• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

घरबासमार्फत पर्यटक आकर्षित गर्ने योजनामा गैडहवा गाउँपालिका


  •   शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
  • काठमाडौं । रुपन्देहीको सबैभन्दा ठुलो गैडहवा तालमा घरबास कार्यक्रम सञ्चालन गरी लुम्बिनी घुम्न आउने पर्यटक आकर्षित गर्ने योजना अनुसार तयारी सुरु भएको छ । लुम्बिनी प्रदेश सरकारले रुपन्देही जिल्लाकै ठुलो ८० बिघा क्षेत्रफलको तालको संरक्षण गर्न नवप्रवर्तन कार्यक्रममार्फत यस वर्ष एक करोड रुपियाँ लगानी गरेको छ भने गैडहवा गाउँपालिकाले ५० लाख रुपियाँ लगानीमा गरी ताल क्षेत्रमै घरबास (होमस्टे) सञ्चालन गर्ने तयारी गरिरहेको छ ।

    Advertisement

    गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउन प्रदेश सरकारको नवप्रवर्तन कार्यक्रमले सहयोग पुर्याउने बताउनुभयो ।

    अध्यक्ष पौडेलले प्रदेश सरकारले रुपन्देहीका १६ पालिकामध्ये यस वर्ष गैडहवा गाउँपालिकालाई मात्रै नवप्रवर्तन कार्यक्रममा जोडेको बताउनुभयो । उहाँले नवप्रवर्तन कार्यक्रममार्फत जिल्लाकै ठुलो तालको विकास गर्ने र लुम्बिनीमा आउने पर्यटकलाई तालसम्म ल्याउने योजना रहेको बताउनुभयो ।

    त्यसको तयारी स्वरूप स्थानीय महिलाका लागि होमस्टे सञ्चालन, व्यवस्थापन तथा कुक तालिम सम्पन्न भएको छ । स्थानीय महिलाको आयआर्जनमा टेवा पु¥याउने उद्देश्यसहित स्थानीय उत्पादन र परम्परागत परिकारलाई प्रवर्धन गर्ने गरी तालिम सञ्चालन गरिएको हो ।

    गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले स्थानीय महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउन ताल परिसरमै घरबास कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले व्यवस्थापन तथा कुक तालिम प्रदान गरिएको बताउनुभयो । उहाँले गौतम बुद्धको जन्मस्थल लुम्बिनीसँग जोडिएको गैडहवालाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने तथा लुम्बिनी आएका पर्यटकलाई गैडहवा तालसम्म आकर्षित गर्ने योजनासाथ काम भइरहेको बताउनुभयो ।

    लुम्बिनी होटेल एसोसिएसनका महासचिव पुरुषोत्तम अर्यालले घरबास सञ्चालन गर्ने उद्देश्यले आयोजित तालिममा सिकेका सिपलाई व्यवहारमा प्रयोग गर्न जोड दिँदै लुम्बिनी घुम्न आउने पर्यटकलाई गैडहवासम्म आउने वातावरण निर्माण गर्न स्थानीयको समेत भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

    गैडहवा गाउँपालिका–४ मा रहेको जिल्लाकै ठुलो गैडहवा ताल पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । गत वर्ष मात्रै नेपाली सेनाले लुम्बिनी प्रदेश सरकार र गैडहवा गाउँपालिकाको सहयोगमा तालको पुनर्निर्माण गरेको थियो । पालिकाले लुम्बिनीदेखि १२ किलोमिटर उत्तरमा अवस्थित यो तालमा लुम्बिनी भ्रमण गर्न आउने पर्यटकलाई आकर्षित गर्ने योजना ल्याउने जनाएको छ । ताल वरिपरिको क्षेत्रमा बोट प्लेटफर्म निर्माण, ताल गहिरो बनाउने, तालको चारैतर्फ ट्र्याक चौडा बनाउने चारैतिर ग्राभेलिङ गर्ने कार्य सम्पन्न भएपछि ताल मनमोहक देखिएको छ ।

    गैडहवा गाउँपालिकाको आर्थिक सहयोगमा आयोजित घरबास सञ्चालन व्यवस्थापन तथा कुक तालिममा गैडहवाका ३० जना प्रशिक्षार्थीको सहभागिता रहेको थियो ।

    शनिबार, फागुन ०३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer