• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

‘सामाजिक सञ्जाल समाज विघटनको हतियार नबनोस्’


  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले सामाजिक सञ्जालको गलत प्रयोगले समाजमा दुर्व्यवस्था फैलाउने खतरा बढेकाले यसलाई समाज भाँड्ने हतियार नबनाउन आग्रह गरेका छन्।

    Advertisement

    बिहीबार काउन्सिलमा आयोजित अभिमुखिकरण कार्यक्रममा अध्यक्ष बस्नेतले सामाजिक सञ्जालमार्फत गलत र भ्रमपूर्ण सूचना प्रवाह भइरहेको उल्लेख गर्दै त्यसले देशको विकास र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पारिरहेको बताएका हुन्।

    ‘‘समाधानमुखी रचनात्मक पत्रकारिता हुन सके मात्र अहिलेको पत्रकारिता सुधारतर्फ उन्मुख हुन्छ,’’ अध्यक्ष बस्नेतले भने, ‘‘गलत उद्देश्यले सामाजिक सञ्जालको प्रयोग गरिँदा मिडियामाथि नै हिलो छ्याप्ने काम भएको छ।’’

    उनका अनुसार सामाजिक सञ्जालमा सक्रिय कतिपय प्रयोगकर्ता पत्रकारिता व्यवसायका मापदण्डमा पुग्दैनन्। नयाँ खुलेका अनलाइन तथा युट्युब सञ्चारमाध्यमका सम्पादक र सञ्चालकलाई लक्षित गर्दै आयोजित कार्यक्रममा उनले मिडिया क्षेत्रको विश्वसनीयता कायम राख्न सम्पूर्ण सञ्चारकर्मी सचेत र जिम्मेवार हुनुपर्नेमा जोड दिए।

    कार्यक्रममा नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुँइटेल र गोरखापत्र संस्थानका नायब कार्यकारी सम्पादक केपी गौतमले पत्रकार आचारसंहिता र सञ्चार निर्देशिकाबारे सहजीकरण गरेका थिए।

    प्रधान सम्पादक लुँइटेलले डिजिटल सञ्चार माध्यम संयमित र विश्वसनीय हुन जरुरी रहेको उल्लेख गर्दै त्यसका लागि सञ्चारकर्मी स्वयं सचेत बन्नुपर्ने बताए। उनले भने, ‘‘विश्वसनीय मिडिया बनाउने जिम्मेवारी हामी सञ्चारकर्मीकै हो।’’

    त्यस्तै, गौतमले आचारसंहिता उल्लंघनका कारण मिडियाप्रतिको जनविश्वास कमजोर हुँदै गएको भन्दै सम्पूर्ण सञ्चारकर्मीले अध्ययन, अनुसन्धान र मेहनतमा जोड दिनुपर्ने धारणा राखे।

    ‘‘पत्रकार आचारसंहिता पालना भइरहेको छ कि छैन भन्ने कुरामा प्रत्येक सञ्चारकर्मी सजग हुन जरुरी छ,’’ उनले भने।

    डिजिटल सञ्चारमाध्यममा संलग्न पत्रकार तथा सञ्चालकलाई आचारसंहिता र पत्रकारिताको आधारभूत जानकारी दिने उद्देश्यले प्रेस काउन्सिलले यस्ता अभिमुखिकरण कार्यक्रम श्रृंखलागत रूपमा सञ्चालन गरिरहेको जनाएको छ।

    सञ्चार क्षेत्रको शुद्धता र उत्तरदायित्व कायम गर्न काउन्सिलले सम्पादक संवाद र ‘सञ्चारमाध्यमसँग काउन्सिल’ कार्यक्रमलाई निरन्तरता दिँदै आएको पनि कार्यक्रममा जानकारी दिइयो।

    शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer