• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ १२, २०८३
☰
मङ्गलबार, जेठ १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लाइसेन्स दिने तयारीपछि कर्मकाण्ड र ज्योतिष प्रशिक्षण लिनेको घुइँचो


  •   मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
  • काठमाडौं । पुराण वाचक, ज्योतिषी कर्म र कर्मकाण्ड गर्ने ब्राह्मणको परीक्षा लिएर लाइसेन्स दिने तयारी सुरु भएपछि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा प्रशिक्षण लिनेको घुइँचो लागेको छ ।

    Advertisement

    प्रशिक्षण लिन चाहनेको घुइँचो लागेपछि चैतदेखि छ महिने कार्यक्रम सुरु गरिएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । ज्योतिष र कर्मकाण्ड प्रशिक्षण लिन चाहनेहरू समितिमा आएर सोधपुछ गर्न थालेपछि सूचना निकालेर यही महिनादेखि प्रशिक्षण दिन थालिएको हो । समितिमा आफैँ खोजी गर्दै करिब तीन दर्जन प्रशिक्षार्थी आएका समितिले जनाएको छ ।

    प्रशिक्षण लिन चाहनेमध्ये महिला र अपाङ्गलाई छुटको व्यवस्था पनि गरिएको उनले जानकारी दिए । ज्योतिष प्रशिक्षण लिन जनजाति र दलित पनि आउने गरेका समितिले जनाएको छ ।

    “कर्मकाण्ड प्रशिक्षणमा भने महिलाको पनि रुचि हुने गरेको छ । कर्मकाण्ड प्रशिक्षण लिने धेरै भने ब्राह्मण समुदायका हुने गरेका छन्”, ढुङ्गेलले भने । उनका अनुसार छ महिने प्रशिक्षणको रु १५ हजार शुल्क तोकिएको छ । यसमा थप परीक्षा शुल्क पनि लाग्ने छ ।

    कथावाचक, ज्योतिषी र कर्मकाण्ड गर्ने पुरोहितलाई नियमन गर्न, करको दायरामा ल्याउन पनि लाइसेन्स उपयुक्त हुने भएकाले सोहीअनुसार तयारी भइरहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । उनका अनुसार पुराण वाचन गर्न चाहने पण्डितका लागि वाल्मीकि विद्यापीठले यही चैतदेखि एक वर्षे प्रशिक्षण सुरु गरेको छ ।

    यो प्रशिक्षणमा भाग लिने आउनेको पनि सङ्ख्या बढेको छ । पुराण वाचन शास्त्रीय विधिअनुसार नभइरहेको गुनासो बढ्न थालेपछि विद्यापीठका प्राध्यापकहरुको सक्रियतामा यो प्रशिक्षण सुरु गरिएको वाल्मीकिका प्राचार्य अच्युतप्रसाद लामिछानेले बताए । उनका अनुसार दैनिक एक घण्टा एक वर्षसम्म प्रशिक्षण दिएपछि प्रशिक्षार्थीले शास्त्रीय विधिअनुसार पुराण वाचन गर्नसक्ने छन् ।

    मङ्गलबार, चैत ०५, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई

    लोकप्रिय

    • १.
      आजको २०८३ साल जेठ ९ गते शनिवार:

    • २.
      आज २०८३ साल जेठ १० गते आइतवार:

    • ३.
      आज २०८३ साल जेठ ११ गते साेमवार:

    • ४.
      आज २०८३ साल जेठ ७ गते बिहीवार:

    • ५.
      आज २०८३ साल जेठ १२ गते मंगलवार:

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ १२ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ११ गते साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ १० गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आजको २०८३ साल जेठ ९ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल जेठ ७ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer