• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
बुधबार, बैशाख ०९, २०८३
☰
बुधबार, बैशाख ०९, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. मासिक राशिफल: वैशाख २०८३

  • २. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

२०८२ सालको शुभकामना आदान–प्रदान तथा प्रहरी नायब उपरीक्षक कृष्ण चन्दको सम्मानमा स्वागत कार्यक्रम सम्पन्न


  •   बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
  • काठमाडौं । सुन्धारा होटल व्यवसायी संघको आयोजनामा काठमाडौं जनसेवा प्रमुखको रुपमा हालै नियुक्त प्रहरी नायब उपरीक्षक (डीएसपी) कृष्ण कुमार चन्दको सम्मानमा स्वागत तथा २०८२ सालको शुभकामना आदान–प्रदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

    Advertisement

    सस्थाका अध्यक्ष देबी प्रसाद कंडेल ज्युको अध्यक्षता भएको कार्यक्रमका प्रमुख अतिथि काठमाडौं महानगरपालिका–११ का वडाध्यक्ष श्री हिरालाल तन्डुकार रहनुभएको थियो। विशिष्ट अतिथिको रुपमा समाजसेवी तथा बरिस्ठ पर्यटन व्यवसायी श्री दिलविकासराज भण्डारी, होटल व्यवसायी महासंघका महासचिव श्री शंकर भण्डारी, होटल तथा पर्यटन व्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष श्री दामोदर नेपाल, महासचिव श्री सुनिल अर्याल, र प्रहरी जनसेवा प्रमुख स्वयं डीएसपी कृष्ण कुमार चन्दको गरिमामय उपस्थिति रहेको थियो।

    त्यस्तै उद्योग वाणिज्य संघ काठमाडौंका उपाध्यक्ष श्री राजेन्द्र शेरचन, जिल्ला होटल व्यवसायी संघ काठमाडौंका अध्यक्ष श्री सुरेश बराल, वरिष्ठ उपाध्यक्ष भविश्वर दुबे, उपाध्यक्षद्वय मनोहरी कडेल र कुमार श्रेष्ठ, तथा सचिव देवी भण्डारी पनि कार्यक्रममा सहभागी हुनुहुन्थ्यो।

    जेष्ठ ब्यक्तित्व तथा पुराना ब्यवसायी प्रेम शेरचन, एकता होटल तथा गेस्ट हाउस व्यवसायी संघका अध्यक्ष सरोज आले, गेस्टहाउस व्यवसायी संघ बागबजारका अध्यक्ष खडेस्वर सापकोटा, नेपाली होटल व्यवसायी संघ बसपार्कका वरिष्ठ उपाध्यक्ष काजीकटुवाल, मित्रनगर होटल व्यवसायी संघका महासचिव अर्जुन सापकोटा, कलंकी गेस्टहाउस व्यवसायी संघका वरिष्ठ उपाध्यक्ष देविकुमार राई र पिसलाइन टोल सुधार समितिका अध्यक्ष खेम श्रेष्ठको उपस्थिति कार्यक्रमलाई विशेष बनाएको थियो।

    कार्यक्रमको स्वागत मन्तव्य संघकी कार्यसमिति सदस्य सुस्मा शर्माले राख्नुभएको थियो भने सञ्चालन महासचिव विष्णु प्रसाद घिमिरेले गर्नुभएको थियो। अतिथिको बक्ताहरुको प्रतिबद्धता होटल व्यवसायी महासंघका महासचिव शंकर भण्डारीले साना तथा उदाउँदै गरेका व्यवसायीको हितका लागि निरन्तर पैरवी गर्दै संघीय, प्रादेशिक र स्थानीय तह र सम्बन्धित निकायहरूसँग सहकार्यमा काम गरिरहेको जानकारी दिनुभयो। उहाँले नीति निर्माण तहमा व्यवसायीको आवाज पुर्‍याउन महासंघले सक्रिय भूमिका निर्वाह गरिरहेको बताउनुभयो।

    त्यस्तै, प्रदेश अध्यक्ष दामोदर नेपालले व्यवसायीका समस्या सम्बोधन गर्न प्रदेशसंघ सदैव तत्पर रहेको उल्लेख गर्दै, तालिम तथा व्यवसायिक सशक्तिकरणका कार्यक्रमहरू प्रदेशभर संचालन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।जिल्ला अध्यक्ष सुरेश बरालले आगामी दिनमा विभिन्न इकाइहरूसँग समन्वय गरी फुड फेस्टिभलजस्ता कार्यक्रमहरू संचालन गरिने जानकारी दिनुभयो।

    कार्यक्रममा भर्खरै निर्वाचित होटल तथा पर्यटन ब्यवसायी संघ बागमती प्रदेशका अध्यक्ष दामोदर नेपाल र सस्थाको प्रतिनिधित्व गर्दै महासचिवमा निर्वाचित सुनिल अर्याललाई समेत दोसल्ला ओढाइ सम्मान गरिएको थियो । सुन्धारा होटल व्यवसायी संघ काठमाडौंको सुन्धारा क्षेत्रमा क्रियाशील होटल तथा रेस्टुरेन्ट पर्यटन व्यवसायीहरूको साझा संस्था हो। परिवारिक शैलीमा संचालित यहाँका होटलहरू विशेषगरी आन्तरिक तथा भारतीय पर्यटकका लागि शान्त, सुरक्षित र आकर्षक गन्तव्यका रूपमा लोकप्रिय छन्।

    शान्त परिवेश, सुलभ सेवा र पारिवारिक आतिथ्यताको कारणले गर्दा सुन्धारा क्षेत्र काठमाडौं भ्रमणमा आउने आगन्तुकहरूको प्रमुख रोजाइ बन्न पुगेको छ, संघ अध्यक्ष श्री देबी प्रसाद कंडेल भन्नुहुन्छ, सुन्धारा होटल ब्यवसायी संघ निरन्तरत रुपमा यस क्षेत्रका ब्यवसायिका हक हितका लागि रहेको छ, साउन्ड पलुसन, कम्तिमा रातको १२ बजे सम्म निर्धक्क ब्यवसायिक सन्चानलका लागि बातावरण सिर्जना गर्ने, आगन्तुक पहुनाहरुलाई स्तरिय सेवा प्रदान रोजगारी सिर्जानालाई निरन्तरता दिने बताउनु हुन्छ, संघ सामाजिक उत्तरदायित्वका कृयाकलापहरुमा समेत अतन्तै कृयाशिल रहेको संघका निबर्तमान अध्यक्ष बुद्दी बहादुर बस्नेतले जानकारी दिनुभयो ।

     

    बिहिबार, बैशाख ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने
    भूगोल केन्द्रीय विभागमा तीन दिने SWAT तालिम सम्पन्न
    धार्मिक पर्यटनलाई टेवा पुग्ने गरी बृहत् पाशुपत पदयात्रा-२०८२ आयोजना
    “समाज दलीय स्वार्थभन्दा माथि उठेको छ” स्वतन्त्र उम्मेदवार कविता भट्टराई
    वास्तुशास्त्र अनुसार कुन वार के काम गर्नु हुदैन

    लोकप्रिय

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ३.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ४.
      आज २०८३ साल वैशाख ६ गते आइतवार:

    • ५.
      आज २०८३ साल वैशाख ९ गते बुधवार:

    भर्खरै

    • १.
      आज २०८३ साल वैशाख ९ गते बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल वैशाख ६ गते आइतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      मासिक राशिफल: वैशाख २०८३

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      वार्षिक राशिफल: २०८३

    • ७.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer