काठमाडौं । नेपाल बैंकको ६५औँ वार्षिक साधारणसभा बुधबार सञ्चालक समिति अध्यक्ष थानप्रसाद पंज्ञानीको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले महालेखापरीक्षकको कार्यालयबाट प्राप्त परामर्शबमोजिम आर्थिक वर्ष २०८१/८२ को लेखापरीक्षण गर्न तीनजना चार्टर्ड एकाउन्टेन्टहरू प्रदिपकुमार श्रेष्ठ, मधुवीर पाण्डे र सृष्टि कोइरालालाई लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावसमेत सर्वसम्मतरूपमा पारित गरेको छ ।
Advertisement
बैंकको नियमावलीमा भएको व्यवस्थाबमोजिम सर्वसाधारण सेयरधनीतर्फबाट प्रतिनिधित्व गर्ने तीन सञ्चालकको निर्वाचन गर्ने कार्यतालिकासमेत रहेकोमा उच्च अदालत पाटनको चैत ५ गतेको अल्पकालीन अन्तरिम आदेशबाट रोकिएको बैंकले जनाएको छ ।




