• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

शिवशिखर बहुउद्देश्यीय सहकारी अनियमितता, धितो लिलाम गर्दै बैङ्क


  •   बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
  • काठमाडौं । भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको विभिन्न जिल्लामा रहेको चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढ्ने भएको छ । नेपाल एसबिआई बैङ्कले सूचना प्रकाशित गरी जग्गासहित चलअचल सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएपछि बचतकर्ता झस्किएका छन् ।

    Advertisement

    भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्मा र उनकी पत्नी गीता शर्माले सहकारीको शाखा विस्तार गरी बचत दुरुपयोग गरेपछि जेल चलान भएका छन् । सहकारीका सञ्चालक जेलमा रहँदा बैङ्कले फागुन २१ गते लिलामीको सूचना जारी गरेपछि बचतकर्ताको बचत फिर्ताबारे संशय पैदा भएको हो ।

    तुलसी सहकारीका पाँच हजार ४४३ बचतकर्ताले बचत गरेको एक अर्ब ५५ करोड ८१ लाख ६१ हजार ३१ रुपियाँ अपचलन भएको छ । साथै शिवशिखर सहकारीका ३२ हजार ६१३ बचतकर्ताको नौ अर्ब ४९ करोड ३२ लाख २२ हजार ८९६ रुपियाँ अपचलन भएको छ । दुवै सहकारीका ३८ हजार ५६ बचतकर्ताको ११ अर्ब पाँच करोड १३ लाख ८३ हजार ९२७ रुपियाँ अपचलन भएको छ । शिवशिखरका वर्तमान अध्यक्ष सुशीलचन्द्र बानियाँ छन् ।

    बैङ्कले चैत ११ गते बोलपत्र खोल्ने जनाउँदै शिखर अर्गनाइजेसन लिमिटेड, शिखर स्पाइस एन्ड फ्रुट इन्डस्ट्रिज प्रालि, नटराज फुड इन्डस्ट्रिज प्रालि र शिवशिखर खाद्य उद्योग प्रालिको नाम उल्लेख गर्दै सूचना प्रकाशित गरेको छ । तीन वटै कम्पनीका सञ्चालक शिवशिखरका पूर्वअध्यक्ष केदारनाथ शर्मा हुन् । उनकी पत्नी गीता शर्मासहितले ऋण लिएको उल्लेख गर्दै सूचनामा पशुपतिनाथ अमालकोट कचहरी गुठीको नाममा दर्ता स्रेस्ता रही गीता शर्मा मोही रहेको काठमाडौँ महानगरपालिका वडा नं. ७ स्थित एक रोपनी पाँच आना तीन दाम जग्गा र भवनसहित भौतिक संरचना लिलाम गरिने भनिएको छ ।

    त्यसै गरी बैङ्कले शिखर स्पाइस एन्ड फ्रुट इन्डस्ट्रिजका नाममा रहेको चितवनको भरतपुरस्थित एक हजार ५१९.५६ वर्गमिटरको जग्गा र भवन, चितवनकै हाजीपुरस्थित एक हजार ९३०.१७ वर्गमिटरको जग्गा र भवन, शिवशिखर एग्रोको नाम रहेको हाजीपुरकै एक हजार ५७४.६१ वर्गमिटरको जग्गा र भवन लिलामी प्रक्रिया अघि बढाएको छ ।

    गीता शर्माकै नाममा रहेको बाँकेको शमशेरगन्जस्थित ११ हजार ५२०.२६ वर्गमिटरको जग्गा, टिटिहिरीयास्थित एक हजार ४६१ वर्गमिटरको जग्गा, भवन तथा अन्य सम्पत्ति लिलामी गर्ने सूचना बैङ्कले जारी गरेको छ ।

    बैङ्कले लिलाम गर्दा समस्या

    भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गत समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका सदस्यसचिव केशवप्रसाद पौडेलले सहकारीको रकम अपचलन गरी निजी कम्पनी खोलेर सहकारीको बचत लगानी गरेकै कारण शिवशिखरको सम्पत्ति लिलामी अघि बढाएको जानकारी आएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “बचतकर्ताले राखेको पैसा फिर्ता गर्न काम भइरहँदा बैङ्कले लिलामीको सूचना जारी गरेको छ । शिवशिखरको मात्रै होइन, अरू सहकारीको समस्या पनि यही हो । सहकारीबाट लगानी गरेर निजी कम्पनी खोलेका छन् । अनि बैङ्कबाट ऋण लिएका छन् । यस्तो दोहोरो अपचलनले हामीलाई पनि समस्या भएको छ ।”

    उहाँले बचतकर्ताले आफ्नो पैसा फिर्ता हुने अपेक्षा गरिरहँदा बैङ्कले अपचलन गर्ने सहकारीको सम्पत्ति न्यून मूल्यमा लिलाम गर्दा बचत फिर्ताको काम प्रभावित हुने भएकाले अर्को उपाय खोजिने र लिलामपछि बाँकी रकम सहकारी व्यवस्थापन समितिको कार्यालयको सम्बन्धित सहकारीको कोषमा बुझाउने व्यवस्था गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “सहकारीको सम्पत्ति लिलामी गर्ने, बिक्री गर्ने सन्दर्भमा हाम्रो कार्यालयले काम गर्न पाए मात्रै बचत फिर्ती सुनिश्चित हुन सक्छ ।” भक्तपुरको शिवशिखर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष र मोरङको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका अध्यक्ष केदारनाथ शर्माले आफ्नी पत्नी गीताका नाममा जग्गा कारोबारको साम्राज्य खडा गरेका छन् ।(गोरखापत्र)

    बुधबार, फागुन २८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ६ गते (२०

    • ५.
      आज २०८३ साल असार ११ गते (२५

    • ६.
      आज २०८३ साल असार १० गते (२४

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer