• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बिहिबार, असार ११, २०८३
☰
बिहिबार, असार ११, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ६. आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ७. आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

सुदुरको सान शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढ्यो


  •   सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
  • काठमाडौं । सुदूरपश्चिम प्रदेशको मुख्य सम्पत्ती मानिएको प्रमुख पर्यटकीय गन्तव्य शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकको चहलपहल बढेको छ । पर्यटन सिजन सुरु भएसँगै निकुञ्ज अवलोकन गर्ने स्वदेशी तथा विदेशी पर्यटकको चहलपहल बढेको हो । फागुनदेखि जेठसम्म शुक्लाफाँटाको अवलोकन, भ्रमण गर्ने उपयुक्त समय मानिन्छ । सिजन चलेसंँगै निकुञ्ज भ्रमण गर्ने पर्यटकको सङ्ख्यामा बढोत्तरी भएको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

    Advertisement

    पछिल्लो समय स्वदेशी तथा विदेशी पाहुना शुक्लाफाँटा घुमघामका लागि आइरहेको निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेले जानकारी दिनुभयो । “अहिले पर्यटक आउने व्रmम बढेको छ,” उहाँले भन्नुभयो । शुक्लाफाँटा दुर्लभ पाटेबाघ, एकसिङे गैँडासहित विभिन्न वन्यजन्तु अवलोकनका लागि प्रसिद्ध छ । निकुञ्जको फाँटमा देखिने बाह्रसिग्ङेको झुन्ड जोकोहीलाई पनि आकर्षित गर्ने गरेको छ । यसै गरी हिरापुर घाँसे मैदानमा रहेको कृष्णसारको बथानले पनि पर्यटक तान्ने गरेको छ ।

    निकुञ्ज कार्यालयका अनुसार चालु आव २०८१/८२ को फागुनसम्म एक हजार ४७९ पर्यटकले शुक्लाफाँटाको अवलोकन गरिसकेका छन् । जसमध्ये नेपाली एक हजार ३५२, सार्क मुलुकका ४६ र अन्य मुलुकका विदेशी पर्यटक ८१ जना रहेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

    गत आव २०८०/८१ मा चार हजार पाँच जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए । जसमा सबैभन्दा बढी तीन हजार ७६२ जना आन्तरिक पर्यटक रहेका थिए । यसै गरी १३२ जना सार्क मुलुक र १११ जना अन्य देशका विदेशी पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेको निकुञ्ज कार्यालयले जानकारी दिएको छ । आव २०७९/८० मा तीन हजार ६७ जना पर्यटकले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको अवलोकन गरेका थिए । जसमध्ये १३२ सार्क राष्ट्रका, ११८ विदेशी र दुई हजार ८१७ आन्तरिक पर्यटक रहेका थिए । यसअघि आव २०७८/७९ मा दुई हजार ७२९ जना पर्यटकले शुक्लाफाँटाको भ्रमण गरेका थिए । निकुञ्ज भ्रमणमा आउनेमा विगतदेखि नै ९० देखि ९५ प्रतिशत आन्तरिक पर्यटक छन् ।(गोरखापत्रबाट)

    सोमबार, बैशाख ०१, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    मासिक राशिफल: असार २०८३
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    आज २०८३ साल जेठ २३ गते (६ जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार ५ गते (१९

    • २.
      आज २०८३ साल असार ८ गते (२२

    • ३.
      आज २०८३ साल असार ७ गते (२१

    • ४.
      आज २०८३ साल असार ९ गते (२३

    • ५.
      आज २०८३ साल असार ६ गते (२०

    • ६.
      आज २०८३ साल असार ११ गते (२५

    भर्खरै

    • १.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार ९ गते (२३ जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार ८ गते (२२ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार ७ गते (२१ जुन २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार ६ गते (२० जुन २०२६) शनिवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ५ गते (१९ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार ३ गते (१७ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer