• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

जुम्लामा छरियो मार्सी धानको बिउ


  •   शनिबार, चैत २३, २०८१ मा प्रकाशित
  • काठमाडौं । जुम्लाको प्रमुख बालीका रूपमा रहेको मार्सी धानको बिउ छरिएको छ । मार्सी धान खेतमा छर्ने तालिका अनुसार चैत २० गते बिउ छरिएको हो । जुम्ली मार्सी धानको तालिका अनुसार चैत १२ गते बिउ भिजाउने, १६ गते भिजेको बिउ उतारेर घाममा सुकाउने र २० गते ब्याडमा बिउ छर्ने तालिका अनुसार बिउ छरिएको हो । सोही तालिका अनुसार किसानले बिउ छरेका छन् ।

    Advertisement

    गुठीचौर गाउँपालिका–५ निवासी किसान जगत भण्डारीले मार्सी धानको बेर्ना राखिएको बताउनुभयो । उहाँले इतिहासदेखि चलिआएको तालिका अनुसार मार्सी धान तालिका अनुसार २० गते खेतमा बिउ छरिएको जनाउनुभयो ।

    विश्वको सबैभन्दा उच्च स्थानमा फल्ने मार्सी धान जुम्लामा महत्वपूर्ण खेतीका रूपमा लिइन्छ । भण्डारी जस्तै जुम्ली किसानले चैत २० गते मार्सी धानको बिउ आआफ्नो बेर्नामा छरेर राखेका छन् । किसानले चैत १६ गते सिरौँला कुटेर खाने चलनसमेत रहेको छ ।

    जिल्ला कृषि विकास कार्यालयका अनुसार मार्सी धानको खेती विस्तारको क्रम जारी छ । कार्यालय प्रमुख रामभक्त अधिकारीका अनुसार २० गते धानको बेर्नामा बिउ छर्नुका साथै बिसुवा पर्व मनाएका छन् । उहाँका अनुसार दुई हजार ८९० हेक्टर धान खेती रहेकामा २० प्रतिशत रैथाने काली मार्सी धान उत्पादन भइरहेको छ । उहाँका अनुसार मार्सी धानमा ब्लास्टर रोगले हैरान बनाएको समयमा कृषि अनुसन्धान (केन्द्र) विजयनगर नार्कले काली मार्सीको अनुसन्धानसमेत गरेको छ । कार्यालय प्रमुख अधिकारीका अनुसार नार्कले परीक्षण गरेर निकालेको धानको बिउ जिल्लाका चार स्थानमा समूह सहकारीमा बेर्ना राख्नका लागि सुरु गरिएको छ ।

    पहिलो पटक मार्सी धान १३ औँ शताब्दीमा जुम्ला तातोपानीको लाक्षु जिउलामा रोपिएको इतिहास पाइन्छ । जुम्ला सदरमुकाम रहेको स्थानमा ठुलो ताल थियो । मानसरोवर हिँडेका चन्दननाथ बाबाले तातोपानीको लाक्षु जिउलामा धान रोपेको इतिहास रहेको छ ।

    किसानले तातोपानीमा ‘लक्षालकृति पैकला’ नामक युवा थिए, उनै युवालाई तालिम दिएपछि तातोपानीको गुरुफोक्टोमा मार्सी धान रोपिएको थियो । अत्यन्तै पोसिलो खानाका रूपमा मानिने काली मार्सी धानको अहिले उत्पादनसँगै बजार पनि वृद्धि भइरहेको छ । जुम्लाका सबै जसो होटेलमा अहिले मार्सी धानको खाना ब्रान्डका रूपमा स्थापित भइरहेको छ ।

    त्यस्तै काठमाडौँ, पोखरा, विराटनगर, सुर्खेतलगायत देशका ठुला सहरका होटेलमा मार्सी चामलको खाना ब्रान्ड भइरहेको छ । मार्सी धान जेठको पहिलो साताबाट रोप्ने, असार, साउनमा गोड्ने र कात्तिकमा भित्र्याउने चलन पनि रहेको छ ।(गोरखापत्रबाट)

    शनिबार, चैत २३, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer