काठमाडौं । हिजो शुक्रबार बसेको कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले पुर्बको पशुपतीनाथ भनेर चिनिने हलेसी महादेव विकास समिति र बृहत्तर बराहक्षेत्र विकास समितिको अध्यक्ष सिफारिस/नियुक्ति गरेको छ ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा हिजो बसेको बैठकले हलेसी महादेव स्थान विकास समितिको अध्यक्षमा र बृहत्तर बराहक्षेत्र विकास समितिको अध्यक्षमा क्रमश: हलेसी तुवाचुङ–७ का डिल्लीकुमार राईलाई, बराहक्षेत्र–४ सुनसरीका प्रकाश बस्नेतलाई नियुक्त गर्ने निर्णय गरेको
कोशी प्रदेश सरकारले जनाएको छ ।
यस्तै, हिजो नै कोशी प्रदेश सरकारले पर्यटन वर्ष–२०८२ लाई सफल बनाउन प्रदेशअन्तर्गतका कार्यालय, सङ्घसंस्था, वित्तीय संस्था, विद्यालय र विश्वविद्यालयलगायतका संस्थाको ‘लेटरप्याड’मा पर्यटन वर्षको लोगो साथै नारा लेख्नका लागि अनुरोध गर्ने निर्णय गरेको छ ।
साथै सोही बैठकले मालपोत तथा नापी कार्यालयको भौतिक संरचना सुधार गर्न रु दुई करोड २९ लाख बजेट बाँडफाँट गर्ने निर्णयसमेत गरेको छ ।




