• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पाथीभरा क्षेत्रमा दर्शनार्थीलाई स्वागत गर्दै ढकमक्क फुलेका लालीगुराँस


  •   शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
  • काठमाडौं । उच्च हिमाली क्षेत्रमा हिजो आज लालीगुरास फुल्ने समय हो । करिब तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा चैत पहिलो सातादेखि लालीगुराँस फुल्न थालेको छ । ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा ढकमक्क लालीगुराँस फुलेको छ । गुराँस फुल्ने मौसम भएसँगै पाथीभरा क्षेत्रमा ढकमक्क गुराँस फुलेको हो ।

    Advertisement

    हिजोआज विभिन्न प्रजातिका लालीगुराँस फुलेर पाथीभरा क्षेत्रको वन राताम्ये भएको छ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका, फक्ताङ्लुङ र सिरिजङ्घा गाउँपालिकाको सङ्गम स्थलमा पर्ने तीन हजार ७९४ मिटर उचाइ रहेको पाथीभरा क्षेत्रमा चैत पहिलो सातादेखि लालीगुराँस फुल्न थालेको हो ।

    पाथीभरा पदमार्गअन्तर्गत पर्ने बलुडाँडा, गुराँसे र फेदी क्षेत्रमा हिजोआज ढकमक्क गुराँस फुलेर यहाँको दृश्य मनमोहक बनेको छ । अहिले पाथीभरा दर्शन गर्ने सिजन (मौसम) भएकाले उल्लेख्य रूपमा पाथीभरा दर्शनका लागि आउने भक्तजनहरू ढकमक्क फुलेको गुराँसको मनमोहक दृश्यमा रमाउने गरेका छन् ।

    ढकमक्क गुराँसको मनमोहक दृश्यमा रमाउन पाइने हुँदा हिजोआज पाथीभरा दर्शनका लागि भक्तजन तथा धार्मिक पर्यटकहरूको बाक्लो उपस्थिति हुने गरेको स्थानीयले बताएका छन् । वन जङ्गलमा गुराँस फुलेसँगै यहाँको पर्यटन व्यवसाय पनि फस्टाउने स्थानीय अपेक्षा गरेका छन् । फेदीका स्थानीय होटल व्यवसायी राजेन्द्र महतले पाथीभराको दर्शनसँगै गुराँस फूलको आकर्षणले धार्मिक पर्यटकको उपस्थिति बाक्लिँदा व्यवसाय पनि राम्रै फस्टाउने बताउनुभयो ।

    महतका अनुसार पाथीभरा दर्शनमा आएका भक्तजन तथा पर्यटकहरू मनमोहक गुराँसमा झुम्मिने गरेका छन् । पर्यटकहरूले ढकमक्क गुराँसमा तस्बिर खिच्ने, भिडियो खिच्न र विभिन्न सामाजिक सञ्जालमा पोस्ट गर्ने (लगाउने) गरेका उहाँको भनाइ । हिजोआज ढकमक्क फुलेको गुराँस वैशाख दोस्रो सातासम्म रहने स्थानीय बताउछन् ।

    यता नेपालमा पाइने ३२ प्रजातिमध्ये पाथीभरा क्षेत्रमा २६ प्रजातिका गुराँस पाइने गरेको बताइन्छ । यस क्षेत्रमा लालीगुराँससँगै सेतो, पहेँलोजस्त विभिन्न रङको गुराँस रहेका छन् । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङका अनुसार रातो चिमाल, चियाफुले, निलो चिमाल, जुँगे चिमाल, लहरे चिमाललगायत प्रजातिका गुराँस पाइने गरिएको छ । उक्त धेरै प्रजातिमध्ये अधिकांश गुराँस विषालु हुने भएकाले नटिप्न र नछुन पनि हाङ्बाङले सबैलाई आग्रह गर्नुभएको छ ।(गोरखापत्र)

    शुक्रबार, चैत २९, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: वैशाख २०८३
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer