काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अहिले काठमाडौँ उपत्यकासहित देशका पहाडी भू–भागमा हल्का वर्षा भइरहेको बताएको छ।
Advertisement
न्युन चापीय प्रणालीको प्रभावका कारण भोलि शनिबार कम वर्षा हुने भए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बताईएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार, “भोलि उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ। सबै प्रदेशको पहाडी भू–भागको थोरै ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।”
आइतबारदेखि भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। आइतबार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेका हिमाली क्षेत्रमा आंशिक बदली रहने तथा मौसम मुख्यतया सफा रहने छ।




