• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लायन्सद्वारा आँखा अस्पताललाई ८० लाखको स्वास्थ्य उपकरण सहयोग


  •   शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
  • काठमाडौं । लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई रु ८० लाख ८१ हजार बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ ।

    Advertisement

    उक्त सहयोग परियोजनाको शुभारम्भसँगै बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले नेत्र ज्योति सङ्घ, बागलुङका अध्यक्ष विन्दुसागर राजभण्डारीलाई आँखा उपचारसम्बन्धी उपकरण हस्तान्तरण गरेका हुन् । निर्देशक बुर्लाकोटीले बागलुङ, पर्वत, म्याग्दी, मुस्ताङ, गुल्मी र अर्घाखाँचीका सर्वसाधारणलाई लक्षित गरी उक्त सहयोग परियोजना भित्र्याइएको बताए ।

    “आँखाका बिरामीका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले यी उपकरण सहयोग गरिएको हो, यस क्षेत्रका बिरामीलाई उपचारका लागि पोखरा, काठमाडौँ जानुपर्ने बाध्यता अब कम हुनेछ”, उनले भने ।

    निर्देशक बुर्लाकोटीले धौलागिरि आँखा अस्पतालको स्तरोन्नतिका लागि लाइन्स इन्टरनेसनका तर्फबाट आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता जनाए । उनले मानवीय सेवाका क्षेत्रमा लायन्स इन्टरनेसनले नेपालमा रु दुई अर्ब बढीको परियोजना सञ्चालन गरिरहेको जानकारी दिए ।

    लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ‘के’ नेपालको विशेष पहलमा धौलागिरि आँखा अस्पताललाई ती उपकरण सहयोग गरिएको परियोजना प्रमुख दुर्गा कुँवरले बताए । उनले आफूहरुको अथक मेहनतबाट अस्पतालमा लाइन्स इन्टरनेसनल फाउण्डेशनको सहयोग परियोजना आएको बताए ।

    “यो धौलागिरि क्षेत्रमा लायन्स इन्टरनेसनलले गरेको अहिलेसम्मकै ठूलो सहयोग हो, आधुनिक उपकरणको सहायताबाट बिरामीलाई गुणस्तीय सेवा दिन अस्पतालाई मद्दत पुगेको छ”, उनले भने । हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा नेपाल नेत्र ज्योति सङ्घले २०७७ सालदेखि धौलागिरि आँखा अस्पताल सञ्चालनमा ल्याएको थियो ।

    उक्त अस्पतालले शल्यक्रियालगायतका सेवा प्रदान गर्दै आएको सङ्घका जिल्ला अध्यक्ष राजभण्डारीले जानकारी दिनुभयो । उनका अनुसार सङ्घले निःशुल्क आँखा उपचार शिविर पनि सञ्चालन गर्दै आएको छ । दक्ष चिकित्सकमार्फत अस्पतालबाट सेवा प्रदान भइरहेको र थप जनशक्तिको खाँचो रहेको अध्यक्ष राजभण्डारीले बताए ।

    अस्पतालले भवनलगायत पूर्वाधार व्यवस्थापनका कामलाई पनि अगाडि बढाएको छ । अस्पतालले पोखराको हिमालय आँखा अस्पतालसँगको सहकार्यमा नियमित शल्यक्रियालगायत सेवा प्रदान गर्दै आएको छ । विसं २०४९ देखि सङ्घले धौलागिरि क्षेत्रमा आँखासम्बन्धी स्वास्थ्य सचेतना र उपचारमा अगुवाइ गर्दै आएको छ ।

    शनिबार, फागुन २४, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer