• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, असार २०, २०८३
☰
शनिबार, असार २०, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • २. आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

पत्रकार रेग्मीले समाचार लेखेको भन्दै गाउँ पालिका अध्यक्ष तिमिल्सिना सहितले गरे आक्रमण, पत्रकार महासंघद्वारा निन्दा र भत्सर्ना


  •   शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
  • चितवन । कालिका दैनिक अनलाइनका सम्पादक रमेश रेग्मीलाई समाचार लेखेको भन्दै गण्डकी गाउँ पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) सहितको समूहले आक्रमण गरेको छ ।
    “गण्डकी गाउँ पालिकाका अध्यक्ष तिमिल्सिना र पिए गुरुङ विरुद्ध रु. १० करोड भन्दा बढी भ्रष्टाचारको आरोपमा अख्तियारमा उजुरी” शिर्षकमा बिहिबार कालिका दैनिक अनलाइनमा समाचार प्रकशित भएको थियो । समाचार लेखेर आफ्नो बदनाम गराएको भन्दै पत्रकार रेग्मीलाई पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार), उनका पिए जीवन गुरुङ, तुलमान गुरुङ र रामप्रसाद रेग्मीले शुक्रबार बिहान आक्रमण गरेको भन्दै नेपाल पत्रकार महासंघ केन्द्रीय समितिले आपत्ति जनाएको छ ।

    Advertisement

    नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले एक बिज्ञप्ती जारी गर्दै समाचारमा कचित्त नबुझे कानुनी बाटो अबलम्ब गर्न आग्रह गर्दै गरेका गल्ती, भ्रष्टाचार एवं गलत क्रियाकलाप ढाकछोप गर्न पत्रकारलाई आक्रमण गर्नु निन्दनीय भएको बताउनु भयो । कसैको धम्की र आक्रमणले पत्रकारको कलम नरोकिने समेत महासचिव दाहालले चेतावनी दिनुभयो । नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा कालिका दैनिक अनलाईनका सम्पादक रेग्मीलाई आक्रमण गर्नेहरुलाई तत्काल पक्राउ गरि कानुनी दायरामा ल्याउन पनि सरकारको सम्बन्धित निकायलाई आग्रह गर्नु भएको छ ।

    त्यसै गरि नेपाल पत्रकार महासंघ चितवनले पनि पत्रकार आक्रमणको घोर निन्दा र भत्सर्ना गरेको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिब राजेश घिमिरेले हिजो एक प्रेस बिज्ञप्ती जारी गरि समाचार लेखेको आधारमा पत्रकार माथी आक्रमण गर्नु निन्दनीय र गैर जिम्मेवार पुर्ण कार्यभएको बताउनु भएको छ । नेपाल पत्रकार महासंघ चितवन शाखाका सदस्य तथा कालिका दैनिक अनलाईनका सम्पादक रेग्मीलाई घरबाट कार्यालय जानेक्रममा बाटो छेकेर आक्रमण गर्नु अत्यन्त निन्दनीय घटना भएको बताउनु भएको छ ।


    समाचारमा चित्त नबुझे कानुनी प्रक्रियामा जान सक्ने अबस्थामा पालिका अध्यक्ष जस्तो कानुनको रक्षकले नै पत्रकारलाई आक्रमण गर्नु अत्यन्तै दु:खद भएको बिज्ञप्तीमा जनाईएको छ । पत्रकार रेग्मीलाई आक्रमण गर्ने पालिका अध्यक्ष सहित चारै जनालाई पक्राउ गरि तत्काल कारबाही, घाइते पत्रकारको उपचार र पत्रकारलाई निर्वाध समाचार लेख्ने बाताबरण सृजना गर्न पनि जोडदार माग गरिएको छ ।
    त्यसैगरि पत्रकार रेग्मीलाई आक्रमण गर्ने हरुलाई तत्काल कार्वाही, घाइते पत्रकार रेग्मीको जीवन रक्षा तथा उपचार र कानुनी राज्यको प्रत्याभूति दिलाउन माग गर्दै कालिका ब्रोडकास्टिङ नेटवर्कका अध्यक्ष तथा कालिका दैनिक अनलाइनका प्रधान सम्पादक शिशिर सिंखडाले पनि हिजो बिज्ञप्ती जारी गरेका छन ।


    त्यसैगरि प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकाल, प्रेस चौतारी नेपाल चितवनका अध्यक्ष सुबास पण्डित, प्रेस सेन्टर नेपाल चितवनका अध्यक्ष राजेन्द्र आचार्य, नेपाल आदिवासी जनजाति पत्रकार संघ चितवनका अध्यक्ष तुलमान गुरुङले संयुक्त प्रेस बिज्ञप्ती जारी गर्दै पत्रकार आक्रमणको निन्दा र भत्सर्ना गरेका छन । समाचार लेख्ने पत्रकारलाई आक्रमण गर्ने पालिका अध्यक्ष, उनका पिए सहितका समुहलाई तत्काल पक्राउ गरि कार्वाही गरि पत्रकारलाई निर्वाध समाचार लेख्ने बाताबरण तयार पार्न सम्बन्धित निकायलाई सो बिज्ञप्ती मार्फत भनिएको छ ।

    पत्रकार रेग्मीले बुधबार सो समाचार लेखेका थिए । पत्रकार रेग्मीलाई पालिका अध्यक्ष तिमिल्सिनाले समाचार लेखेको भन्दै आफ्ना विरुद्ध समाचार नलेख्न र सो समाचार पनि हटाउन राति टेलीफोन गरेको पत्रकार रेग्मीले बताए ।
    घरबाट बिहान मोटर बाईकमा भरतपुरमा रहेको अनलाइनको अफिस जाने क्रममा पालिका अध्यक्ष सहितको सो ४ जनाको समुहले पत्रकार रेग्मीलाई घर भन्दा करिब २ किमी पर पुल नजिकै धवादीघाट भन्ने ठाउमा बाटोमा रोकेका थिए । शुरुमा उनिहरुले समाचार हटाउन भनेको र आफुले सो नमानेपछि उनिहरुले आक्रमण गरेका थिए । उनिहरुले आक्रमण गर्ने क्रममा आफू बाईक छोडेर भाग्न सफल भएको पत्रकार रेग्मीले बताए । समाचार नहटाए मार्ने समेत धम्की दिएका उनिहरुको आक्रमणबाट शरीरको पछाडि सामान्य चोट लागेको उनले बताए । पछी स्थानियहरुले थाहा पाई मलाई लखेटदै आएका ति ४ जनालाई रोकेको उनले बताए । स्थानियको सहयोगमा उनी भरतपुर आएर मेडिकलमा सामान्य उपचार पछी कार्यालय आएका थिए ।
    हिजै दिउँसो उनले आक्रमणकारी चारै जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय भरतपुर, चितवनमा किटानी जाहेरी समेत दिएका छन ।
    आक्रमणकारी पालिका अध्यक्ष दिपक तिमिल्सिना (साकार) नेकपा माओवादी केन्द्रका जिल्ला तहका नेता पनि हुन भने उनका पिए जीवन गुरुङ तथा तुलमान गुरुङ र रामप्रसाद रेग्मी पनि पालिका तहका सोही पार्टीका नेता हुन ।

    शनिबार, बैशाख ०६, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सम्पन्न
    त्रिभुवन विश्वविद्यालयमा भूगोल शिक्षकहरूका लागि परिमाणात्मक प्रविधि सम्बन्धी पुनर्ताजगी तालिम सुरु
    TUBIC र IEDI को संयुक्त आयोजनामा तीनदिने उद्यमशीलता विकास बुटक्याम्प सम्पन्न
    मरुवा रोगका कारण किसान चिन्तित
    भूगोल केन्द्रीय विभागमा ‘मशिन लर्निङ’ तालिम सम्पन्न: उच्च शिक्षामा प्रविधिको प्रयोगमा जोड
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    लोकप्रिय

    • १.
      आज २०८३ साल असार १४ गते (२८

    • २.
      आज २०८३ साल असार १६ गते (३०

    • ३.
      आज २०८३ साल असार १८ गते (२

    • ४.
      आज २०८३ साल असार १५ गते (२९

    • ५.
      आज २०८३ साल असार १९ गते (३

    भर्खरै

    • १.
      आज २०८३ साल असार १९ गते (३ जुलाई २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • २.
      आज २०८३ साल असार १८ गते (२ जुलाई २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल असार १६ गते (३० जुन २०२६) मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      आज २०८३ साल असार १५ गते (२९ जुन २०२६) साेमवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ५.
      आज २०८३ साल असार १४ गते (२८ जुन २०२६) आईतवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      आज २०८३ साल असार १२ गते (२६ जुन २०२६) शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ७.
      आज २०८३ साल असार ११ गते (२५ जुन २०२६) बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८३ साल असार १० गते (२४ जुन २०२६) बुधवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer