• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको गुनासो


  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
  • काठमाडौँ । विश्वसम्पदा सूचीकृत बौद्धनाथ क्षेत्रबाट सुरु भएर विश्वसम्पदा सूचीमै सूचीकृत स्वयम्भू क्षेत्रमा समाप्त हुने तेमाल जात्रासम्बन्धी स्थायी समिति नहुँदा सांस्कृतिक अतिक्रमण भएको सरोकार भएकाहरूको गुनासो छ ।

    Advertisement

    तेमाल जात्राका बारेमा तामाङ पत्रकार सङ्घले बुधबार आयोजना गरेको अन्तरक्रियामा काठमाडौँ महानगरपालिका–१५ का वडाअध्यक्ष ईश्वरमान डङ्गोलले जात्रा स्वयम्भू क्षेत्रमा टुङ्गिने भए पनि यो क्षेत्रमा स्थायी खालको व्यवस्थापन समिति नबन्दा जात्रामा सांस्कृतिक अतिक्रमण सुरु भएको बताउनुभयो । ऐतिहासिक जात्रा मनाउन स्थायी खालको मूल व्यवस्थापन समिति नभएकै कारण समस्या आएको बताउनुभयो । तेमाल जात्रामा तामाङ मौलिक गीत, फापरे गीत गाउनुपर्नेमा डिजे गीतहरूले अतिक्रमण भइरहेको डङ्गोलको भनाइ थियो । यस्तो विकृति रोक्न तामाङ समुदाय नै लाग्नुपर्ने उहाँको सुझाव थियो ।

    अनुसन्धानकर्ता रवीन्द्र तामाङले तेमाल जात्राका अवसरमा राज्यले दुई दिन सार्वजनिक बिदा दिनुपर्ने माग राख्नुभयो । जात्राबारे प्रस्तुति दिँदै उहाँले तेमाल नेपालकै पहिलो ऐतिहासिक जात्रा भएको दाबी गर्नुभयो । स्वयम्भूको उत्पत्तिसँग जोडिएको तेमाल जात्राको महत्व दर्शाउन सार्वजनिक बिदा दिनुपर्ने उहाँको भनाइ थियो ।

    तामाङको प्रस्तुतिमा लेखक मोक्तान दुववाङ्गेल र पत्रकार मायालु ङेसुरले टिप्पणी गर्नुभएको थियो । लेखक मोक्तानले इतिहासलाई वैज्ञानिक आधारसहित लेख्न नसके असफल हुने बताउनुभयो । तेमाल जात्राको नामकरण बौद्धकै बासिन्दाले गरेकाले नाममा विवाद निकाल्न नहुने उहाँको भनाइ थियो ।

    अनुसन्धानकर्ता अजितमान तामाङले सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक हिसाबमा आएको यस जात्रामा मीठा खानेकुरासमेत खाइने बताउनुभयो । जात्रा काठमाडौँका विभिन्न भागमा अरू जातिले पनि मनाउने उहाँको भनाइ थियो ।

    अन्तरराष्ट्रिय तामाङ परिषद्का महासचिव टासी लामाले यो पर्व तामाङहरूको पहिचान भएको बताउनुभयो । पर्यटन व्यवसायी एवं तामाङ रिमठिम पर्यटन समाजकी अध्यक्ष सरिता लामाले पर्यटकलाई आकर्षित गर्न तेमाल जात्राको पूर्वाधार आवश्यक रहेका बताउनुभयो । तेमाल जात्राको ट्रेल र पूर्वाधार तयार भए पर्यटकलाई सम्पदा घुमाउन सहज हुने लामाको भनाइ थियो ।

    चैत्र शुक्ल पूर्णिमाको अघिल्लो दिन बौद्ध स्तूपबाट सुरु हुने तेमाल जात्रा भोलिपल्ट अर्थात् वैशाख कृष्ण प्रतिपदाका दिन सूर्योदयसँगै स्वयम्भूमा पुनः आरम्भ भएर साँझपख आकाशमा पूर्णचन्द्र देखिएपछि समाप्त हुने परम्परा छ । यसपटक यो पर्व चैत २९ गते र ३० गते परेको छ । जात्रा मनाउन बागमती प्रदेशका तामाङहरू काठमाडौं आउने गर्छन् । बौद्ध तामाङ कल्याण गुठीले बौद्ध क्षेत्रमा यो जात्राका लागि सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।(गोरखापत्रबाट)

    शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer