• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, भदौ ०६, २०८३
☰
शनिबार, भदौ ०६, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

जुम्लाको गिडिदहमा यसपाली नौ सय पर्यटक भित्र्याउने लक्ष्य छ: वडाध्यक्ष रोकाया


  •   बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
  • काठमाडौं । जुम्लाको तातोपानी ४ डिगिखोला गाउँको सिरानमा रहेको, प्रचुर सम्भावना बोकेको गिडिदहमा (ताल) मा करिब ९ सय पर्यटक (आन्तरिक र बाह्य गरी) भित्र्याउने लक्ष्य राखिएको वडाध्यक्ष अमरबहादुर रोकायाले जानकारी दिनुभयो ।

    Advertisement

    हालसम्म ३ सय आन्तरिक पर्यटक गिडिदहमा पुगिसकेको बताउँदै उहाँले २०८२ मा उक्त सङ्ख्यालाई तीन गुनाले वृद्धि गरिने जानकारी गराउनुभयो । पर्यटकलाई गिडिदहसम्म पुर्‍याउने वातावरण बनाउन भ्रमण वर्षको घोषणा गरिएको उहाँको भनाइ छ ।

    वडाध्यक्ष रोकायाले गिडिदह भ्रमण वर्षमा आउने पर्यटकको सहजताका लागि पदमार्ग, पुल र धर्मशाला लगायतका भौतिक संरचना निर्माण गरिने बताउनुभयो । गिडिदहलमा ५० जना अट्ने क्षमताको धर्मशाला निर्माण भइसकेको बताउँदै वडाध्यक्ष रोकायाले फूलचउल्यामा अर्को धर्मशाला निर्माण गरिने छ ।

    फूलचउल्यादेखि गिडिदहसम्मको छोटो पदमार्ग निर्माणको काम अघि बढेको वडाध्यक्ष रोकायाको भनाइ छ । पर्यटकको सहजताका लागि गिडिदह खोलामा झुलुङ्गे पुल निर्माण हुने उहाँले जानकारी गराउन गराउनुभयो । वडाध्यक्ष रोकायाका अनुसार आउने भदौमा गिडिदहमा प्रर्यावरणीय सम्मेलन हुने बताउनुभयो । हाँकु त्रिवेणीदेखि फूलचउल्या सम्मको १३ किलोमिटर बाटोको डिपिआर भइसकेको उहाँकाे भनाइ छ ।

    गिडिदहको विकासका लागि सङ्घीय, प्रदेश र स्थानीय सरकारबाट संयुक्त रूपमा १ करोड ६० लाखभन्दा बढी बजेट विनियोजन भएको उहाँको भनाइ छ । पदमार्ग निर्माणका लागि वातावरणीय प्रभाव मुल्याङ्कनको काम अन्तिम चरणमा पुगेको उहाँको भनाइ छ ।

    गिडिदह भ्रमण वर्ष घोषणा कार्यक्रममा पुग्नु भएका कर्णाली प्रदेश सभा सदस्य देवेन्द्र शाहीले जुम्ला पर्यटन र फलफूल उत्पादनमा बलियो सम्भावना भएको बताउनुभयो । जिल्लाका सबै पर्यटकीय क्षेत्रको विकासका लागि सबै स्थानीय तह एकजुट भएर लाग्न उहाँले सुझाव दिनुभएको छ । तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले गिडिदह कर्णाली प्रदेशको तेस्रो गहिरो तालमा मापन भएको बताउनुभयो ।

    गिडिदह भ्रमण वर्षलाई सफल पार्न स्थानीय सरकारले प्रचार प्रसारलाई जोड दिने उहाँको भनाइ छ । पर्यटनको विकासले तातोपानीमा रोजगारी सिर्जना हुनुका साथै स्थानीय व्यवसाय फस्टाउने र जुम्लाको आर्थिक स्तरमाथि उठ्ने अध्यक्ष चौलागाईले बताउनुभयो । जुम्लाको आर्थिक भविष्यलाई नयाँ उचाइमा पुर्‍याउने पर्यटकिय सम्भावना गिडिदहले बोकेको छ ।(गोरखापत्र)

    बुधबार, बैशाख ०३, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “
    गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित

    लोकप्रिय

    भर्खरै

    • १.
      नेपाली पर्यटन विकासका पर्यायी निम्स दाइ अर्थात “निर्मल पुर्जा “

    • २.
      आज २०८३ साल असार २५ गते (९ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      गुरुकुलमा अध्ययनरत बटुकहरुलाई शैक्षिक सामग्री वितरण

    • ४.
      आज २०८३ साल असार २१ गते (५ जुलाई २०२६) आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer