• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

किसानको चासोमा मौसमसम्बन्धी सूचना र जानकारी


  •   आइतबार, चैत १०, २०८१ मा प्रकाशित
  • काठमाडौँ । तीन–चार महिना लगाएर फलाएको बाली भित्र्याउने समयमा मौसम प्रतिकूल हुँदा किसानलाई ठुलो नोक्सान हुने गरेको छ । यस्तो नोक्सानबाट जोगाउन किसानलाई मौसमबारे पूर्वजानकारी आवश्यक हुन्छ ।

    Advertisement

    पछिल्लो समय किसानमा मौसमबारे चेत बढ्न थालेको छ । किसानले बाली लगाउनुअघि र बाली भित्र्याउँदा मौसमबारे चासो राख्न थालेका छन् ।

    किसानलाई खासगरी बाली लगाउन र भित्र्याउन अनुकूल मौसम आवश्यक पर्छ । प्रविधिको विकाससँगै किसानलाई मौसमबारे जानकारी लिन सहज हुँदै गएको छ ।

    जल तथा मौसम विभागकी मौसमविद् बिनु महर्जनका अनुसार कुनै पनि ठाउँमा छोटो समयका लागि देखापर्ने वायुमण्डलको अवस्था नै मौसम हो । केही घण्टा, दिन वा हप्तासम्मको मौसमी अवस्थाको पूर्वानुमान गरेर विभिन्न माध्यमबाट जानकारी दिँदै आएको उनको भनाइ छ ।

    यसरी प्रवाह हुने मौसमी सूचना बुझेरमात्रै किसानले पछिल्लो समय बाली लगाउने तथा भित्र्याउने गरेका छन् । मौसम सम्बन्धी जानकारीले किसानलाई बाली रोप्ने र फसल काट्ने तालिका निर्धारण गर्न सहज हुन्छ । यसले बालीमा हुने क्षति न्यूनीकरणमा सहयोग पुर्‍याउँछ ।

    वरिष्ठ कृषि अधिकृत तथा प्रधानमन्त्री कृषि परियोजना कैलालीका प्रमुख गोविन्दराज जोशीले मौसमबारे किसान आफैँ सचेत भइसकेको बताउनु भयो । ‘आजभोलि किसानले धान काट्ने, रोप्ने बेला आफैँ मौसमको बारेमा जानकारी लिन खोज्छन्,’ उहांले भन्नु भयो ।

    नेपालका अधिकांश कृषि क्षेत्र आकाशे पानीमै निर्भर छन् । नेपालमा भौगोलिक अवस्थाअनुसार फरक–फरक बाली लगाउने गरिन्छ । हिउँदमा तोरी, गहुँ, उवा, जौ, केराउ, मुसुरोलगायतको बाली लगाइन्छ । बर्खामा धान, मकै र वसन्तमा मकैजस्ता बाली लगाइन्छ । बालीका लागि मौसमी सूचना निकै महत्त्वपूर्ण हुन्छ ।

    नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि वातावरण अनुसन्धान केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रामेश्वर रिमालले किसान तथा कृषिसँग सरोकार राख्ने व्यक्तिलाई मौसमी सूचना विभिन्न माध्यमबाट प्रवाह गरिरहेको बताए । उनका अनुसार पालिकास्तरमा मौसम सम्बन्धी बुलेटिन पुर्‍याउन ‘नार्क एग्रोमेट गुगल सर्भिसेज ग्रुप’ छ । सबै स्थानीय निकाय, कार्यरत कर्मचारी तथा प्रविधिक, प्रधानमन्त्री कृषि अधुनिकीकरणको ५८ वटा परियोजना एकाई, गाउँपालिका संघ, नगरपालिका संघ, राष्ट्रिय किसान महासंघ लगायतलाई मौसमबारे जानकारी दिँदै आएको रिमाल बताउँछन् ।

    नार्कले सातापिच्छे निकाल्ने कृषि–मौसम सल्लाह बुलेटिन पत्रकार र सरोकारवालालाई उपलब्ध गराउँदै आएको छ । यस्तै, कृषि वातावरण नामको फेसबुक पेजबाट पनि मौसमबारे सूचना दिने गरेको रिमालको भनाइ छ ।

    यसका साथै, नेपाल टेलिभिजन, रेडियो नेपालमा शनिबार साँझ यसबारे कार्यक्रम नै प्रसारण हुने गरेको छ । ‘देशभरका ९ हजारभन्दा बढी किसानका मोबाइल फोनमा एसएमएस पनि पठाउँछौँ,’ रिमालले भने, ‘हामीले ह्वाट्स एप ग्रुप बनाएर सूचना पठाउने अभ्यास सुरु गरेका छौँ । यसमा सबैको सहयोग भएमा झनै प्रभावकारी बन्ने छ ।’

    केन्द्रका प्राविधिक अधिकृत तथा कृषि मौसमका जानकार रिमालले मौसम बिग्रिने बित्तिकै पत्रपत्रिका, रेडियो, टेलिभिजन, आनलाइनहरूबाट पनि जानकारी दिने गरेको बताए ।

    यद्यपि, किसानलाई सही सूचना पाउन भने सकस नै छ । त्रिभुवन विश्वविद्यालय, भूगोल केन्द्रीय विभागका प्राडा प्रेमसागर चापागाईंको अनुसन्धानले मौसम सम्बन्धी सूचनाको विश्वसनीयता कम रहेको देखाएको छ । ‘नेपालमा जलवायु परिवर्तनले कृषिमा पारेको प्रभाव, अनुकूलनका चुनौती र उपायहरू तथा नीतिगत सवाल’ शीर्षकको नेपाल केन्द्रित अनुसन्धानले तराईमा ३४ प्रतिशत, पहाडमा २२ प्रतिशत र हिमालमा ८.५ प्रतिशत घरपरिवारले मात्र मौसम सम्बन्धी प्राप्त सूचनामा पूर्ण रूपमा विश्वास गर्ने देखाएको छ ।

    मौसम सम्बन्धी सूचनाको विश्वसनीयता मुख्यतः विगतको पूर्वानुमानको सत्यतामा निर्भर गर्दछ । भौगोलिक जटिलता र सुक्ष्म स्थानगत सूचनाको कमीका कारण हिमाली क्षेत्रमा पहाडी र तराई क्षेत्रको तुलनामा विश्वसनीयता कम छ ।

    कृषि सम्बन्धी क्रियाकलापका लागि मौसम सम्बन्धी विश्वसनीय सूचना महत्त्वपूर्ण हुन्छ । किसानहरूले विभिन्न स्रोतबाट मौसम सम्बन्धी जानकारी प्राप्त गर्दछन् । हिमाली क्षेत्रमा सामुदायिक संस्था र सार्वजनिक सञ्चार माध्यम सूचनाको प्रमुख स्रोत हुन् भने पहाडी क्षेत्रमा सामुदायिक संस्था तथा स्थानीय एफएम रेडियो महत्त्वपूर्ण स्रोत हुन् । तराईमा स्थानीय एफएम रेडियो, सार्वजनिक सञ्चार माध्यम मुख्य स्रोत छन् ।

    उपलब्ध मौसम सम्बन्धी सूचनामा किसानको विश्वासको स्तर पनि क्षेत्र अनुसार फरक छ । मौसम सूचनामा विश्वासिलो र प्रभावकारी बनाउन अध्ययन र अनुसन्धानमा जोड दिनुपर्ने सरोकारवाला बताउँछन् ।

    आइतबार, चैत १०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer