• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

मासिक राशिफल: यस्तो हुनेछ वैशाख २०८२ तपाईको


  •   सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
  • मासिक राशिफल- वैशाख २०८२ उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

    Advertisement

    मेष – Aries
    चु, चे, चो, ला, लि, लु, ले, लो, अ
    विभिन्न अवसर प्राप्त भए पनि बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउनेछ। स्वास्थ्यमा रक्तचाप, शिर वा आँखासम्बन्धी समस्याले सताउन सक्छ। सोखका विषयमा खर्च बढ्नेछ। प्रयत्न गर्दा ठूलो जिम्मेवारी हातलागी हुन सक्छ। राजनीतिक पृष्ठभूमि बलियो बन्नेछ भने शक्तिशाली व्यक्तिहरूसँग मित्रता बढ्नेछ। भोगविलासमा मन रमाउनेछ। उत्तम वस्त्र, भोजन र विशेष उपहार हातलागी हुनेछन्। अरूको भावनालाई ख्याल नगर्दा परिवारजनमा असन्तुष्टि र मित्रजनसँग वैरभाव बढ्न सक्छ। आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्। प्रेमको बन्धन कसिनेछ भने विपरीत लिंगीहरूको माध्यमबाट लाभ हुनेछ।

    वृष – Taurus
    इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
    प्रारम्भमा मनग्य आम्दानी भए पनि दोस्रो सातादेखि आम्दानी घट्नेछ। अरूलाई दिएको आश्वासन पूरा गर्न नसकिएला। टाउको दुख्ने र आँखाको समस्याले सताउन सक्छ। ठूलो आशा देखाएर ठगी गर्नेहरूले सताउन सक्छन्। तापनि, वादविवाद र झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। आसन्न यात्राको व्यवस्थापनमा पनि खर्च हुन सक्छ। काममा ढिलासुस्ती र सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। विपरीत लिंगी वा व्यवसायी मित्रहरूले साथ दिनेछन्। अत्यधिक खर्च भए पनि मनग्य आम्दानी उठाउन सकिनेछ। लगानी वा श्रमको प्रतिफल प्राप्त भइरहनेछ। नयाँ सवारी तथा भौतिक साधन प्राप्त हुनेछ।

    मिथुन – Gemini
    का, कि, कु, घ, ङ, छ, के, को, ह
    विभिन्न अवसरले पछ्याउनेछन्। मिहिनेत गर्दा नोकरीमा प्रवेश वा पदोन्नति सम्भावना छ। छोटो समयमा राम्रो फाइदा उठाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै आयआर्जनका स्रोतसमेत बढ्नेछन्। सुखद समाचारले उत्साह ल्याउनेछ। पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। समाजमा प्रभुत्व जमाउन सफल भइनेछ। व्यापार, कृषि र पशुधनबाट यथेष्ट लाभ मिल्नेछ। अध्ययनमा प्रगति हुनेछ। मानसम्मान पाइनेछ। तर बेसुरको यात्राले समस्या निम्त्याउन सक्छ। खुट्टामा चोटपटक लाग्ने सम्भावना देखिएकाले हतियार तथा सवारी उपयोग गर्दा होसियार रहनुहोला। फजुल खर्च बढ्नाले रकम सञ्चय नहुन सक्छ।

    कर्कट – Cancer
    हि, हु, हे, हो, डा, डि, डु, डे, डो
    प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ भने सम्पादित कामले कीर्तिमानी दिलाउन सक्छ। नोकरी वा राजनीतिमा लाग्नेहरूलाई विशेष फाइदा उठाउने समय छ। परोपकारी काम गर्नाले समाजमा ख्याति बढ्नेछ। व्यवसायले मनग्गे फाइदा दिनेछ। बहुमूल्य वस्तु हातलागी हुन सक्छ। पुरस्कार, मानसम्मान आदि प्राप्त हुन सक्छ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ। कृषिउपज र पशुधनबाट पनि राम्रै फाइदा हुनेछ। प्रतिभा प्रदर्शन गरेरै शुभचिन्तकहरू बढाउन सकिनेछ। धेरैले प्रशंसा गरे पनि आलोचकहरूले सताउन सक्छन्। व्यावहारिक अप्ठ्याराहरू देखापर्ने हुँदा योजनाहरू गोप्य राख्दा राम्रो हुनेछ।

    सिंह – Leo
    मा, मि, मु, मे, मो, टा, टि, टु, टे
    व्यावहारिक समस्या आए पनि पुरुषार्थी काम गरेर देखाउने बेला छ। धेरैले आफ्नो प्रतिभाको तारिफ गर्नेछन्। सुखद समाचारले भविष्यप्रति आशा जगाउनेछ। परिवारजनको सहयोगले विशेष कामहरू बन्नेछन्। दाम्पत्य सम्बन्ध सुमधुर बन्नेछ। विपरीत लिंगीहरूप्रति आकर्षण बढ्नुका साथै प्रेम र मित्रताको बन्धन कसिने सम्भावना छ। भौतिक साधनहरू जुट्नेछन् र मनग्य धनलाभ हुनेछ। सगोलको सम्पत्तिले बन्धुबान्धवसँग असमझदारी बढाउन सक्छ। शारीरिक अस्वस्थताका बाबजुद कामको दायित्व बढ्नेछ। अरूका काममा जुट्नुपरे पनि अन्तत: आफैंलाई फाइदा हुनेछ। समाजको नेतृत्व लिएर अघि बढ्ने मौका छ।

    कन्या – Virgo
    टो, प, पि, पु, ष, ण, ठ, पे, पो
    भोगविलासको मानसिकताले काममा पछि पार्न सक्छ। व्यवसाय एवं आयमूलक काममा मन्दी आउनुका साथै आर्थिक अभावले सताउन सक्छ। लगानी जोखिममा पर्ने सम्भावना देखिएकाले सजग रहनुहोला। खराब व्यक्तित्वको विश्वासमा पर्नाले काममा धोका पाइएला। विगतका कमजोरीप्रति पछुतो लाग्नेछ। मनको डरले सताउन सक्छ। सामाजिक हिसाबले पनि अलि कमजोर भइनेछ। महत्वपूर्ण काममा बाधा पुर्याउनेहरू सक्रिय हुनेछन्। केही दण्ड–जरिवानामा परिएला। विपरीतलिंगीहरूबाट फाइदा भइरहनेछ। चोटपटक वा हाड–जोर्नीमा समस्या देखिएकाले सवारीसाधन तथा हतियारको उपयोग सावधानीसाथ गर्नुहोला।

    तुला – Libra
    र, रि, रु, रे, रो, ता, ति, तु, ते
    समयमा निर्णय लिन नसक्ता हातमा आएको अवसर गुम्न सक्छ। सरकारी कामकाजमा विलम्ब हुनेछ। अरूको भरपर्दा चिताएको काम बिग्रन सक्छ। घरखर्च बढ्नुका साथै व्यापारमा पनि केही मन्दी आउला। जीवनसाथीलाई पनि केही पीडा हुने ग्रहयोग छ। स्वास्थ्यबाधा र रोगको पहिचान हुन कठिन हुने समस्या देखिन्छ। चोटपटक सम्भावना देखिएकाले जोखिमपूर्ण कार्यबाट सजग रहनुहोला। रोकिएका काम बिस्तारै सम्पादन हुनेछन्। व्यवसायमा लगानी बढाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै बिस्तारै नयाँ काम सुरु हुनेछन्। रमाइला ठाउँको भ्रमण गर्ने मौका आउला। आफ्नो प्रतिभाले अरूलाई आकर्षित गर्न सकिनेछ।

    वृश्चिक – Scorpio
    तो, ना, नि, नु, ने, नो, या, यि, यु
    कामको प्रतिस्पर्धाले शत्रुता बढाउन सक्छ। तापनि ईर्ष्या गर्नेहरूलाई पछि पार्न सफल भइनेछ। प्रयत्न गर्दा राम्रै प्रगति हातलागी हुनेछ। रोकिएका काम बन्नुका साथै नयाँ उद्योग वा विशेष काम सुरु गर्ने मौका छ। आर्थिक समस्या सुल्झन सक्छ। सुखद समाचारले आनन्द पाइएला। राजनीतिक पहुँच बढ्नेछ। टाढिएका आफन्तसँग पुनर्मिलन हुनेछ। काममा सहयोगीले साथ दिनेछन्। विभिन्न अवसरले पछ्याउने ग्रहयोग छ। शत्रुबाधा, मुद्दामामिला वा कामका विविध झमेलाहरूबाट मुक्ति मिल्नेछ। तर, पारिवारिक सम्बन्ध भने अलि कमजोर बन्न सक्छ। पतिपत्नीबीच असमझदारी बढ्ने सम्भावना देखिन्छ।

    धनु – Sagittarius
    ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
    पठनपाठनमा प्रगति भए पनि व्यवसायमा अलि कमजोरीको समय छ। काममा ढिलासुस्ती र सरकारी निकायबाट हुने कडिकडाउको सिकार भइएला। शारीरिक शिथिलता वा आलस्य बढ्नुका साथै उत्साहमा पनि कमी आउने देखिन्छ। अनायासै शत्रुहरूको चलखेल बढ्न सक्छ। प्रतिस्पर्धीहरूले तपाईंको ठाउँ ओगट्न सक्छन्, सचेत रहनुपर्ने बेला छ। दाजुभाइ, इष्टमित्र वा बन्धुबान्धवको सहयोगले विपक्षीलाई तह लगाउन सकिनेछ। सन्तान वा अनुयायीले पनि प्रसन्नता दिलाउनेछन्। स्वास्थ्यमा पेटको समस्याले सताउने हुँदा खानपानमा सजग रहनुहोला। आफ्नो अधिकार जोगाउन कडा रूपमा प्रस्तुत हुनुपर्ला।

    मकर – Capricorn
    भो, ज, जि, खि, खु, खे, खो, गा, गि
    घर–जग्गा वा स्थायी सम्पत्तिमा विवाद आउने योग छ। कृषि र व्यापार–व्यवसायमा सामान्य फाइदा हुनेछ। परिवारिक असमझदारीबीच गरिएको प्रयास व्यर्थ होला। एकसाथ अनेक काम सुरु गरिएला। तर, अधुरै रहलान्। कीर्ति राख्न गरिएको प्रयासले उल्टै क्षति हुन सक्छ, सचेत रहनुहोला। चोटपटक वा ज्वरो जस्ता समस्याले पनि सताउने समय छ। माता-पिताको स्वास्थ्यस्थिति कमजोर बन्नाले त्यसप्रति चिन्ता बढ्न सक्छ। अरूको उक्साहटमा लाग्नाले बेफाइदा हुन सक्छ। तर, यति हुँदाहुँदै पनि साथीभाइ र बन्धुबान्धवको सहयोग जुट्नाले लाभ हुनेछ। प्रतिष्ठित व्यक्तिसँग मित्रता गाँस्ने अवसर प्राप्त हुनेछ।

    कुम्भ – Aquarius
    गु, गे, गो, सा, सि, सु, से, सो, द
    बलजफ्तीले चुनौती निम्त्याउनेछ भने स्वास्थ्यमा केही समस्या आउन सक्छ। तापनि, यो महिना निकै लाभदायक रहनेछ। विशेष मान–सम्मान र पद–प्रतिष्ठा पाइनेछ। घरमा सुख–समृद्धि बढ्नेछ। उद्योग–धन्दामा विशेष सफलता मिल्नेछ। शत्रु पछि हटे पनि काममा जोखिम उठाउनुपर्ला। मिहिनेतले रोकिएका काम बन्नेछन्। नोकरी तथा राजनीति गर्नेहरूलाई लाभ मिल्नेछ। तर, खराब आचरण भएकाहरूसँग सहकार्य गर्नुपर्ला। यसले सामाजिक प्रतिष्ठा कमजोर पार्ने हुँदा सचेत रहनुहोला। भूमिलगायत स्थायी सम्पत्तिको विषयमा केही विवाद निस्कन सक्छ। पैत्रिक सम्पत्तिबारे दाजुभाइबीच असमझदारी बढ्ने देखिन्छ।

    मीन – Pisces
    दि, दु, थ, झ, ञ, दे, दो, च, चि
    विभिन्न अवसर आउनेछन् तर विलासितामा ध्यान जानेछ। आँखाको समस्याले सताउन सक्छ। धनमाल हराउने, चोरिने वा ठगीमा परिने समेत ग्रहयोग छ। अलि दृष्टिभ्रममा परिएला। तापनि पढाइ, लेखन, संगीत र कलामा रुचि बढ्नुका साथै प्रतिभाको उचित कदर हुनेछ। व्यवसाय र उद्योगधन्दामा राम्रो फाइदा मिल्नेछ। परिस्थितिले देशविदेशको यात्रा गराउन सक्छ। प्रशस्त धन र बहुमूल्य धातु हातलागी हुनेछ। सामाजिक प्रतिष्ठा पाइनेछ। राजनीतिक व्यक्तिहरूबाट भने धोका पाइएला। प्रयत्न गर्दा अप्ठ्यारा काम समेत सम्पादन हुनेछन्। शत्रुलाई वशमा ल्याउन सकिनेछ। प्रेम र मित्रताको बन्धन पनि कसिन सक्छ।

    सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer