काठमाडौं । दिउँसो कोशी बागमती र गण्डकी प्रदेशको हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाे जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
Advertisement
राती हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेकाे छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेकाे छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना रहेकाे विभागले जनाएको छ ।




