• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सगरमाथामा बाटो बनाउने टोली आधार शिविरतर्फ


  •   शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
  • काठमाडौं । हरेक वर्ष जस्तै यस वर्ष पनि सर्वोच्च शिखर सगरमथाको ‘स्प्रिङ’ सिजन २०२५ को आरोहण समय नजिकिँदै गर्दा आरोहण मार्ग निर्माणका लागि आइसफल डाक्टरहरूको टोली आधार शिविर प्रस्थान गरेको छ । बाटो निर्माणका लागि नाम्चेबाट आइसफल डाक्टरसहितको टोली गएको सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपिसिसी) नाम्चकी सूचना अधिकारी याङ्जिडोमा शेर्पाले जानकारी दिनुभयो ।

    Advertisement

    टोलीमा आधार शिविर व्यवस्थापक छिरिङ तेन्जिङ शेर्पा तथा आङसर्की शेर्पा र दावाजाङ्बु शेर्पाले नेतृत्व गर्नुभएको दुई वटा टोलीमा आठ जना ‘आइसफल डाक्टर’ रहेका छन् । टोलीमा दावानुरु शेर्पा, नीमतेन्जी शेर्पा, मिङ्माग्याल्जेन शेर्पा, दावाछिरी शेर्पा, लाक्पासोना शेर्पा र तेन्डु शेर्पा छन् ।

    हिउँमा बाटो बनाउने अनुभवी र दक्ष व्यक्तिलाई आइसफल डाक्टर भन्ने गरिन्छ । यस वर्ष आङसर्की शेर्पाको नेतृत्वमा बाटो बन्न लागेको हो । सन् १९९७ देखि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पर्यटन विभागले समितिलाई खुम्बु आइसफलको आरोहण मार्ग निर्माण तथा मर्मतको जिम्मेवारी दिँदै आएको छ ।

    यस क्रममा सगरमाथा, ल्होत्से र नुप्से हिमाल आरोहण गर्ने पर्वतारोहीका लागि सुरक्षित बाटो निर्माण गरिन्छ । हरेक वर्ष हिउँ परेर बिग्रिएको पुरानो बाटो पहिल्याउँदै आइसफल डाक्टरहरूले आल्मुनियमका भ‌र्‍याङ जोडेर सगरमाथाको चुचुरोसम्म पुग्ने नयाँ बाटो निर्माण गर्ने छन् । आइसफलदेखि क्याम्प–२ सम्म खर्पसमा हिउँ जम्मा भएको बाटो सफा गर्ने, डोरी टाँग्ने र भर्‍याङ राख्ने काम गरेपछि मात्र आरोही सगरमाथाको चुचुरोसम्म पुग्न सक्छन् । पाँच हजार ३६४ मिटर उचाइमा रहेको सगरमाथा आधार शिविरबाट छ हजार चार सय मिटरसम्म उचाइको क्याम्प दुईसम्म दर्जनौँ साना ठुला हिमखाल्डा रहेका छन् । क्याम्प दुईभन्दा तल धेरै खाल्डा भएकाले बाटो बनाउने धेरै काम त्यहाँ गर्नु पर्छ । क्याम्प दुईमाथि हिमखाल्डा खासै छैनन् । क्याम्प दुईभन्दा माथिका लागि बाटो खोल्ने तथा डोरी बाँध्ने काम आरोहण टोलीका प्राविधिकले गर्छन् ।

    पदमार्ग निर्माण कार्य निकै जोखिमपूर्ण हुने भएकाले आधार शिविरमा बौद्ध धर्म परम्परा अनुसार लामाबाट पूजापाठ गरी काम सुरु गर्ने परम्परा रहेको छ । प्रत्येक वर्ष ‘अक्टोबर’ र ‘स्प्रिङ’ दुवै सिजनमा यही परम्परा अनुसार काम सुरु गरिन्छ । बाटो बनाउने क्रममा कुनै विपत आई नलागोस्, सकुशल फर्कन पाऊँ, भगवान्ले रक्षा गरून् र हिमाल आरोहण गर्ने आरोहीहरूमा कुनै पनि दुर्घटना नभई यात्रा सफल होस् भन्ने उद्देश्यले पूजा गरेर बाटो निर्माण थाल्ने गरिन्छ ।

    यस क्षेत्रमा बाटो बनाउने काम तालिमप्राप्त आइसफल डाक्टरहरूले मात्र गर्ने भएकाले अन्य श्रमिकको खासै काम नहुने बताइन्छ । बर्सौंदेखि आइसफल डाक्टरका रूपमा काम गर्ने शेर्पाहरूले ज्यान जोखिममा राखेर बाटो बनाउने गर्छन् । हिमाल आरोहण गर्ने बाटो, हिउँ र बरफ खनेर डोरीको सहायताबाट निर्माण गर्नुपर्ने भएकाले ज्यान माया मारेर बनाउनुपर्ने आइसफल डाक्टरहरू बताउँछन् । हिमपहिरो चलेमा बनाएको बाटो बिगार्ने भएकाले एकै स्थानमा पटक पटक बाटो बनाउनु पर्छ ।

    शनिबार, चैत ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer