• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

त्रिवि उपकुलपतिको राजीनामा, अन्य पदाधिकारी पनि राजीनामा दिने मनसायमा


  •   आइतबार, चैत १७, २०८१ मा प्रकाशित
  • काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजङ्ग बरालले १३ महिनामै राजीनामा दिनुभएको छ । चारबर्से कार्यकालका लागि नियुक्त हुनुभएका बरालले कुलपतिलाई सम्बोधन गरेर राजीनामापत्र बुझाउनुभएको छ ।

    Advertisement

    उपकुलपति छनोट तथा सिफारिस समितिले बुझाएको तीन जनाको नाममध्येबाट दोस्रो नम्बरमा रहनुभएका बराललाई तत्कालीन प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले २०८० फागुन १० गते उपकुलपतिमा नियुक्त गर्नुभएको थियो । त्रिवि स्रोतका अनुसार बरालले प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपतिलाई सम्बोधन गरेर राजीनामापत्र बुझाउनुभएको छ ।

    बरालले राजीनामा दिएको विषय विश्वविद्यालयकै एक जना पदाधिकारीसँग व्यक्त गरेर दुई वटै मोबाइल फोन अफ गर्नुभएको छ । उपकुलपतिले राजीनामा दिनुपर्नाको मुख्य कारण अस्थायी तथा करारका शिक्षक र कर्मचारीको समस्या मुख्य रहेको त्रिवि स्रोतले जनाएको छ । पछिल्लो समय त्रिविमा अस्थायी तथा करारका शिक्षक कर्मचारी व्यवस्थापनको विषय पेचिलो बन्दै गएको थियो । अस्थायी तथा करारका कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउनुपर्ने माग गर्दै आएका थिए ।

    शिक्षक कर्मचारीले निरन्तर आन्दोलन गरेपछि यसअघिका उपकुलपति प्राडा धर्मकान्त बास्कोटाको पालामा बसेका विश्वविद्यालय सभाले आन्तरिक प्रतिस्पर्धा गराउनका लागि २०८१ चैत मसान्तभित्रमा विज्ञापन आह्वान गर्ने निर्णय गरेको थियो । सोही निर्णय कार्यान्वयन गर्नुपर्ने शिक्षक कर्मचारीको माग छ । यसबिचमा सभाको निर्णयको विपक्षमा सर्वोच्च अदालतमा मुद्दा परेको थियो । तर सर्वोच्चले आन्तरिक प्रतिस्पर्धा गराएर स्थायी गराउन नमिल्ने फैसला गरिदिएपछि त्रिविका पदाधिकारी पछि हटेका थिए । त्रिविका रजिस्ट्रार प्राडा केदार रिजालले भन्नुभयो, “अदालतको आदेशविपरीत हामी शिक्षक कर्मचारीलाई आन्तरिक प्रतिस्पर्धा गराउन सक्दैनौँ ।”

    आफूहरूको माग पूरा गराउन दबाब दिने उद्देश्यले अस्थायी तथा करारका शिक्षक कर्मचारीले आइतबारदेखि आन्दोलन घोषणा गरेका छन् । त्रिवि स्रोतका अनुसार उपकुलपतिको राजीनामा स्वीकृत भएको अवस्थामा अन्य पदाधिकारी पनि राजीनामा दिने मनसायमा छन् ।

    आइतबार, चैत १७, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer