• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
मङ्गलबार, जेठ ०५, २०८३
☰
मङ्गलबार, जेठ ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. मासिक राशिफल: जेठ, २०८३

  • ७. आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

लयमा आउँदै अन्तर्राष्ट्रिय व्यापार


  •   शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
  • काठमाडौँ । दुई वर्षदेखि खस्कँदो क्रममा रहेको अन्तर्राष्ट्रिय व्यापार केही महिनायता क्रमशः सुधारको लयमा आउन थालेको छ । भन्सार विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को फागुनसम्मको व्यापार तथ्याङ्कले विगत वर्षका तुलनामा व्यापारसम्बन्धी अधिकांश सूचक लयमा आउन थालेको देखाएको छ । यद्यपि व्यापारको अवस्थामा दुई वर्षअघिको जस्तो उच्च लयमा भने छैन । विभागका अनुसार नेपालले यस आवको आठ महिनामा ११ खर्ब ४५ अर्ब रुपियाँको वस्तु आयात गरेको छ । जुन २०८० फागुनको तुलनामा आयात ११.२० प्रतिशतले बढी हो । उक्त अवधिसम्म १० खर्ब ३० अर्ब रुपियाँको वस्तु आयात भएको थियो । मूल्यका हिसाबले एक वर्षकै अन्तरमा आयात एक खर्ब १५ अर्ब रुपियाँले बढेको तथ्याङ्कले देखाउँछ ।

    Advertisement

    समीक्षा अवधिमा नेपालले सबैभन्दा धेरै ७९ रुपियाँको डिजेल आयात गरेको छ । त्यसपछि ५१ अर्ब ३५ करोड रुपियाँको कच्चा भटमास तेल आयात गरेको छ, जसलाई नेपालमा प्रशोधन गरेर भारत निर्यात गरिएका कारण नेपालको समग्र निर्यात व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । त्यस्तै ४३ अर्ब रुपियाँको पेट्रोल आयात हुँदा ४१ अर्ब रुपियाँको एलपी ग्यास आयात भएको तथ्याङ्कले देखाएको छ ।

    निर्यातमा उछाल

    नेपालको निर्यात व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ । विभागका अनुसार नेपालले फागुनसम्म एक खर्ब ५८ अर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । यो निर्यात गत आवको फागुनसम्मको तुलनामा ५७.२० प्रतिशतले बढी हो । गत आवको समीक्षा अवधिसम्म नेपालले एक खर्ब रुपियाँको वस्तु निर्यात गरेको थियो ।

    निर्यातको तीव्र वृद्धिमा भटमासको तेलको महत्वपूर्ण भूमिका देखिन्छ । नेपालले आठ महिनामा करिब ४८ अर्ब रुपियाँ बराबरको भटमास तेल निर्यात गरेको छ । भटमास आयात गरेर त्यसलाई नेपालमा प्रशोधन गरेर भारत पठाउने विगतको प्रवृत्तिमा सुधार आउँदा यसको निर्यात बढेको हो । भारतीय बजारमा भटमास तेलको माग उच्च भइरहनु र नेपालबाट निर्यात गर्दा प्राप्त भन्सार सहुलियतका कारण यसको निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।

    विगतमा पाम तेलको निर्यातमा पनि यस्तै प्रवृत्ति देखिएको थियो । नेपालमा उत्पादन नै नहुने पाम इन्डोनेसिया र मलेसियाबाट आयात गरी नेपालमा प्लान्ट राखेर प्रशोधन गरेर भारतीय बजारमा पठाउँदा पाम तेल नेपालबाट सबैभन्दा धेरै निर्यात हुने वस्तुमा परेको थियो । भारतले ती देशबाट पाम आयातमा लगाएको रोक र नेपालले भारतसँग प्राप्त गरेर भन्सार सहुलियतका कारण यहाँबाट हुने निर्यात सस्तो परेपछि भारतीय व्यापारीले नेपालबाट त्यसको आपूर्ति व्यवस्थापन गर्दथे । नेपालको निर्यात बढाउन भटमास तेलपछि सूर्यमुखी तेलको पनि उल्लेख्य भूमिका छ । समीक्षा अवधिमा नेपालले करिब आठ अर्ब रुपियाँको सूर्यमुखी तेल निर्यात गरेको छ । यो तेलको बजार पनि भारत नै रहेको तथ्याङ्कले देखाउँछ । त्यसपछि करिब छ अर्ब रुपियाँको अलैँची निर्यात हुँदा साढे चार अर्ब रुपियाँको गलैँचा नेपालबाट निर्यात भएको देखिन्छ । नेपालले आफैँ उत्पादन गर्ने अलैँची, गलैँचा, जुट जस्ता वस्तुको निर्यातमा भने सामान्य मात्र वृद्धि देखिन्छ ।

    व्यापार घाटा कम हुँदै

    निर्यातमा भएको वृद्धिले व्यापार घाटाको विस्तार केही सुस्त बनाइदिएको छ । विभागका अनुसार चालु आर्थिक वर्षको आठ महिनासम्म नेपालको व्यापार घाटा नौ खर्ब ८७ अर्ब रुपियाँ पुगेको छ । २०८० फागुनसम्म नेपालको व्यापार घाटा नौ खर्ब २९ अर्ब रुपियाँ थियो । व्यापार घाटाको वृद्धि केवल ६.२२ प्रतिशतमा रहेको छ ।

    आयात र निर्यात बढ्दा कुल अन्तर्राष्ट्रिय व्यापारको आकार दुई खर्ब रुपियाँले बढेको छ । आठ महिनामा नेपालले कुल १३ खर्ब ३० अर्ब रुपियाँको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । जुन अघिल्लो फागुनसम्म ११ खर्ब ३० अर्ब रुपियाँ थियो ।(गोरखापत्र)

    शुक्रबार, चैत ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: जेठ, २०८३
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल वैशाख ३० गते बुधवार:

    • २.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार:

    • ३.
      आज २०८३ साल जेठ १ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल जेठ ३ गते (१७

    • ५.
      आज २०८३ साल जेठ २ गते शनिवार:

    • ६.
      मासिक राशिफल: जेठ, २०८३

    भर्खरै

    • १.
      आज २०८३ साल जेठ ५ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल जेठ ३ गते (१७ मे २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल जेठ २ गते शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      मासिक राशिफल: जेठ, २०८३

    • ५.
      आज २०८३ साल जेठ १ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल वैशाख ३१ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल वैशाख ३० गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ वैशाख २९ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer