• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शुक्रबार, असार १२, २०८३
☰
शुक्रबार, असार १२, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

६८ औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष–२०२५, सहकारी ठगहरु नै लोकप्रिय भए


  •   बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
  • काठमाडौं । मर्यादित रुपमा सहकारी सञ्चालनका लागि कानून निर्माण, नियमन, कार्यान्वयन तथा सहकारी शिक्षामा विज्ञहरुले जोड दिएका छन् ।

    Advertisement

    बुधवार ६८ औँ राष्ट्रिय सहकारी दिवस तथा अन्तर्राष्ट्रिय सहकारी वर्ष–२०२५ अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा उनीहरुले कानून कार्यान्वयन र सहकारीकर्मीहरु मर्यादित हुनुपर्ने बताएका हुन् ।

    सहकारी सञ्चालनमा शेयर धनी मर्यादित हुनुपर्ने उनीहरुको भनाइ छ । पूर्वमुख्यमन्त्री एवं नेकपा एमालेका सहकारी विभाग प्रमुख खगराज अधिकारीले सहकारी शेयर सदस्यहरुले आफूले सहकारीमा कति वचत राख्ने हो त्यसको सीमा तोक्नुपर्ने बताएका छन् ।

    उनले सरकारले विधेयकमार्फत कानून निर्माण गरेको भएपनि त्यहाँ रहेका कतिपय अस्प्रष्ट कुराहरु सच्याउनुपर्ने बताए । उनले सहकारी खोलेर त्यसैमार्फत राजनीति गर्ने र ठगी गरेर अदालतसमेत भड्काउने गरेको आरोप लगाउँदै सहकारीकर्मी सच्चिनुपर्ने बताए ।

    उनले भने,‘केही कुराहरु अहिले पनि विधेयकमा कानून बनेर आयो त्यो सच्याउनुपर्ने छ । एउटा सच्याउनैपर्ने कुरा के हो भने सहकारीको वचत के हो त्यो खोजौँ, सहकारीका शेयर सदस्यहरुले आफ्ना कति वचत राख्ने भनेर सीमा तोक्ने मुखिया र ठालु कोही पनि बन्न पाइदैन, सहकारी सदस्यको यो अधिकार हो । यो अधिकार सीमित नगरौं तुरुन्तै करेक्सन गरौँ । र सहकारीकर्मी सुध्रिऔँ, सहकारीको माध्यममार्फत ठग बनेर राजनीति पनि गर्ने, पार्टी खोल्ने त्यसमार्फत गाली गलौज गर्ने अदालतलाई भड्काउने काम नगरौँ ।’

    पूर्वमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का सहकारी विभाग प्रमुख लिलामणि पोखरेलले नेपालको संविधानमा अर्थतन्त्रको तीन खम्बे नीति अन्तर्गत सहकारी एक खम्बा भएको व्यवस्था भएपनि व्यवहारमा उपेक्षा गरेको बताए । उनले नवउदार पुँजीवादी चिन्तन हावी भएका नीति निर्माताका कारण आवश्यक नीति निर्माण नबन्दा सहकारी बेवारिसे अवस्थामा पुगेको आरोप लगाए ।

    उनले बैंकमा धेरै पैसा भएपनि नियमनका कारण कुनै समस्या नदेखिएको तर सहकारीमा कानून कार्यान्वयन र नियमन नहुँदा समस्याग्रस्त बनेको जिकिर गरे । संविधान निर्माण भएको दश वर्ष पुग्न लाग्दसमेत सहकारीसँग सम्बन्धित आवश्यक कानून निर्माणमा सरकारको ध्यान नगएको बताए ।

    उनले भने,‘नयाँ चुनौती छ । थ्री पिलर इकोनोमिको एउटा पिलर तर संविधानमा त्यो व्यवस्था भएपनि व्यवहारमा उपेक्षित बनेको छ सहकारी आन्दोलन । राज्यले सहकारी प्रवद्र्धन गर्ने सम्बन्धमा बजेट विनियोजनदेखि लिएर सबै कुराहरुमा उपेक्षामा परेको छ । त्यो पर्नुको मुख्य कारण के हो भने विश्व पुँजीवादले गाजेको नवउदारवादी पूँजीवादी चिन्तन राज्यको नीति निर्माताहरुमा गाँजिएको छ । त्यो मुख्य कुराहरु हो । बेलाबखतमा कतिपय संस्थाहरुमा अनिवार्य रुपमा बजेट छुट्याउनुपर्नेमा बजेट छुट्याइएको हुँदैन । मुख्य थिम जे बनाउनु भयो । यसको मर्यादित सहकारी, समुन्नत समाज बनाउने त्यसको जिम्मेबारी र अभिभावकीय भुमिका राज्यले नीति निर्माण नबनाइदिने । त्यो नबनाइ दिँदा बेवारिसे हुन्छ । थुप्रै कानूनहरु बने तर कार्यान्यन भएनन् । हामीले अभ्यास गरेको धेरै भइसक्यो । संविधान बनाएको १० वर्ष हुँदैछ । त्यसकारण कानून भएनन् । आज समस्या किन आयो त ? त्यसको कारण खोजिएन ।सहकारीमा धेरै पैसा भयो र बेथिति आयो । बैंकमा बढी पैसा छ किन आउँदैन त बेथिति ? बैंकको नियमनकारी निकाय छ कानून कार्यान्वयन हुन्छ जसका कारण त्यहाँ आउँदैन । सहकारीमा कानून बनेर पनि कार्यान्वयन भएन वा कानून बनेन जसका कारण समस्या आयो ।’

    नेपाली काँग्रेसका सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले सहकारीको पैसा ठगी गर्नेले नै विचार र भावनाले सर्वसाधारणलाई भ्रमित पारेर समाजमा उनीहरुनै लोकप्रिय बनेको आरोप लगाए ।

    उनले विगतमा सहकारीले गाउँ गाउँका दूरदराजमा पुगेर सदस्यहरुको आवश्यकता पूरा गर्ने गरेको तर अहिले सहकारीमा त्यो विचलन आएको बताउनु भयो । उहाँले केही बद्मास सञ्चालकहरुले सहकारीताका नाममा ठगी गरेर पवित्र संस्था सहकारीको बद्नाम गरेको जिकिर गरे ।

    उनले भने,‘आज हामी यहाँसम्म आइपुग्दा हिजोको सहकारी र आजको सहकारीमा धेरै अन्तर छ । हिजोको सहकारी बैंकले जहाँ सेवा दिन सकेन, जहाँ बैंक पुग्न सकेको थिएन, त्यहाँ दूरदराजमा गाउँ हिमाल, पहाड, मधेस होस्, सहकारी संगठित गर्दै जसरी त्यहाँ सेवा दिइरहेको थियो, त्यहाँको आवश्यकतालाई जसरी पूरा गरी रहेको थियो आफ्ना मेम्बरहरुको बीचमा । हिजोको त्यो सहकारी र आज शहर वा गाउँघरको सहकारी अहिले धेरै विचलन आइसकेको छ । शहरलाई त डुबायो डुबायो गाउँलाई पनि डुवायो सहकारीताको नाममा अनेकौँ ठगी गरेर एउटा पवित्र संस्थालाई जसरी बदनाम गरेका छन् केही सञ्चालकले गर्दा आज समग्रमा सहकारीमा वचतकर्ताहरुले आफ्ना वचत जम्मा गर्ने कि नगर्ने ? गरेको वचत भविष्यमा फिर्ता पाउने कि नपाउने ? उस्ले चाहेको समयमा वचत पाउने कि नपाउने ? त्यस्ता सञ्चालकहरु जसले विश्वासको आधारमा ऋण लगानी गरे त्यो ऋण उठ्ने कि नउठ्ने ? सहकारीले जायज लगानी गरेको छ भने त्यसलाई उठाउने कसरी ? सहकारी ठगी गर्नेका स्वरहरु ठूला भए र सहकारीमा जति ठगेपनि जति लुटेपनि आफ्ना जनतालाई विचार र भावनाले भ्रमित पारेर लोकप्रियता लिने । लाखौँ बचतकर्ताहरु ठगिए तर ठग्ने मान्छेको लोकप्रियता हेर्दाखेरि कहीँ यो मुलुक सतीले सरापेको देश त होइन ? हामीले राम्रो नराम्रो छुट्याउन सकेनौँ र नेतृत्व गर्ने व्यक्तिहरुले विभेद ग¥यौँ । विभेदकै कारणले गर्दा आज यो अवस्था भयो ।’

    कार्यक्रममा वक्ताहरुले सहकारीकर्मी बनेर राजनीति गर्ने पार्टी बनाउने अराजकता भड्काउने गालीगलौज गर्ने काम कसैले गर्न नुहुनेमा जोड दिएका थिए ।

    उनीहरुले सहकारी शिक्षा लिएका सहकारीकर्मीहरुले सहकारीबारे सामाजिक सञ्जालमार्फत सकारात्मक प्रचार प्रसारका लागि महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका थिए ।(पर्दाफास)

     

    बिहिबार, चैत २१, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ८ गते (२२

    • २.
      आज २०८३ साल असार ७ गते (२१

    • ३.
      आज २०८३ साल असार ९ गते (२३

    • ४.
      आज २०८३ साल असार ११ गते (२५

    • ५.
      आज २०८३ साल असार १२ गते (२६

    • ६.
      आज २०८३ साल असार ६ गते (२०

    भर्खरै

    • १.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer