घरमा वालेन, वसमा वालेन, स्कुलमा वालेन, टिभिमा वालेन, मोवाईलमा वालेन… जतासुकै वालेनको स्टाटस सुनेर दिक्क भएको कान्छो छोरा आज, वालेनको स्टाटस छैन भन्ने थाहा पाएर, घर पुग्नासाथ सोफामा फुत्त झोला फालेर, वावालाई जिस्क्याउदै भन्छ, “बाबा !! खै त आज वालेनको स्टाऽऽटस” ।
बजारमा वालेनको स्टाटस आएको दिन हल्ली-खल्ली हुन्थ्यो, मान्छेहरुको चिया खाने बहाना बढ्थ्यो र गफैगफमा खोड्पे बजारका धामीको चिया मज्जाले बिक्थ्यो । आज बिहान देखि वजार सुनसान छ, चहलपहल केहि छैन, सोचे जस्तो चिया नबिकेर बैतडीका श्यामसिं धामी दिक्क मान्दै संगैका पुस्तक पसलेसंग भन्दैछन रे, “कृष्ण दाई !! खै त आज वालेनको स्टाऽऽटस ।
न्यूज र भ्यूजको खेल राम्रै संग बुझेका सम्पादक शिशिर दाई, दिन भरिको पर्खाई पछि पनि सांझ सम्म संजालमा कुनै ठुलो हलचल नदेखेर हतार हतार न्यूज रुममा छिर्दै महानगर विट हेर्ने रिपोटर संग भन्दैहुनुहुन्छ, “सबु !! खै त आज वालेनको स्टाऽऽटस ।
दिनभरी रिक्सा चलाउदा, थरी-थरीका मान्छेले, अब नेपाल बन्छ, वालेनले वनाउछ भनेको सुनेर, सन्तानको भविष्य सम्झदै मख्ख पर्ने मनाङका माईला दाई, आज दिनभरी रिक्सा चढ्नेहरु कसैले पनि वालेनको गफै नगर्दा दिक्क मान्दै, क्षेत्रपाटी चिया पसलमा काभ्रेका कुईकेलसंग कड्किदै सोध्छन, “ए काठा !! खै त आज वालेनको स्टाऽऽटस ।
हरेक दिन वालेनको स्टाटस आउने बित्तिकै रस्सा-कस्सी राजनीतिक गफ भैरहने बझाङ देउलेकको चिया पसल, आज सुनसान देखेर, वित्थडबाट विरामी बोकेर चैनपुर हुईकिदै गरेको महानगरको एम्वुलेन्स तर्फ देखाउदै, भाराभिडका भण्डारी भन्दैछन रे, “बसन्त !! खै त आज वालेनको स्टाऽऽटस ।
सामाजीक संजालमा ३ लाख वढी फलोअर्स सहित दैनिक ३०/४० स्टाटस सेयर गर्दै, कर्मथलो वेलायत वनाएर पनि माईती देश नेपालका सयौ/हजारौलाई लाखौ सहयोग गर्दै आउनु भएकी, संजालमा हर बखत सक्रिय रहन रुचाउने समाजसेवी ईशा, वालेनको स्टाटस नदेख्दा, कतै मैले त छुटाईन भन्दै, पक्का गर्न सुटुक्क भिम सरलाई मेसेज लेख्नुहुन्छ, “सर !! खै त आज वालेनको स्टाऽऽटस ।
बिहानभरी पार्टीगत भेटघाटमा व्यस्त, दिउसो अफिसियल काम, सांझ विदेशी राजदुतहरुसंगको छलफलबाट छुट्टिनसाथ, प्रधानमन्त्रीले, आज त वालेनको स्टाटसबाट वाल-वाल बचियो भन्दै घर पुग्नासाथ श्रीमतीसंग खुशी साट्दै सोध्छन, “राधीका !! खै त आज वालेनको स्टाऽऽटस” ।
(भर्खरै मात्र संजालमा २३ लाख फलोअर्स सहित राजनीतिमा नयां ढंगबाट उदाएका वालेनको राजनीति भित्रको सामाजीक लडाईको सिमाले अन्तराष्ट्रिय रेखा पार गरे संगै उनको चर्चा चुलिएको छ । संजालमा नेपाली जनताले राम्रो साथ दिएका उनीमाथि सवैले, देशको भविश्य सुनौलो देखेका छन । राजधानी काठमाडौंका मेयर भएपनि हिजोका दिनमा उनको चर्चा देशभरी रहने गरेकोमा, उनले अमेरीकाका राष्ट्रपती ट्रम्पलाई उदृत गर्दै संजालमा आफ्नो देश प्रेम कडा ढंगले प्रस्तुत गरेपछी अन्तराष्ट्रियस्तरमा उनको उचाई निक्कै चुलिएको बताईन्छ । हाम्रो तर्फबाट पनि उहांलाई पुन: नयां राजनीतिक उचाईको शुभकामना । जय पशुपतिनाथ ।)





