काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चूडामणि चापागाईंलाइ नियुक्त गरेको छ । राजस्व सचिव दिनेशकुमार घिमिरेले उहाँलाई नियुक्तिपत्र प्रदान गर्नुभएको हो ।
Advertisement
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले चापागाईंलाई नेप्सेको सिइओ नियुक्त गर्ने निर्णय गरेको थियो । झापा निवासी चापागाईं बैंकिङ तथा बीमा क्षेत्रमा लामो अनुभवी व्यक्तित्व हुनुहुन्छ । उहाँले सानिमा बैंक र सानिमा रिलायन्स लाइफ इन्स्योरेन्समा उच्च पदमा रहेर काम गरिसक्नुभएको छ ।
यसअघि नारदकुमार लुइँटेललाई नेप्सेको सिइओ नियुक्त गर्ने निर्णय भए पनि सो निर्णय मुख्यसचिवबाट प्रमाणित नभएपछि सरकारले पुनः चापागाईंलाई नयाँ सिइओ नियुक्त गरेको हो ।




