• राष्ट्रिय समाचार
  • मध्य नेपाल
  • अर्थ/पर्यटन
  • मनोरञ्जन
  • स्वास्थ्य
  • खेलकुद
  • अन्तर्वार्ता/विचार
  • अन्तर्राष्ट्रिय/प्रवास
  • भिडियो
  • राशिफल
  • English
×
शनिबार, बैशाख ०५, २०८३
☰
शनिबार, बैशाख ०५, २०८३
    • राष्ट्रिय समाचार
    • मध्य नेपाल
    • अर्थ/पर्यटन
    • मनोरञ्जन
    • स्वास्थ्य
    • खेलकुद
    • अन्तर्वार्ता/विचार
    • अन्तर्राष्ट्रिय/प्रवास
    • भिडियो
    • राशिफल
    • English

भर्खरै

लोकप्रिय समाचार

  • १. वार्षिक राशिफल: २०८३

  • २. आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ३. आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ४. आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

  • ५. मासिक राशिफल: वैशाख २०८३

  • ६. नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

कृषि प्रधान देश: ‘पाँच सय किसानको भागमा सात बोरा मल’


  •   मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
  • काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–१० का करिब पाँच सय कृषक व्यावसायिक तरकारी खेतीमा संलग्न छन् । बर्सैभरि तरकारी उत्पादन हुने पकेट क्षेत्रका रूपमा चिनिएको यस ठाउँमा मलको चरम अभाव रहेको छ ।

    Advertisement

    रामघाट कृषि सहकारी संस्थाका अध्यक्ष कृष्ण मोहन केवटले नगरपालिकाले हालै वितरण गरेको मलको कोटा अत्यन्त न्यून रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “एक पटकमा सात बोरा डिएपी र युरिया अनि चार बोरा पोटासको कोटा छ । तीनदेखि २२ कट्ठासम्म खेती गर्ने पाँच सय कृषक छन् । यस्तो न्यून परिमाणमा मल आएपछि कसरी बाँड्ने ? बाँड्न नमिल्ने हिसाबले मल आउने हुँदा कृषकबाट गाली खानु पर्छ ।”

    प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका सदस्यको अनुगमन भ्रमणका क्रममा आइतबार कृषकले एकै स्वरमा मल अभाव, सिँचाइको कठिनाइ र बजार व्यवस्थापनमा समस्या रहेको गुनासो गरे । उनीहरूका अनुसार नेपालमा उत्पादन हुने सिजनमा भारतीय तरकारीको आयातले गर्दा स्थानीय उत्पादनको मूल्य घट्ने र लागत मूल्यभन्दा कममा बेच्नुपर्ने अवस्था आउँछ । कृषकले हाल टमाटर र बन्दाकोपी बिक्रीमै समस्या भइरहेको समितिसँग गुनासो गरेका छन् । समितिका सदस्य वीरबहादुर बलायरले तीन रुपियाँ केजीमा पनि तरकारी बिक्री नभएपछि बजार व्यवस्थापनमा गम्भीर समस्या देखिएको बताउनुभयो ।

    उहाँले भन्नुभयो, “तरकारीको पकेट क्षेत्र भए पनि सिँचाइको व्यवस्था कमजोर छ । जमिनमुनिको पानीको सतह झर्दै गएकाले स्यालो ट्युबेल जडान गर्न समेत कठिन भएको छ । यो विषयमा समितिको बैठकमा छलफल हुने छ ।”

    प्रतिनिधि सभा सदस्य भानुभक्त जोशी, रञ्जिता श्रेष्ठ, रूपा चौधरी, अनिता नेपाली, अशोक चौधरी, बिजुला रायमाझी, मीना तामाङ, सूर्यकुमारी श्रेष्ठ तथा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका निर्देशक वैकुण्ठ अधिकारीसहितको टोलीले धान, तरकारी र माछा उत्पादन गर्ने कृषकसँग प्रत्यक्ष भेटघाट गरी समस्या र उपलब्धिहरू सुनेको थियो ।(गोरखापत्रबाट)

    मङ्गलबार, बैशाख ०९, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    मासिक राशिफल: वैशाख २०८३
    आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    वार्षिक राशिफल: २०८३
    आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल
    नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न
    बालेन सरकारको १०० बुँदे कार्यसूची: मन्त्रालय १७ बनाइने, २०४८ यताका सबैको सम्पत्ति छानबिन हुने

    लोकप्रिय

    • १.
      वार्षिक राशिफल: २०८३

    • २.
      आज २०८३ साल वैशाख १ गते मंगलवार:

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार:

    • ४.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार:

    • ५.
      मासिक राशिफल: वैशाख २०८३

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    भर्खरै

    • १.
      मासिक राशिफल: वैशाख २०८३

    • २.
      आज २०८३ साल वैशाख ४ गते शुक्रवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ३.
      आज २०८३ साल वैशाख ३ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ४.
      वार्षिक राशिफल: २०८३

    • ५.
      आज २०८३ साल वैशाख १ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ६.
      नेपाल भौगोलिक सँस्थाको साधारणसभा सम्पन्न

    • ७.
      आज २०८२ साल चैत १९ गते बिहीवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    • ८.
      आज २०८२ साल चैत १७ गते मंगलवार: यस्तो छ तपाईंको आजको भाग्यफल

    About Us

    Kalika Advertising And Broadcasting Network Pvt. Ltd.
    Head Office: Kantipath, Kathmandu, Nepal.

    सञ्चार रजिष्ट्रारको कार्यालय, बागमती प्रदेश, हेटौंडा ।
    दर्ता नं. : ००१४९/०७९/०८०
    ……….
    Corporate office:
    Bharatpur, Chitwan
    ……….
    Corporate office:
    Kalika, Chitwan

    Contact Us

    Corporate office:
    Charikot, Dolakha
    ……….
    Corporate office:
    Manthali, Ramechhap
    ……….
    Email:

    kantipathonline@gmail.com
    ………..
    Contact Number:
    +977-9851005903

     

    Our Team

    Shishir Simkhada
    Founder / Editor-In-Chief
    ……….
    Ishor Aryal
    Editor
    ……….
    Sharad Chandra Sapkota
    Sub-Editor
    ……….
    Prakash Dahal
    Sub-Editor
    ………..
    Labahari Budhathoki
    Sub-Editor
    ………..
    Kabi Raj Giri
    Sub-Editor / IT Chief

    Our Facebook

    Kantipath Online

    Copyright ©2026 Kantipath Online | All rights Reserved. Host by: Namuna Computer