• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

कृष्णा पौडेलको नेतृत्वमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको नेपाल शाखा गठन


  •   बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
  • काठमाडौं । पत्रकारहरूको काठमाडौंमा सम्पन्न एक भेलाले पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता संगठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाको नेपाल शाखा गठन गरेको छ ।

    Advertisement

    अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालकै आतिथ्यमा, नेपालमा उपलब्ध केन्द्रीय उपाध्यक्षहरू जीवराम भण्डारी, टंक पन्त, केदार कोइराला, बोर्ड अफ डाइरेक्टरहरू युवराज भण्डारी विद्रोही, कृष्णा पौडेलको विशेष उपस्थितिमा आयोजित भेलाले नेपाल शाखाको गठन गरेको हो ।

    भेलाले न्युज एजेन्सी नेपालका प्रधान सम्पादक एवं रेडियो कान्तिपुरका पूर्व-सहसम्पादक कृष्णा पौडेलको अध्यक्षतामा १९ सदस्यीय कार्यसमितिको गठन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा पत्रकारहरू क्रमशः रूपा घिमिरे, बैकुण्ठ भण्डारी र शिव दाहाल रहनुभएको छ भने सचिव सोविता रिसाल र कोषाध्यक्ष पवन पौडेल रहनुभएको छ ।

    त्यस्तै, नेपाल शाखाको बोर्ड अफ डाइरेक्टरमा पत्रकारहरू शोभा अर्याल, आलोक तिवारी, राज ढुंगाना, विनोद घिमिरे, सन्तोष मिश्र, गोमा परियार, लक्ष्मी दाहाल, शिरोमणि दवाडी, विमल योगी, हुमनाथ पौडेल, टंककला तिमिल्सिना, राजीव भट्टराई र युव गाहमगर रहनुभएको छ ।

    त्यस्तै, अन्तर्राष्ट्रिय पत्रकार महासंघ, नेपाल शाखाको सल्लाहकारमा टंक पन्त, जीवराम भण्डारी, केदार कोइराला, अखण्ड भण्डारी, कमला विश्वकर्मा, युवराज विद्रोही, डा. राजेश अहिराज र कानुनी सल्लाहकारमा गणेश घिमिरे ‘सुजन’ रहनुभएको छ ।

    भेलामा बोल्दै अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पत्रकारितालाई राजनीतिभन्दा बाहिर राख्दै स्वतन्त्र पत्रकारहरूको नेटवर्कको रूपमा काम गर्न अन्तर्राष्ट्रिय पत्रकार महासंघ गठन गरिएको जानकारी गराउनुभयो । यो संस्थाले पत्रकार र पत्रकारिता जगतका लागि काम गर्ने र संसारभर यसका देशस्तरीय शाखा गठन गर्दै र काम गर्दै जाने उहाँले बताउनुभयो । अमेरिकामा गठन भएको अन्तर्राष्ट्रिय पत्रकार महासंघको पहिलो शाखाको रूपमा नेपाल शाखा गठन गरिएको अध्यक्ष खनालले जानकारी गराउनुभयो ।

    नेपाल शाखा गठनपछि नव निर्वाचित अध्यक्ष कृष्णा पौडेलले आफूलाई पेसागत पत्रकारहरूको स्वतन्त्र, साझा, र छाता संगठनका रूपमा अन्तर्राष्ट्रिय पत्रकार महासंघ अमेरिकाले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफू र आफ्नो टिम लाग्ने प्रतिबद्धता जनाउनुभयो ।

    केन्द्रीय उपाध्यक्षहरू टंक पन्त, जीवराम भण्डारी, केदार कोइरालाले आ-आफ्ना भनाइ राख्दै नवनिर्वाचित नेपाल शाखा टिमलाई बधाई र शुभकामना व्यक्त गर्नुभएको थियो । नेपाल पत्रकार मञ्चका संस्थापक अध्यक्षसमेत रहनुभएका नेपाल पत्रकार महासंघ काठमाडौंका पूर्वसभापति युवराज विद्रोहीले संस्थाको औचित्यमाथि प्रकाश पार्नुभएको थियो ।

    बुधबार, फागुन ०७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer