काम गर्नाले दुःख पाइनेछ। अरूका काममा महत्त्वपूर्ण समय बित्न सक्छ। सम्पत्तिले उब्जाएको वादविवाद सम्झौतामा टुंगिन सक्छ। धार्मिक र सामाजिक क्रियाकलापमा रुचि बढ्नेछ। मिहिनेतले सामाजिक प्रभाव कायम राख्न सकिनेछ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    कर्कट राशिलाई फागुन महिना केही संघर्षपूर्ण रहनेछ। सामाजिक प्रभाव कमजोर बन्नेछ। पेसा–व्यवसायमा पनि समस्या देखापर्ने समय छ। खराब व्यक्तिको विश्वासमा पर्नाले काममा धोका पाइएला। विगतका कमजोरीप्रति पछुतो लाग्नेछ। आयस्रोत सबल देखिए पनि अधिक खर्च बढ्नाले रकम अभाव हुन सक्छ। व्यापारमा गरिएकाे लगानी तत्काल उठाउन मुश्किल पर्ला। काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। समयमा सजग नहुँदा आर्थिक नोक्सानी हुन सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। चोटपटक वा हाड–जोर्नीमा समस्या हुने देखिएकाले सवारीसाधन वा हातहतियारको उपयोग गर्दा सावधानी अपनाउनुहोला। खोजमूलक अध्ययनमा भने प्रगति हुनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    सिंह राशिलाई फागुन महिना केही उतारचढावमय रहनेछ। पतिपत्नीबीच मतभेद बढ्न सक्छ। चिताएको लाभांश नउठ्नाले अर्थ अभाव देखापर्ने समय छ। नियमित काम भने सम्पादन हुनेछन्। व्यापारमा सामान्य लाभ हुनाले आर्थिक स्थिति सामान्य रहनेछ। लगानी बढाउनुपरे पनि व्यवसायमा नयाँ कार्यको थालनी हुनेछ। तर, समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। सरकारी कामकाजमा विलम्ब हुनेछ भने अरूको भरले मात्र काम नबन्न सक्छ। आफ्नै कमजोरीले आफन्त टाढिन सक्छन्। घरेलु समस्याले खर्च बढाउन सक्छ। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। तेस्रो साताबाट स्थितिमा सुधार आउनेछ। हिम्मतले काम लिँदा सफलता मिल्नेछ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    कन्या राशिलाई फागुन महिना लाभदायी रहनेछ। नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। काममा सहयोगीले साथ दिनेछन्। पेसा–व्यवसायमा मनग्य फाइदा हुने समय छ। धन आर्जनका नयाँ स्रोत प्राप्त हुनेछन्। सानो प्रयत्नले दिगो फाइदा दिलाउनेछ। पुरुषार्थी काम गरेर लाभ उठाउन सकिनेछ। सेयर तथा सट्टापट्टा सम्बन्धी कामले पनि फाइदा दिलाउनेछ। आर्थिक समस्या सुल्झनुका साथै भौतिक साधनहरू जुट्नेछन्। आँटले काम लिँदा चुनाैतीहरू समेत समाप्त हुनेछन्। शत्रुबाधा, मुद्दामामिला वा कामका झमेलाहरूबाट मुक्ति मिल्नेछ। प्रतिस्पर्धीहरूलाई पछि पार्न सकिनेछ। पतिपत्नीमा भने केही असमझदारी बढ्न सक्छ। रमाइलाे यात्रा गर्ने साइत जुर्न सक्छ।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    तुला राशिलाई फागुन महिना सामान्य फलदायी रहनेछ। पेसा–व्यवसाय सामान्य रूपमा चल्नेछ। तर, स्वास्थ्य कमजाेर हुनाले काममा बाधा हुन सक्छ। आफ्ना कमजोरीमाथि अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्, सजग रहनुहोला। इष्टमित्र तथा बन्धुबान्धवको सहयोगले काम सजिलै सम्पादन गर्न सकिनेछ। शुभचिन्तकहरूको सुझावलाई पनि विशेष ध्यान दिनुहोला। मिहिनेत गर्दा परिस्थितिले साथ दिनेछ भने मनको डर उत्साहमा रूपान्तरित हुनेछ। बौद्धिक क्षमता बढ्नुका साथै अध्ययनमा राम्रो नतिजा हासिल गर्न सकिनेछ। सन्तान र अनुयायीले प्रसन्नता दिलाउनेछन्। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने अवसर जुट्नेछ। नयाँ काम थाल्न केही समय प्रतीक्षा गर्नु बुद्धिमानी हुनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    वृश्चिक राशिलाई फागुन महिनाकाे ग्रहस्थितिले केही अशान्त तुल्याउन सक्छ। अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुनेछ। सुरु गरिएका काम अधुरै रहन सक्छन्। परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ हुनेछ। स्वास्थ्यमा मौसमी समस्याले सताउन सक्छ। असंयम व्यवहारले समस्या निम्त्याउनेछ भने निकटजनहरू बिनाकारण टाढिन सक्छन्। घर–जग्गा वा स्थायी सम्पत्तिमा पनि विवाद आउने ग्रहयोग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। सल्लाहले काम लिँदा साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्न सक्छ। तर महत्त्वाकांक्षी काम थाल्दा उल्टै क्षति हुन सक्छ। घरखर्च बढ्ने र व्यापारमा मन्दी आउने देखिएकाले समयमै सन्तुलित व्यवस्थापन गर्नुहाेला।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    धनु राशिलाई फागुन महिना लाभदायक रहनेछ। मान–सम्मान र पद–प्रतिष्ठा पाइने समय छ। उद्योग–धन्दामा विशेष सफलता पाइनेछ। आर्थिक समस्या पनि समाधान हुनेछ। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। लामो समयदेखि रोकिएका काम सम्पादन हुनेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई विशेष लाभ मिल्ने समय छ। घरमा सुख–समृद्धि बढ्नेछ। तापनि भूमिलगायत स्थायी सम्पत्तिको विषयमा भने केही विवाद निस्कन सक्छ। पतिपत्नीमा पनि केही असमझदारी बढ्ने सम्भावना देखिन्छ। तापनि समाजमा प्रतिष्ठित व्यक्तिहरू सहयोगीका रूपमा देखापर्नेछन्। कीर्तिमानी काम शुभारम्भ गर्न सकिनेछ। सानो प्रयत्नले जीवनशैलीमा सुधार आउनेछ। व्यवसायमा लाभ हुनेछ।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    मकर राशिलाई फागुन महिना मिश्रित फलदायी रहनेछ। मिहिनेत गर्दा उपलब्धि प्राप्त हुनेछ। पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। पहिले गुमेको स्थान प्राप्त हुनुका साथै आफ्नो वर्चस्व बढ्नेछ। व्यवसायमा सामान्य फाइदा हुनेछ। प्रयत्न गर्दा अप्ठ्यारा काम समेत सम्पादन गर्न सकिनेछ। तर, बीचमा विवादास्पद कामले समस्या निम्त्याउनेछ। धनमाल हराउने, चोरिने वा ठगीमा परिने सम्भावना छ। शिर वा आँखाको समस्याले सताउन सक्छ। पहिलेका कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। नाम चलेका व्यक्तिबाट धोका पाइनेछ। कमजोर स्थितिमा सुधार ल्याउन शुभचिन्तकहरूको सुझावलाई ध्यान दिनुहोला।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    कुम्भ राशिलाई फागुन महिना केही उतारचढावमय रहनेछ। अरूको विचार र प्रवृत्तिमा सहमत बन्न नसक्दा विद्रोही भावना जागृत हुन सक्छ। आयस्रोत सबल देखिए पनि भोगविलासले खर्च निम्त्याउनेछ। तापनि परिश्रम गर्नेहरूलाई सम्भावनाका बाटाहरू प्रशस्त फेला पर्नेछन्। बुद्धिको उपयोगले सफलताको सूत्र पत्ता लाग्नेछ। हिम्मतले लक्ष्यमा पुर्याउनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोग गरी थप फाइदा उठाउन सकिनेछ। नयाँ जिम्मेवारी प्राप्त हुनेछ। महिनाको उत्तरार्धमा आम्दानी र खर्चको सन्तुलन बिग्रन सक्छ। पहिलेको लगानी समेत जोखिममा पर्ने सम्भावना छ। आफ्ना कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्नेछ। फाइदा उठाउन परिस्थितिसँग संघर्ष गर्नुपर्ला।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    मीन राशिलाई फागुन महिनामा केही अवसर आए पनि सामान्य काममै दौडधुप गर्नुपर्ला। पहिले आशा देखाउनेहरूले अन्त्यमा बोली फेर्न सक्छन्। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। जरिवानामा परिने सम्भावना छ। वादविवाद र झैझगडाबाट टाढै बस्नुहोला। यात्रामा अलि दुःख पाइनेछ। घरखर्च बढ्नाले आर्थिक अभाव अनुभूति हुन सक्छ। तापनि शुभचिन्तकहरूले साथ दिनेछन्। समयमा विचार नपुग्नाले मित्रजनबाट फाइदा उठाउन नसकिएला। लामो समयदेखि गरिएको लगानी र श्रमबाट कममात्र प्रतिफल प्राप्त हुनेछ। समाजले बहिष्कार गरेका वा खराब आचरण भएकाहरूसँग नजिकिनुपर्ला। यसले सामाजिक प्रतिष्ठा कमजोर बनाउन सक्छ, सचेत रहनुहोला।

    बिहिबार, फागुन ०१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १६ गते (३०

    • २.
      आज २०८३ साल असार १८ गते (२

    • ३.
      आज २०८३ साल असार १५ गते (२९

    • ४.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ५.
      आज २०८३ साल असार २१ गते (५

    • ६.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • २.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer