• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

आकर्षक पर्यटकीय गन्तव्य बन्दै कालिका नगरपालिका


  •   बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
  • काठमाडौं । चितवनको कालिका नगरपालिकामा रहेका प्राकृतिक स्थान पर्यटकीय गन्तव्यमा विकसित भएका छन् । नगरपालिकाको सिन्ती झरना, कालिका भगवतीमाई, शक्तिखोरदेखि सिद्धिको पहाडी पदमार्ग पर्यटकको रोजाइ बनेको छ । यस क्षेत्रमा आन्तरिक पर्यटकको आकर्षण बढेपछि पालिकाले गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माणदेखि प्रचारका कार्य गर्न थालेको छ ।

    Advertisement

    कालिका नगरपालिकाका नगरप्रमुख विनोद रेग्मीले पर्यटकको चहलपहल बढ्न थालेपछि ठुलो लगानी गरेको जानकारी दिनुभयो । सहरी क्षेत्रबाट शान्त वातावरणमा रमाउन चाहनेले कालिका नगरपालिका रोज्न थालेको बताउनुभयो । यस क्षेत्रको शक्तिखोर बजार र यसै क्षेत्रबाट जाने चितवनको पुरानो सदरमुकाम उपरदाङगढी मार्ग, शक्तिखोला पर्यटकको रोजाइमा परेको छ ।

    यहाँ पालिकाले पूर्वाधार निर्माणको काम गर्दै आएको उहाँले जानकारी दिनुभयो । पालिकाको वडा नंं. १० र ११ पहाडी क्षेत्र पर्दछ । यसै क्षेत्रमा पर्यटकीय पूर्वाधारको क्षेत्रमा करिब १० करोड बजेट विनियोजन गरेर काम भइराखेको प्रमुख रेग्मीले जानकारी दिनुभयो । सडक, पर्यटकीय क्षेत्रमा पुग्ने मार्ग, स्थानीय जातजातिको संस्कृति संरक्षणमा लगानीलगायतमा बजेट विनियोजन भएको उहाँले बताउनुभयो ।

    “कालिकाको शक्तिखोर बजार पर्यटकीय गन्तव्य हो, यो बजार सौराहापछिको अर्को प्रमुख पर्यटकीय क्षेत्र बन्न सक्छ,” नगरप्रमुख रेग्मीले भन्नुभयो, “चेपाङ समुदायको आर्थिक अवस्थालाई बढाउन चिउरी, चमेरो र चेपाङ कार्यव्रmम अगाडि बढाएका छौँ, यहाँका चिउरीले समेत पर्यटक लोभ्याइरहेका छन् ।” कालिका भगवतीमाई नवनिर्मित मन्दिरमा धार्मिक पर्यटकको भिड लाग्ने गरेको छ । पर्वमा यहाँ हजारौँ मानिसको भिड लाग्ने पर्दछ । यही मन्दिरको नामबाट कालिका नगरपालिकाको नामकरण भएको हो । नगरप्रमुख रेग्मीले भन्नुभयो, “आकर्षक मन्दिरले समेत कालिकामा पर्यटक लोभ्याउने छ ।”

    शक्तिखोरलाई केन्द्र मानेर यस वरपर झन्डै १० करोडको बजेट भौतिक पूर्वाधारमा लगाइएको छ । शक्तिखोरलाई आसपासका पर्यटकीय क्षेत्रसँग जोडेर विदेशी पर्यटकसमेत भिœयाउने र सौराहापछिको प्रमुख पर्यटकीय गन्तव्य बनाउने योजना कालिका नगरपालिकाले बनाएको छ । कालिका नगरपालिकाभित्र पर्ने पहाडी क्षेत्र सिद्धि, शक्तिखोरलाई इच्छाकामनाको उपरदाङगढी र सिराइचुली, रत्ननगरको सौराहा र कृष्ण प्रणामी मन्दिरलाई समेत जोडेर पर्यटन विकास गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । यस पालिकामा तारे होटेल, लजहरू खुलेको नगरप्रमुख रेग्मीले जानकारी दिनुभयो । नगरका पर्यटकीय क्षेत्र देउजर, पाइमाराङ, मझवाङ, दौत्य, गामिङदुङ, छेरवाङ तथा लोतौतीमा पर्यटन सडक निर्माण भएका छन् ।

    नगरका भीमवली बाबा, नागदह, चमेरे गुफा, उदयपुर फनपार्क, चित्राम झरना, सिन्ती झरना, सम्फ-याङका प्राकृतिक छटाले पनि पयर्टक लोभ्याइरहेका छन् । यहाँको चेपाङ संस्कृतिलाई पनि पर्यटकसँग जोड्न सकिन्छ । पहाडी क्षेत्रमा रहेका चेपाङको रहनसहनले पनि पर्यटकलाई लोभ्याउँछ । पहाडमा फुलेका चिउरीबाट मह निकाल्न कालिकाको सिद्धिस्थित प्रत्येक घरमा देशभरका किसान आउँछन् ।यहाँको सिन्ती झरना आन्तरिक पर्यटकीय गन्तव्य बन्दै गइरहेको छ । कालिका–९ मा रहेको यस झरना जिल्ला सदरमुकाम भरतपुरबाट झन्डै २४ किलोमिटर पूर्वमा पर्छ । गर्मी मौसम लागेसँगै झरनामा रमाउन आउने आन्तरिक पर्यटकको घुइँचो नै लाग्छ । कालिका नगरपालिकाको ११ नं. वडामा रहेको वाङ्थलामा पछिल्लो समय पदमार्ग बनेको छ ।(गोरखापत्र)

    बिहिबार, फागुन १५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer