काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. शेखर कोइरालाले कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रलाई नछाडेको दावी गरेका छन्।
आइतवार रुपन्देहीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दावी गरेका हुन्। उनले कतिपयले कांग्रेसले समाजवाद बिर्सियो भन्ने गरेको भन्दै कांग्रेसले समाजवाद नबिर्सिएको बताए।
उनले कसैले बोलेको भए त्यसलाई मतलब नगर्न आग्रह गरे। उनले कहिलेकाहीँ राजनीतिमा ‘इग्नोर’ गर्नुपर्ने बताए।
‘कति साथीहरुले भन्नुहुन्छ, नेपाली कांग्रेसले समाजवाद बिर्सियो‚ छोड्यो भनेर। होइन‚’ उनले भने, ‘कुनै हाम्रै साथीहरुले बोल्नुभएको छ भने त्यसालाई इग्नोर गर्नुस्। कहिलेकाहीँ राजनीतिमा इग्नोर पनि गर्नुपर्छ तर कांग्रेसले राष्ट्रियता, समाजवाद र प्रजातन्त्रका कुराहरुलाई हामीले छाडेका छैनौँ।’
सांसद कोइरालाले सामाजिक सुरक्षालाई नेपाली कांग्रेसले बढाइराखेको पनि बताए।




