• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता उच्च


  •   शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
  • काठमाडौँ । पछिल्लो समय नेपालको पर्यटन क्षेत्रमा वैदेशिक लगानी प्रतिबद्धता सबैभन्दा धेरै आउने गरेको छ । उद्योग विभागका अनुसार चालु आर्थिक वर्ष २०८१/८२ को सात महिना (साउन–माघ) मा ३८६ परियोजनामार्फत २६ अर्ब ८४ करोड १७ लाख ७३ हजार रुपियाँ प्रतिबद्धता आएको छ ।

    Advertisement

    कुल लगानीमध्ये १७ अर्ब ३२ करोड ७५ लाख ९० हजार रुपियाँ पर्यटन क्षेत्रमा लगानी प्रतिबद्धता आएको छ । कुल लगानी प्रतिबद्धतामध्ये ६५ प्रतिशत लगानी पर्यटन क्षेत्रमा आएको छ ।

    यस्तै सेवा क्षेत्रमा २१ प्रतिशत अर्थात् पाँच अर्ब ६९ करोड ८७ लाख ३० हजार रुपियाँ, सूचना प्रविधि क्षेत्रमा ८० करोड ६८ लाख ६३ हजार रुपियाँ प्रतिबद्धता छ ।

    उत्पादनमूलक क्षेत्रमा कुल प्रतिबद्धताको आठ प्रतिशत र कृषि क्षेत्रमा समान तीन प्रतिशत लगानी आएको विभागको तथ्याङ्क छ ।

    विभागका अनुसार सात महिनामा १७५ परियोजनामा स्वचालित मार्गमार्फत दुई अर्ब ६२ करोड ८२ लाख ५७ हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । नियमित मार्गमार्फत २११ परियोजनामा २४ अर्ब २१ करोड ३४ लाख ७६ हजार रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागको तथ्याङ्क छ ।

    सो अवधिमा सेयर पर्चेज एग्रिमेन्ट, सेयर सब्स्व्रिmप्सन एग्रिमेन्ट र टेक्नोलोजी ट्रान्सफर एग्रिमेन्टमार्फत पनि थप एक अर्ब ९४ करोड रुपियाँ बराबरको लगानीको प्रतिबद्धता आएको छ ।

    चालु आवको माघ महिनामा ३२ वटा परियोजनामार्फत एक अर्ब छ करोड रुपियाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ । यस्तै एसपिए र एसएसएमार्फत नौ करोड २२ लाख रुपियाँ बराबरको लगानी प्रतिबद्धता आएको छ । सात महिनामा नेपालमा ठुला लगानीको परियोजनामा चार, मझौला लगानीका सात र साना लगानीका ३७५ परियोजना दर्ता भएका छन् ।

    यस्तै सात महिनामा पर्यटन क्षेत्रका १६८ परियोजना दर्ता हुँदा सूचना प्रविधि क्षेत्रका १३४, सेवा क्षेत्रका ४८, उत्पादनमूलक क्षेत्रका २७, कृषि क्षेत्रका छ, पूर्वाधार क्षेत्रका दुई र ऊर्जामूलक क्षेत्रका एक परियोजना दर्ता भएका छन् ।

    विभागका अनुसार हालसम्म छ हजार ७८५ परियोजनामा पाँच खर्ब ४६ अर्ब ६० करोड ४२ लाख ३० हजार रुपियाँ लगानी प्रतिबद्धता आएको छ । प्रतिबद्धताको न्यून रकममा मात्र नेपालमा भित्रिने गरेको तथ्याङ्कले देखाएको छ ।

    चालु आवको छ महिनासम्म छ अर्ब ५० करोड रुपियाँ वैदेशिक लगानी भित्रिएको नेपाल राष्ट्र बैङ्कको तथ्याङ्क छ । गत वर्ष सो अवधिमा चार अर्ब ६४ करोड रुपियाँ लगानी भित्रिएको थियो ।(गोरखापत्रबाट)

    शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer